कार्यालयभित्रै किन आमहत्या गरिन् सिर्जनाले ?
बर्दियाः मुक्तकमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना थारुले कार्यालयभित्रै झुण्डिएर आत्महत्या गरेकी छिन्। ठाकुरवावा नगरपालिका–५, बनवीरकी २० वर्षीया थारुले कार्यालयको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन्। सिर्जना चुरे माध्यमिक विद्यालय बगनाहामा कक्षा १२ मा अध्ययनरत थिइन्।
गत असोज ५ गते देखि मुक्तकमलरी विकास मञ्च बर्दिया शाखाको अध्यक्ष पदमा निर्वाचित भएकी उनी गुलरिया नगरपालिका–५ सुहेलवास्थित लाल विहारी थारुको घरमा संस्थाको कार्यालय सञ्चालन गरी वस्दै आएको मृतक थारुकी साथी शुष्मा चौधरीले जानकारी दिनुभयो।
बुधबार वेलुकी शुष्मा नुहाउन वाथरुममा गएको र एक घण्टापछि फर्किँदा कोठाभित्रबाट लागेकाले धेरै पटक घचघच्याउँदा पनि नखोलेपछि छिमेकीलाई खवर गरेको बताउनुभयो। सिर्जना चुरे माध्यमिक विद्यालय बगनाहामा कक्षा १२ मा अध्ययनरत थिइन्।
संस्थाको कार्यालयमा सिर्जनाले किन आत्महत्या गरिन् भन्ने तथ्य वाहिर नआएकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले वताउनुभयो।
0 comments
Write Down Your Responses