ताप्लेजुङका अलैची व्यापारी लाल बहादुर खड्काको हत्यामा संलग्न तीन पक्राउ : यसरी भयाे हत्या



ताप्लेजुङ– ताप्लेजुङका व्यवसायी लाल बहादुर खड्काको हत्यामा संलग्न तिन जना अभियुक्त पहिचान गरि आज प्रहरीले सार्वजानिक गरेको छ । गत जेठ २४ गते राती भएको खड्का हत्या घटना पछि भएको प्रहरी खोज अनुसन्धानबाट खड्काको हत्यामा संलग्न भएको पाईएका फुरुम्बु एक मयामका २३ वर्षिय गोली सन्तोष भन्ने अर्जुन लेछर्बो लिम्बु, सोही ठाँउकै वर्ष १८ का सन्दिप लेछर्वो लिम्बु र अर्का ३२ वर्षिय सुरेश भन्ने हिमाल लेछर्बो लिम्बुलाई पक्राउ गरि साेमबार जिल्ला प्रहरी कार्यलय ताप्लेजुङमा पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिएको हो । क्षेत्रिय प्रहरी कार्यलय, क्षेत्रिय अनुसन्धान समुह विराटनगर र जिल्ला प्रहरी कार्यलयको टोलीले गरेको खोज अनुसन्धान पछि घटनामा संलग्न भएका उनिहरुको पहिचान गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक राम बहादुर केसीले बताउनुभयो । हाल सम्मको अनुसन्धानबाट घटना भएको मितिले १०÷११ दिन अघि देखिनै खड्का घरमा आएको समयमा चोरी गर्ने अभियुक्तहरुको योजना रहेको पाईएको छ । यस्तै मृतक खड्काले जग्गा किन्ने तयारी गरेको साथै घटना भएको दिन जेठ २४ गते घर आई एक्लै सुत्ने भन्ने अभियुक्तहरुलाई पुर्ण जानकारी भएको समेत अनुसन्धानबाट खुलेको छ । यसरी भयाे हत्या यसरी अघाडी देखिनै योजना बनाएका उनिहरुले जेठ २४ गते राती अन्दाजी साढे दश बजेको समयमा खड्काको घरमा पुगेर ढोका खोल्न लगाई सबै जना पसल रहेको प्यासेजमा प्रवेश गरेर तिन क्वाटर रक्सी मागेर पिउँदै गर्दा अभियुक्त मध्यका सन्दीपले मृतकको घोक्रोमा समाई सुत्ने कोठामा पु¥याएको र तिनै जनाले नियन्त्रणमा लिएर कुटपिट गरेको खुलासा भएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीका अनुसार मृतक खड्कालाई नियन्त्रणमा लिएर धनमाल राखेको ठाँउ सोधपुछ गर्दै सन्दिप र सुरेस भन्नेले मुख थुनेर घोप्टो पारेको र अर्का अर्जुन भन्नेले खुकुरीले पछाडीको भाग गर्धनमा रोपेका थिए । खड्का हलचल गर्न छाडे पछि मृतकको कोटको गोजीमा रहेको नगद अन्य जिन्सी धनमाल चोरी गरेर ढोकाको चुकल लगाई उनिहरु निस्किएको बयानका क्रममा खुलेको छ । पक्राउ परेका तिनै जना अभियुक्त विरुद्ध अदालतमा मुद्धा दायर गरि म्याद थप गरेर हिरासतमै राखी थप अनुसन्धान भईरहेको प्रनाउ केसीले बताउनुभएको छ । पक्राउ परेका तिन जना मध्य सुरेश र गोली भनिने दुई जना यस अघि पनि चोरी साथै ज्यानमार्ने धम्कि दिएको अभियोगमा परेका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors