नयाँ वर्ष मनाउन जाँदा दुर्घटना, युवतीको मृत्यु...


नुवाकोटः नयाँ वर्ष मनाउन ककनी जाने क्रममा नुवाकोटको ओखरपौवामा दुर्घटनामा परि शुक्रबार एक युवतीको मृत्यु भएको छ । अर्की एक युवती गम्भीर घाइते भएकी छन् ।
सदरमुकाम विदुरदेखि ४८ किलोमिटर पुर्व दुरीमा रहेको ककनी गाउपालिका वडा नं. १ ओखरपौवाको पहिरोमा बा७९प ९०९८ नम्वरको स्कुटर दुर्घटनामा परि नयाँ बर्ष मनाउन ककनी जादै गरेका स्कुटर चालक काठमाडौको तारकेश्वर नगरपालिका वडा नं. ११ जरंखुकी २० वर्षिया रुपा लामाको घटनास्थलमै मृत्यु भएको ककनी प्रहरी चौकीका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिनुभयो ।
सडकवाट १० मिटर तल पहिरोमा खसेर भएको दुर्घटनामा मृतककी साथी काठमाडौ महानगरपालिका नयाँबजारकी २२ वर्षीया सिर्जना श्रेष्ठ गम्भीर घाइते भएकी छिन् ।
उनलाई उद्धार गरि उपचारको लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । साथीहरुसंगै समूहमा नयाँ वर्ष मनाउन ककनी जान लागेका बेला स्कुटर अनियन्त्रित भई दुर्घटना हुन पुगेको स्थानीयबासीले बताएका छन् 

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors