कलैयामा मोर्चाको विरोध प्रदर्शन...


लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख ३ दलले संविधान संशोधनको नाममा मधेसी, आदीवासीजनजाति, अल्पसंख्यक समुदायलाई धोका दिएको बाराको सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेको छ ।
मधेसी मोर्चासँग भएको सम्झौताअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश नगरेको भन्दै मोर्चाले वैैशाख ३१ गते गर्ने भनिएको स्थानीय तहको चिर्वाचन बहिस्कार गरी बिहीबारबाट घोषणा गरेको  आन्दोलनको कार्यक्रमअन्तर्गत कलैयामा विरोध प्रदर्शन गरेको हो।
विरोध प्रदर्शन क्रममा गरिएको कोणसभामा बोल्दै मोर्चाका नेताहरुले मोर्चाको मूख्य माग सीमांकनसहित संविधान संशोधन गरिनु पर्नेलगाएत रहेकोमा सरकार र नेपाली काँग्रेसले सीमांकनसहित संविधान संशोधन गर्न नचाहेको अवस्थामा स्थानीय तहको चुनावमा भाग नलिने र चुनाव पनि गर्न नदिने बताएका छन्।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य प्रमोद गुप्ता, बच्चा यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष नवलकिशोर सिंह लगायतले बोलेका थिए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors