समाचार
»
कुलमान घिसिङ आफैँ क्रेन लिएर बालाजु पुगेपछि !
कुलमान घिसिङ आफैँ क्रेन लिएर बालाजु पुगेपछि !
काठमाडौं,चैत ३० – स्थानीय बासिन्दाले जग्गा हडपेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जग्गा अतिक्रमण रोक्न क्रेन लिएर आफैं बालाजु पुगेका छन् ।
नेपाल विद्युत प्राधिकरणले राजधानीको बालाजुस्थित करोडौं मूल्यको ३६ रोपनी जग्गा आफनो कब्जामा लिएको छ । त्यस क्षेत्रका स्थानीयले नेपाल विद्युत प्राधिकरणको जग्गा अतिक्रमण गरेर आफ्नो जग्गामा बाटो लैजाने सोही जग्गा प्रयोग गर्दै आएको प्राधिकरणले जनाएको छ ।
पाटन पुनरावेदन अदालतले विद्युत प्राधिकरणको पक्षमा फैसला गरेपछि कार्यान्वयनका लागि सुरक्षा दस्तासहित कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ क्रेन लिएर बालाजु पुगेका थिए ।
जग्गा अतिक्रमकारीहरुले रोक्ने प्रयास गरे तर, सुरक्षा बलका साथ पुगेका घिसिङ आफैंले क्रेनलाई कुनै हालतमा नरोक्न निर्देशन गरिरहे र, पीच गर्न ठिक्क पारिएको बाटोमा पोलहरुको अवरोध राखेर फर्किए । बालाजुको प्राधिकरणको सब-स्टेशन रहेको जग्गामा भएको अतिक्रमण रोक्न घिसिङ आफैं पुग्दा स्थानीयहरु चकित भएका थिए ।
प्राधिकरणको जग्गा नै कब्जा गरेपछि बाध्य भएर यस्तो कदम चाल्नुपरेको प्राधिकरणले जनाएको छ ।
0 comments
Write Down Your Responses