प्रचण्डले पञ्चायती व्यवस्था फर्काउन खोजेः बाबुराम


काठमाडौंः नयाँ शक्ति नेपालका संयोकजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्को सरकारले पञ्चायती व्यवस्था फर्काउने धृष्टता गरेको आरोप लगाउनु भएको छ।
उहाँले प्रचण्ड नेतृत्वको सरकारले पञ्चायती व्यवस्थाबाट खोसेर ल्याएको अधिकार पुनः जनताबाट खोसेर पुरानै व्यवस्थामा फर्काउने धृष्टता गरेको आरोप लगाउनु भएको हो। उहाँले जनआन्दोलनमा उत्रिएका जनतामाथि लाठी बर्साउनेहरु अहिले सत्ताको मुख्य अंशियार भएकाले कतै पञ्चायती व्यवस्था त फर्किने होइन भन्ने आशंका बढेको बताउनुभयो।
भट्टराईले आन्दोलनका सहयात्री सत्तामा पुगेपछि निरंकुशताको अभ्यास गर्न लागिपरेको आरोप लगाउनुभयो। ‘अहिलेका ठूला दलहरुको दलीय सिन्डिकेटको विरोध गर्दै उहाँले भन्नुभयो,‘उनीहरु सत्तामा भएको बेला निर्वाचनमा दलीय चुनाव चिन्हसहित जाने अधिकार खोसेका छन्, यो एक ढंगको प्रतिक्रान्ति हो।’
शान्तिवाटिकामा रिले अनशनको शनिबार बिहान सुरुवात गर्दै उहाँले सबै दलहरुलाई निर्वाचन चिन्ह दिँदा मतपत्र लामो हुन्छ भनेर गरिने कुतर्कको कुनै औचित्य नहुने बताउनुभयो। ‘सबै दलहरु सबै जिल्लामा चुनाव लड्दैनन्, ७५ वटै जिल्लामा दर्ता भएका दलहरु ७/८ वटा मात्र छन्। त्यसले मतपत्र लामो हुन्छ भनेर गरिने तर्क लंगडो कुतर्क मात्र हो।’
चुनाव चिन्ह नदिएको विरोधमा रिले अनशन
दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशनसहितको धर्ना सुरु गरेका छन्। काठमाडौंको रत्नपार्कस्थिति शान्ति बाटिकामा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त विरोध स्वरुप अनशनको सुरुवात गर्नुभएको हो।
लोकतान्त्रिक राज्य व्यवस्थामा दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चित गरेर सरकारले तानाशाही र अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको विरोध स्वरुप वैधानिक रुपमा दर्ता भएका सबै दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान गरेर संविधान संशोधनमार्फत सबै असन्तुष्ट पक्षहरुको माग सम्बोधन गरी चुनाव गर्नुपर्ने माग राख्दै दलहरुले धर्ना सुरु गरेका हुन्।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors