अमेरिकासँग तनाव बढेपछि उत्तर कोरियाले राजधानी प्योंङयाङ खाली गर्न थाल्यो



पछिल्लो पटक अमेरिकाले सिरियामाथि मिसाइल आक्रमण गरेपछि उत्तर कोरिया र अमेरिकाबीच दुरी बढेको छ। कोरियाली प्रायद्वीपमा अमेरिकाले युद्वतोप तैनाथ गरेपछि उत्तर कोरियाले आफूलाई सिरिया जस्तै कमजोर नसोच्न र आफू यद्वका लागि तयार रहेको जनाउँदै युद्वका लागि तयार रहन चेतावनी समेत दिएको थियो। अमेरिकाले कमजोर सम्झिए कुनै पनि बेला उत्तर कोरियाले परमाणु हमला गर्न सक्ने उत्तर कोरियाको सरकारी मिडियाले चेतावनी दिएको छ। उत्तर कोरियाको सरकारी पत्रिका रोडोन्ग सिनमुनले अमेरिकाको आक्रमणको जवाफ दिन उत्तर कोरिया तयार रहेको बताएको हो। उसले उत्तर कोरियाली सेना दुश्मनको सबै गतिविधि नियालिरहेको समेत जनाएको छ। यसका साथै आणविक निगरानी प्रणाली केवल दक्षिण कारिया र प्रशान्त महासागरमा मात्र नभई अमेरिकाको मुख्य भूमिमा सैन्य अड्डामा समेत निगरानी राखेको उसले जनाएको छ। यसैबीच दक्षिण कोरियाका राष्ट्रपति ह्वांङ क्यो आनले दुई देशवीचको तनावलाई नजिकबाट नियालीरहेको र अमेरिकी सेनालाई आफ्नो देशको समर्थन रहने बताएका छन्। उनले उत्तर कोरियाले परमाणु परीक्षणका साथै कुनै पनि बेला आक्रमण गर्न सक्ने आशंका गरेका छन्। यसैबीच डोनाल्ड ट्रम्पले अमेरिकाको रास्ट्रपति समालेपछि पहिलो पल्ट इश्लामिक आतंकवादी संस्था ‘आइएसआइएस’ विरुद्ध सबैभन्दा ठूलो अपरेशनको सुरुवात गरेलगत्तै उत्तर कोरियाले सम्भावित खतरालाई मध्यनजर गर्दै २५ प्रतिशत जनतालाई राजधानी प्योंङयांङ छोड्न निर्देशन दिएको छ। रसियन समाचार माध्यमका अनुसार उत्तर कोरियाले आक्रमणको बेला राजधानी प्योंगयांङलाई बम सेल्टरको रुपमा प्रयोग गर्न ६ लाख भन्दा धेरै मानिसलाई सहर छोड्न निर्देशन दिएको हो।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors