खोलामा डुवेर एक वालकसहित दुईको मृत्यु


वैशाख १, २०७४- हेटौडाका दुई छुट्टछुट्टै खोलामा पौडी खेल्ने क्रममा डुवेर शुक्रवार एक वालकसहित २ जना मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका— २ सामरी खोलामा पौडी खेल्ने क्रममा खोलामा डुवेर हेटौडा–२ का ७ वर्षीय रिजन बर्तौलाको मृत्यु भएको हो । खोलामा डुवेर वेहोस भएका वर्तौलाको चुरेहिल अस्पतालमा उपचार गर्ने क्रममा मृ्त्यु भएको प्रहरीले जनाएको छ । यसैगरी हेटौडा उपमहानगरपालिका १७ राजदेवस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा डुवेर ३५ वर्षीय स्थानीयवासी दिपक रिजालको मृ्त्यु भएको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले वताए । खोलावाट रिजाललाई उनकै छोराले वाहिर निकालेका थिए । वाहिर निकाल्ने क्रममा उनको मृत्यु भइसकेको थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors