प्रधानमन्त्रीसँग यी तीन पतिको के सम्बन्ध छ, जसले बारम्बार झस्काइरहन्छ ?



काठमाण्डु, ३१ चैत – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन पतिले आफूलाई बेलाबेलामा झस्काउने गरेको बताएका छन् । बिहिबार डा विष्णु दाहालको पशुपतिमा सात दिन नामक पुस्तक विमोचन गर्दै उनले आफ्नो पहिलो प्रधानमन्त्री कालमा भएका घटना सम्झ्एिका छन् । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा पशुपतिनाथमा भारतीय पुजारीको सट्टा नेपाली पुजारी राख्ने निर्णय भएको थियो । डा. दाहाल पुजारी नियुक्त भएका थिए । तर नेपाली कांग्रेस, एमालेसहितका दलहरुको आन्दोलन र भारतीय दबावमा निर्णय उल्टियो । ‘पशुपतिमा सात दिन’ पुस्तक प्रज्ञाभवनमा लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म पशुपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, राष्ट्रपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, सेनापतिको बारेमा कुरा गर्नर्पयो भने पनि झस्किन्छु । तर, कुरा के प्रष्टै हो भने चाहे पशुपति, चाहे राष्ट्रपति चाहे सेनापति तीनटैमा मैले नेपाली जनताको भाबनालाई, नेपाल राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको थिएँ । हुनसक्छ मैले धेरै ढंग र्पुयाउन सकिन होला अहिले फर्केर हेर्दा । तर मेरो पबित्र भावना थियो ।’ उनले अघि भने, ‘नेपाली जनताको भावना के छ, नेपाल राष्ट्रको आवश्यकता के हो भनेर नै मैले पशुपतिमा के सुधार गर्न आवश्यक छ, सेनापतिमा के सुधार गर्न आवश्यक छ, राष्ट्रपतिमा के सुधार गर्न आवश्यक छ भनेर कदम चालेको थिएँ । त्यसमा मेरो कुनै कन्फ्युजन अहिले पनि छैन । खालि शक्ति सन्तुलनको स्थितिलाई हेरेर अलि कलात्मक हुन मैले त्यतिबेला जानिन होला । तर, जे मिसन थियो राष्ट्र र जनताको मिसनभन्दा बाहिर थिएन ।’ उनले भने, ‘अहिले पनि भावनाको दृष्टिकोणले बिचारको दृष्टिकोणले म त्यहिँनेर नै छु, जहाँ त्यतिबेला थिएँ । तर अनुभवको दृष्टिकोणले म आज नयाँ ठाउँमा छु र दोस्रोपटक प्रधानमन्त्रीको हैसियतमा अलि परिपक्व ढंगले ति बिचार र भावनाहरुलाई अगाडि बढाउन चाहेको छु ।’

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors