सरकारले घोषणा गरेकोस्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतको तर्फबाट दवाव दिइएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
सरकारले दोस्रो पटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन भारतीय पक्षले सुझाव दिएको मधेसी मोर्चाको उच्च स्रोतले जनाएको छ ।
शुक्रबार नयाँ बर्षको शुभकामना दिदै भारतीय राजदूत मञ्जिवसिंह पुरीले टेलिफोन सम्वादमार्फत मधेसी मोर्चाका नेताहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए ।
काठमाडौं, बैशाख २– युएईको एक म्यानपावर कम्पनीले ६ नेपाली कामदार महिलालाई आफ्नो ब्यापारीक वेबसाईटबाट बिक्रीमा राखेको छ ।
यूएईको उक्त म्यानपावर कम्पनीले रोजगारका लागि आफ्नो वेवसाटमा कामदारको विवरणसहित राख्ने गरेको छ ।
नेपालका विभिन्न ठाउँका ६ जना महिलाको तस्विरसहित अलशाहिनहोल्डिङ डक कम ले नेपाली कामदार महिलालाई विक्रीमा राखेको हो ।
चार महिलाको नाम एउटै भए पनि थर फरक छ । दुई महिलाको पनि एउटै नाम छ भने थर र ठेगाना फरक छ ।
यस बिषयमा नेपाली दुताबास युएईले कुनै जानकारी नभएको र उक्त महिलाहरू कसरी युएई आएर म्यानपावर एजेन्सीसम्म कसरी पुगे भन्ने बारे अनविज्ञ रहेको एक कर्मचारीलाई उद्धृत गर्दै गोरखा वेलफेयर सोसाइटी यूएईका सभापति विनोद श्रेष्ठले रातोपाटीलाई बताए
भक्तपुर, बैशाख २ । भक्तपुरस्थित मध्यपुर थिमीको बोडेमा आज(शनिबार) जिब्रो छेड्ने जात्रा मनाइएको छ ।
प्रत्येक वर्ष वैशाख २ गते मनाइने जात्रामा यस बर्ष थिमी बोडेका ४५ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडने गरेका हुन् ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिरको प्राङ्गणमा लिङ्गो उठाएपछि निराहार ब्रत बसेका श्रेष्ठले पाँचौ पटक जिब्रो छेडाएका हुन् । जिब्रो छेड्ने जात्रालाई सहकालको देवताको रुपमा समेत मान्ने गरिन्छ ।
रोगब्याध नलागोस, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने प्रार्थना स्वरुप सहकालको देवताको पूजा गरिएको जनविश्वास रहेको छ ।
धुर्मुस सुन्तलीले बनाइदिएको नयाँ घरमा प्रवेश गरेपछि खुसी मुद्रामा १०३ वर्षीया मरनी सदा । तस्बिरः अन्नपूर्ण
बर्दिबासः ‘राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ', दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा बसेर धुर्मुस-सुन्तलीसँग खुसी साट्दै भन्नुभयो, ‘पहिला बाख्रा बाँध्ने ठाउँमा सुत्थें, बाबु । पानी पर्दा छानो चुहिन्थ्यो । जाडोमा न्यानो ओछ्यान र ओढ्ने थिएन । आगो तापेर रात काट्थें । तपाईंहरूले मजस्ती बूढीका लागि जाडो र झरी छल्ने घर बनाइदिनुभयो ।'
नयाँ वर्ष २०७४ सँगै करोडौं नेपाली आपसमा सुख, समृद्धि, शान्ति, विकास र उन्नतिको शुभकामना आदानप्रदान गरिरहँदा मरनीको दुखिया जीवनले पनि अब बाँचुन्जेल खोरबाट मुक्ति पाएको छ । बाख्राको खोरमा सयभन्दा बढी वसन्त काटेकी उहाँले धुर्मुस-सुन्तलीको पहलमा निर्मित नयाँ पक्की घर पाउँदाको खुसी बखान गरी साध्य छैन ।
धुर्मुस-सुन्तलीले आफ्नै स्वामित्वको घरमा नयाँ पहिरनमा प्रवेश गराउँदाको क्षणमा बुढ्यौलीले मुजा परेको मरनीको मुहारको चमक नै बेग्लै थियो । मुहारको त्यो चमकले उहाँको मात्रै होइन, मुसहर बस्तीका पुस्तौंदेखि रोग, भोक र अशिक्षाले थलिएका ५५ मुसहर परिवारका बालदेखि वृद्धसम्मले अनुभूति गरेको साझा खुसीको प्रतिनिधित्व गरेको थियो । पिछडिएको मुसहर समुदायका लागि धुर्मुस-सुन्तली फाउन्डेसनले एकीकृत नमुना मुसहर बस्तीको नाम दिएर एउटै डिजाइन, रंग र उस्तै जस्तापाताले छाएका घर निर्माण गरेपछि बस्तीका सबै दंगदास छन् ।
मरनीलाई गाउँलेले साइकलमा ल्याएर नयाँ घरमा गृह प्रवेश गराए । उखरमाउलो गर्मीको रापलाई उहाँले आफ्नो घरको खाटमा सुम्सुम्याउन आइपुगेको चिसो बताससँगै मनभरी खुसी र आनन्द भर्दै लखेटेको अनुभूति गर्नुभयो । उहाँ नयाँ घरमा सर्दा गाउँमा मेला नै लाग्यो । पक्की घरमा बसेर उहाँले घरको भुइँ, छानो र भित्ता नियाल्नु भयो र छानाबाट पानी नचुहिने अनुभव गरी गहभरि हर्षको आँसु छचल्कियो । रंगिन जस्तापाता टल्के झैं मरनीको जीवनसँगै मुसहर बस्तीका दुई सय ७० जनाको जीवन उज्यालिएको देखिपछि उहाँले भन्नुभयो, ‘मैले जे दुःख भोगें भोगें । अब गाउँका छोरा, बुहारी, नातिनातिनाले दुःख भोग्नु पर्दैन । मसँगै उनीहरू पनि सुखको जीवन बिताउँछन् ।'
२०७२ पौस १३ गते बाख्राको खोरमा न्यानो बासस्थान र लुगाको अभावमा शीत लहरले थरथर काँपिरहेका बेला धुर्मुस—सुन्तलीले मरनीलाई देख्नुभएको थियो । मरनीको दर्दनाक अवस्था देखेर धुर्मुस-सुन्तली भावुक बन्नुभएको थियो । धुर्मुसले मरनीसँग त्यतिखेर कुरा गर्दा मरनीले भन्नुभएको थियो, ‘बाबु, बूढी आमाका लागि कोही पनि छैन ।' यति भरेर मरनी रबरबर आँसु झार्दै रुनुभएको थियो । मरनी रोएपछि सुन्तलीले भन्नुभएको थियो, ‘आमा म छु, हजुरलाई हामी सहयोग गर्छौं ।'
यी आमाका लागि केही गर्न पाए हुन्थ्यो' भन्दै मनमा गहिरो मानवताको भाव र आँखाभरि आँसु बोकेर धुर्मुस-सुन्तली बस्तीबाट बाहिरिनुभएको थियो । लामो प्रयासपछि मरनीलाई खोरबाट निकालेर राम्रो घरमा राखिरहाँदा उहाँका आँखाबाट हर्षका आँसु खसेका थिए । मरनी हर्षविभोर हुनुभयो । चाउरी परेको अनुहारमा निकै खुसी देखिन्थ्यो । घर बनाइ दिएकोमा मरनीले धुर्मुस-सुन्तलीलाई केही दिन सक्नुभएन । तर, उहाँले आफ्नो दुःखमय जीवन सुखी बनाइदिएकोमा धुर्मुस- सुन्तलीलाई ‘भगवान्' को अवतरको संज्ञा दिनुभयो ।
‘धुर्मुस र सुन्तली भगवान्को अवतार बनेर मेरो घरमा आए', मरनीले भन्नुभयो, ‘म उनीहरूलाई भगवान् भन्छु ।' धुर्मुसतिर हर्दै मरनीले भन्नुभयो, ‘बाबु तपाईंहरूको सधैं जय होस् । हिँड्दा ठेस नलागोस्, नुहाउँदा केस नटुटोस् ।' मरनीको आँखामा हर्षका आँसु आएको देखेपछि धुर्मुस-सुन्तलीले बस्ती बनाउन सहयोग गर्ने सहयोगी मनहरूलाई धन्यवाद दिनुभयो ।
दुई छोरा र चार छोरीकी आमा मरनीले आफू बसेको घर देखाउँदै भन्नुभयो, ‘छोरा, बुहारी, नातिहरू अब कमाएर ल्याएको सुखसँग खाएर बस्छन् ।' ‘जेठो छोराको विवाह गरेपछि श्रीमान् बित्नुभयो । छोराछोरी सानै थिए । घरमा कमाउने कोही थिएनन् । बिजलपुरा, बनरा, हात्तीलेट, माईस्थानका गाउँ घुमेर अलुवा (माटोमुनि फल्ने एक प्रकार खाने वस्तु) चालेर ल्याउँथे । उसिनेर छोराछोरीलाई खुवाउँथे । अलुवा नभेटेको दिन निरास भएर घर आउँथे । छोरीछोरी खानेकुरा लिएर आमा आउँछिन् भनेर बाटो हेरे बस्थे । टाउकाको ढाक्की तल राख्दा जब खानेकुरा भेटिँदैन्थयो । तब नानीहरू रुन्थें । ती दिनमा पनि छोराछोरीलाई दुःख काटेर हुर्काएँ', मरनीले पुराना दिन स्मरण गर्नुभयो ।
दलितमा पनि मुसहर जाति महादलित मानिन्छ । रातु खोलाको मुहानमा पानी लिन जाँदा ठूला बडाले पानी भरेपछि मात्र मुसहरलाई पानी भर्न दिन्थें । ठूलाबडाले भरेको पानी मुसहरले छोए भने त्यसको बदलामा उनीहरूबाट छुवाछुतको व्यवहार सहनुपथ्र्यो । कुटाइ खानुपथ्र्यो । पानी छोएको भन्दै कति पटक ठालुले मरनीसहितका मुसहर बस्तीका गाउँलेलाई कुटेर पानी लिन गएको घैंटो फुटाइदिएको पनि सुनाउनुभयो मरनीले ।
‘हाम्रो १२ बिघा खेत थियौं । १०—१२ थान गाईभैंसी थिए । सबै साहुले हडपे', मरनीले भन्नुभयो । मरनीको अहिले ५ घुरभन्दा जग्गा छैन । अलुवाको खेती हुन छाडेपछि बर्दिबासको हटिया मरनी र उनको छोराछोरीलाई आहारा जुटाउने माध्यम बन्यो । बुधबार र शनिबार लाग्ने हटियामा रातु खोलाबाट पानी र गाउँबाट गोबर ल्याएर लिपेर घरपरिवार चलाउनुभयो । अलिहे मरनी राम्रोसँग हिँड्न सक्नुहुन्न । लट्ठीको सहारामा घिस्रेर हिँडडुल गर्नुपर्छ । ‘बजारको एक घर लिपेको एक रुपैयाँ पाउँथे । एक दिनमा बजारमा एक सय घर लिप्थें', उहाले भन्नुभयो ।
नयाँ घरको बरन्डामा धुर्मुस-सुन्तलीसँगै मरनी सादा ।
नयाँ घरको बरन्डामा धुर्मुस-सुन्तलीसँगै मरनी सादा ।
बैशाख २ – आजकाल सोसल मिडियामा एक भिकारीको फोटो भाइरल भइरहेको छ । फोटोमा यी व्यक्ति भुइँमा बसेर पैसाको चाङ गनिरहेको देख्न सकिन्छ । यी भिकारी चीनको राजधानी बेइजिङको सडकमा घुमेर दिनभरी भिक माग्ने गरेको बताइएको छ । उनको महिनाभरीको कमाई १ लाख ७६ हजार हुने बताइएको छ । उनले हरेक महिना पैसालाई पोष्ट अफिसमा जम्मा गर्ने गर्दछन् ।
– बोरामा पैसा भरेर ल्याउँछन् यी व्यक्ति
– हरेक महिना यी व्यक्ति बेइजिङको पोष्ट अफिसमा गएर सबै पैसा जम्मा गर्ने गर्दछन् ।
– पोष्ट अफिसमा नै कसैले उनको फोटो खिचेर सोसल मिडियामा हालेपछि उक्त फोटो भाइरल भएको हो ।
– अहिलेसम्म ती व्यक्तिको नाम सार्वजनिक भएको छैन । उनलाई हरेक दिन बेइजिङको सडकमा घुमिरहेको देख्न सकिन्छ ।
– उनले बेइजिङमा नै दुई तल्ले घर बनाएको कुरा सार्वजनिक भएको छ ।
– यतिमात्र होइन, उनका तीन सन्तान चीनको चर्चित कलेजमा पढ्ने गर्दछन् ।
– परिवारमा उनी एक्लो कमाई गर्ने व्यक्ति हुन् ।
– पोष्ट अफिसमा पैसा गन्न धेरै समय लाग्छ । जसका कारण उनी अरुसँग पैसा गन्नका लागि मद्दत माग्छन् र काम सिद्धिएपछि १ सय ६० रुपैयाँ टिप्स पनि दिन्छन् ।
– बोरामा पैसा भरेर ल्याउँछन् यी व्यक्ति
– हरेक महिना यी व्यक्ति बेइजिङको पोष्ट अफिसमा गएर सबै पैसा जम्मा गर्ने गर्दछन् ।
– पोष्ट अफिसमा नै कसैले उनको फोटो खिचेर सोसल मिडियामा हालेपछि उक्त फोटो भाइरल भएको हो ।
– अहिलेसम्म ती व्यक्तिको नाम सार्वजनिक भएको छैन । उनलाई हरेक दिन बेइजिङको सडकमा घुमिरहेको देख्न सकिन्छ ।
– उनले बेइजिङमा नै दुई तल्ले घर बनाएको कुरा सार्वजनिक भएको छ ।
– यतिमात्र होइन, उनका तीन सन्तान चीनको चर्चित कलेजमा पढ्ने गर्दछन् ।
– परिवारमा उनी एक्लो कमाई गर्ने व्यक्ति हुन् ।
– पोष्ट अफिसमा पैसा गन्न धेरै समय लाग्छ । जसका कारण उनी अरुसँग पैसा गन्नका लागि मद्दत माग्छन् र काम सिद्धिएपछि १ सय ६० रुपैयाँ टिप्स पनि दिन्छन् ।
काठमाडौंः नयाँ शक्ति नेपालका संयोकजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्को सरकारले पञ्चायती व्यवस्था फर्काउने धृष्टता गरेको आरोप लगाउनु भएको छ।
उहाँले प्रचण्ड नेतृत्वको सरकारले पञ्चायती व्यवस्थाबाट खोसेर ल्याएको अधिकार पुनः जनताबाट खोसेर पुरानै व्यवस्थामा फर्काउने धृष्टता गरेको आरोप लगाउनु भएको हो। उहाँले जनआन्दोलनमा उत्रिएका जनतामाथि लाठी बर्साउनेहरु अहिले सत्ताको मुख्य अंशियार भएकाले कतै पञ्चायती व्यवस्था त फर्किने होइन भन्ने आशंका बढेको बताउनुभयो।
भट्टराईले आन्दोलनका सहयात्री सत्तामा पुगेपछि निरंकुशताको अभ्यास गर्न लागिपरेको आरोप लगाउनुभयो। ‘अहिलेका ठूला दलहरुको दलीय सिन्डिकेटको विरोध गर्दै उहाँले भन्नुभयो,‘उनीहरु सत्तामा भएको बेला निर्वाचनमा दलीय चुनाव चिन्हसहित जाने अधिकार खोसेका छन्, यो एक ढंगको प्रतिक्रान्ति हो।’
शान्तिवाटिकामा रिले अनशनको शनिबार बिहान सुरुवात गर्दै उहाँले सबै दलहरुलाई निर्वाचन चिन्ह दिँदा मतपत्र लामो हुन्छ भनेर गरिने कुतर्कको कुनै औचित्य नहुने बताउनुभयो। ‘सबै दलहरु सबै जिल्लामा चुनाव लड्दैनन्, ७५ वटै जिल्लामा दर्ता भएका दलहरु ७/८ वटा मात्र छन्। त्यसले मतपत्र लामो हुन्छ भनेर गरिने तर्क लंगडो कुतर्क मात्र हो।’
चुनाव चिन्ह नदिएको विरोधमा रिले अनशन
दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशनसहितको धर्ना सुरु गरेका छन्। काठमाडौंको रत्नपार्कस्थिति शान्ति बाटिकामा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त विरोध स्वरुप अनशनको सुरुवात गर्नुभएको हो।
लोकतान्त्रिक राज्य व्यवस्थामा दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चित गरेर सरकारले तानाशाही र अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको विरोध स्वरुप वैधानिक रुपमा दर्ता भएका सबै दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान गरेर संविधान संशोधनमार्फत सबै असन्तुष्ट पक्षहरुको माग सम्बोधन गरी चुनाव गर्नुपर्ने माग राख्दै दलहरुले धर्ना सुरु गरेका हुन्।
२ वैशाख, एजेन्सी।
भारत प्रशासित कश्मिरमा मतदानका क्रममा आन्दोलनकारी एक युवकलाई आफ्नो गाडीको अगाडि भागमा बाँधेर घुमाएपछि भारतीय सेना पुनः विवादमा तानिएको छ ।

जिपमा कसैले ढुंगा हान्न नसकोस् भन्ने उद्देश्यले युवकलाई बाँधेर घुमाएको विषय सामाजिक समाजमा भाइरल भएपछि सेनाको आलोचना भएको हो ।
जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीट गर्दै घटनालाई राज्य सरकारको असफलता भन्दै आलोचना गरेका छन् ।
भारतीय रक्षा मन्त्रालय पनि घटनाको छानविन शुरु भएको जानकारी दिएको छ । भारतीय सञ्चार माध्यमले सेनाले जीपमा बाँधेर घुमाएका युवा बडगामका फारुक डार भएको जनाएका छन् ।
हेर्नुस् भिडियो,
बि.स.२०७४ बैसाख ०२ गते । शनिबार । ईश्वी सन् २०१७ अप्रिल १५ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख कृष्ण पक्ष । तिथि चतुर्थि २९ घडी ५९ पला । बेलुका ५ बजेर ४१ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र अनुराधा १५ घडि ४१ पला, बिहान ११ बजेर ५८ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात ०९ घडि ४२ पला,बिहान ०९ बजेर ३४ मिनेट उप्रान्त वरियान । करण बालव,बेलुका ५ बजेर ४१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा अमृत योग । चन्द्ररासि बृश्चिक । भक्तपुरमा महाकालि,महालक्ष्मी यात्रा । मध्यपुर थिमिमा बालकुमारि यात्रा । टोखामा चण्डेस्वरी मूलरथ यात्रा । काठमाडौंमा सूर्योदय ०५ बजेर ४२ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर २८ मिनेट जादा । दिनमान ३१ घडी ५६ पला ।
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
एकल तथा साझेदारि व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुटुमा कैद गर्न सकिनेछ ।

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)
समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउँनेछ भने माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउनसक्छ ।

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार लगानि गर्ने वाताबरण छैन त्यसैले व्यावसायमा नाफा कमाउँन निकै समय दिनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । पढाई लेखाई कमजोर रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनहोला ।

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुँनाले आलोचनाको शिकार होईनेछ । माया प्रेममा अबिश्वास सिर्जना हुँनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुँनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ ।
कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यावसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउँनेछ ।

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च मुल्याङन हुँनेछ भने समानमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले मन प्रफल्लित हुँनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ । बहुमुल्य बस्तुहरु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ ।

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्नेछ भने बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । प्रेममा धोका तथा बिश्वासघात हुँनेछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाई कमजोर रहनेछ ।

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अध्यापनमा प्रगति गर्न सकिने हुनाले गुरुवर्गहरु खुसि हुनेछन् । सरकारि धन तथा पैतृक धन सम्पति हात लाग्ने योग रहेकोछ । प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानि हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुँनाले काम गर्न थप सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिचको सम्बन्ध झन कसिलो भएर जानेछ ।

मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । काम गर्दा होस पुर्याउनु जरुरि देखिन्छ खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । मेहनेतको फल अरुले नै हत्याउँन कोषिस गर्नेछन् । कामको सन्द्रर्भमा बिवाद सिर्जना हुन सक्छ । पढाई लेखाईमा ध्यान नदिए अरुभन्दा पछि परिन सकिन्छ । व्यापारमा अरु दिन भन्दा बढिनै समय दिनु पर्नेछ ।

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा कमजोर उपश्थिति रहनेछ । परिवारजनको असहयोगले नयाँ योजनाहरु थाति रहनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय खर्चिय सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस्
विवाह यस्तो सम्बन्ध हो जसले जोडीको जीवनमा मात्र होइन परिवारको जीवनमा समेत परिवर्तन ल्याइदिन्छ । धनी परिवारमा सम्बन्ध जोडिएका कतिपयको जीवनमा नाटकीय परिवर्तन आउने गर्छ ।
त्यसैले पछिल्लो समयमा अधिकाँश युवा युवती धनी परिवारसँग सम्बन्ध जोड्न चाहन्छन् ।
ज्योतिष शास्त्रका अनुसार कुण्डलीका केही योग अध्यन गर्यो भने ससुराली धनी पर्ने कि नपर्ने भन्ने थाहा पाउन सकिन्छ ।
कुनै पनि ब्यक्तिको कुण्डलीमा कुण्डलीको चौथो स्थानको मालिक वा दुईतीय स्थानको मालिक शुक्र भएमा यस्ता पुरुषको विवाह धनी घरमा हुने हुन्छ ।
त्यसैगरी कुनै पनि युवकको कुण्डलीमा चन्द्रमा सातौं स्थानको स्वामी भएमा उसको ससुराली पनि धनी हुने हुन्छ ।
त्यसैगरी कुनै पनि ब्यक्तिको कुण्डलीमा दुइतीय स्थानको स्वामी सप्तम भावमा बसेमा वा त्यसमा शुक्रको दृष्टी परेमा धनी परिवारमा विवाह हुन्छ । सुख सुविधाका सबै सामग्री प्राप्त हुन्छन् । भाग्यस्थानको मालिक शुक्र भएमा वा शुक्रको दृष्टीमा परेमा धनी केटीसँग विवाह हुन्छ ।
यद्यपी धनी परिवारमा सम्बन्ध जोडिन्छ कि जोडिदैन भन्ने थाहा पाउन अन्य ग्रहको अवस्था पनि विचारणीय हुन्छ

वैशाख १, २०७४- हेटौडाका दुई छुट्टछुट्टै खोलामा पौडी खेल्ने क्रममा डुवेर शुक्रवार एक वालकसहित २ जना मृत्यु भएको छ ।
हेटौडा उपमहानगरपालिका— २ सामरी खोलामा पौडी खेल्ने क्रममा खोलामा डुवेर हेटौडा–२ का ७ वर्षीय रिजन बर्तौलाको मृत्यु भएको हो । खोलामा डुवेर वेहोस भएका वर्तौलाको चुरेहिल अस्पतालमा उपचार गर्ने क्रममा मृ्त्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौडा उपमहानगरपालिका १७ राजदेवस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा डुवेर ३५ वर्षीय स्थानीयवासी दिपक रिजालको मृ्त्यु भएको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले वताए । खोलावाट रिजाललाई उनकै छोराले वाहिर निकालेका थिए । वाहिर निकाल्ने क्रममा उनको मृत्यु भइसकेको थियो ।
मुत्र प्रणाली अन्तर्गत मिर्गौला, पिसाबनली र पिसाब थैलीको पत्थरीको समस्या लिएर पिसाब सम्बन्धी शल्यक्रिया विभागमा आउने बिरामीको संख्या उल्लेख्य छ। यस विभागमा आउने सय जना व्यक्तिमध्ये १५ जनालाई मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने गरेको पाइएको छ। एक पटक पत्थरी भएका व्यक्तिमध्ये करिब ४० देखि ६० प्रतिशतमा पाँच वर्षभित्र दोहोरिने सम्भावना रहन्छ। हाम्रो देशको भौगोलिक बनावट, खानपानको तरिका र स्वास्थ्य चेतनाको अभावका कारण पत्थरीको समस्या चुनौती बनिरहेको छ।
मुत्र प्रणाली सम्बन्धी पत्थरी २० वर्षभन्दा कम उमेरकालाई कमै मात्र हुन्छ। साधारणतया ४० देखि ६० वर्ष उमेरका मानिसमा मुत्र प्रणाली सम्बन्धी समस्या बढी देखिन्छ। पुरुषको पिसाबनली लामो हुने कारणले महिलामा भन्दा पुरुषमा यो समस्या दुईदेखि तीन गुणा बढी हुन्छ। मुत्र प्रणालीमा हुने पत्थरीको समस्या पित्त थैलीको पत्थरीभन्दा फरक हुनुका साथै उपचार पद्धति पनि फरक हुन्छ।
किन हुन्छ पत्थरी?
मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो। यसमा पत्थरी बनाउने र पत्थरी बन्न नदिने दुईवटै तत्व हुन्छ। पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम–हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन। कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ।
पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ। कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिन्छ।
तौल बढी भएको, पहिला पनि पत्थरी भएको र परिवारमा अरुलाई पनि पत्थरी भएका व्यक्तिहरुमा पत्थरी हुने सम्भावना बढी हुन्छ। कतिपय व्यक्तिमा अनुवंशिक रोगहरुले पनि पत्थरी बनाउन सक्छ। युरिक एसिडको समस्याबाट प्राताडितमध्ये करिब १० प्रतिशतलाई युरिक एसिडखालकै पत्थरी हुने सम्भावना हुन्छ।
पत्थरी भएको कसरी थाहा हुन्छ ?
कतिपय व्यक्तिमा पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। जब पत्थरीले पिसाब बग्ने बाटोमा बाधा पुर्याउन थाल्छ त्यसपछि मात्र लक्षणहरु देखा पर्न थाल्छन्। पत्थरीको समस्यामा कोखा दुख्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा लाग्ने, पिसाबमा रगत देखिने, वाकवाक लाग्ने लगायतका लक्षण देखिन्छन्। लामो समयसम्म पत्थरीले पिसाबको बहावमा अवरोध भएमा पिसाबको संक्रमण हुने, मिर्गौला सुन्निने, मिर्गाैला नै संक्रमित हुने र मिर्गौला फेल हुनेसम्मको अवस्था आउँछ। पिसाब जाँच, भिडियो एक्सरे, सामान्य एक्सरे, सिटी स्क्यान र कतिपय रगत जाँचले मुत्र प्रणाली सम्बन्धी पत्थरी भएन/भएको पत्ता लाग्छ।
उपचार विधि
पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थामा पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ। सामान्यतः तीन तरिकाबाट पत्थरीको उपचार हुने गर्छ। पेट चिरेर, सानो प्वाल (घाउ) मात्र बनाएर र नचिरीकन। तपाईंको पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्छ। किनकि कुनै पत्थरी बालुवाजस्तो नरम हुने र कुनै पत्थरी ढुंगाजस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा विचार पुर्याउनुपर्ने हुन्छ।
नचिरीकन गरिने उपचार
सिटी स्क्यानबाट पत्थरी नरम अर्थात् १० मिमिभन्दा सानो भेटियो र त्यस्तो पत्थरी मिर्गौलाको माथिल्लो र बीचको भाग वा पिसाबनलीको माथिल्लो भागमा छ भने नचिरीकन गरिने प्रविधि (इएसडब्लुएल) बाट पत्थरीको उपचार गरिन्छ। यो प्रविधिबाट पत्थरी हटाउँदा अस्पतालमा भर्ना भएर बस्नु पर्दैन। कतिपय अवस्थामा दुईदेखि तीनचोटि सम्म उपचार गर्नुपर्ने हुन सक्छ। कसैकसैको त्यति गर्दा पनि पत्थरी फुटेन भने अर्को पद्धति अपनाउनुपर्ने हुन्छ।
पिसाबको नलीमा भएको पत्थरी पिसाबनलीको कुन भागमा छ त्यसैका आधारमा नचिरीकनै उपचार गरिन्छ। मिर्गौलाको तल्लो भागमा भएको पत्थरीलाई पनि नचिरीकन आरआइआरएस विधिबाट निकाल्न सकिन्छ।
सानो प्वाल (घाउ) बनाएर गरिने शल्यक्रिया
मिर्गौलामा १० मिमिभन्दा माथिको पत्थरी छ भने, त्यो पत्थरीको कडापन हेरेर पिसिएलएल (सानो प्वाल बनाएर पत्थरी निकाल्ने प्रविधि) विधिबाट पत्थरी हटाइन्छ। यो प्रविधिबाट गरेको शल्यक्रियाले मिर्गौलालाई असर गर्दैन र मिर्गौलाको काम यथावत रहन्छ।
पेट चिरेर पत्थरी निकाल्ने विधि
माथि उल्लेखित कुनै पनि प्रविधिले पत्थरीको उपचार सम्भव नभएमा वा गर्न नमिल्ने भएमा नेफ्रोलिथोटोमी र युरेटेरोलिथोटोमी भनिने शल्यक्रियाबाट पत्थरीको उपचार गरिन्छ। तर, मिर्गौलाले १५ प्रतिशतभन्दा कम काम गरेको देखिएमा मिर्गौला नै फाल्नुपर्ने हुन सक्छ।
उपचार नगरी निको होला पत्थरी?
यदि, पत्थरी ७ मिलिमिटरभन्दा सानो छ र त्यस्तो पत्थरी मिर्गाैलाको तल्लो भागमा छैन भने प्रसस्त मात्रामा पानी पिउँदा वा केही औषधिको प्रयोगले पत्थरी हराउन सक्छ। तर, यस्तो पत्थरीले पिसाबको बहावमा अवरोध पुर्याएको छ भने तुरुन्त शल्यक्रिया गर्नुपर्छ। पत्थरी आफैँ निक्लेला भनेर घरमै बस्ने वा घरेलु उपचार गर्ने हुँदा मिर्गौला नै बिग्रिने अवस्था पनि आउन सक्छ। त्यसैले पत्थरीको शंका भएमा सकेसम्म चाँडो उपचारतर्फ नै लाग्नुपर्छ।
जुन तरिकाले उपचार गरे पनि यसको मुख्य उद्देश्य पिसाबको बहावलाई निरन्तरता दिनुका साथै मिर्गाैलालाई थप बिग्रिन नदिनु नै हो। मिर्गौला थप जोखिममा पर्नेगरी सबै पत्थरी निकाल्नै पर्छ भन्ने हुँदैन। तसर्थ नचिरीकन वा सानो प्वालमात्र बनाएर पत्थरी निकाल्न अपनाइने आधुनिक उपचार विधि प्रभावकारी मानिन्छ।
पत्थरी हुन नदिन के गर्ने?
१. पानी प्रसस्त पिउने। एक दिनमा दुई लिटर पिसाब बन्नेगरी आवश्यक मात्रामा पानी पिउने गरेको खण्डमा मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने सम्भावना ४० प्रतिशतले घट्छ। यदि, हामी धेरै गर्मी ठाउँमा बस्छौँ वा धेरै पसिना बग्ने कठिन काम गर्छौं भने अझ बढी पानी पिउनुपर्ने हुन्छ।
२. मासु कम खाने। सागसब्जी धेरै खाने। मासु धेरै खाने व्यक्तिमा पत्थरी हुने सम्भावना बढी हुन्छ। विशेष गरी, रातो मासु कम खानु वुद्धिमानी हुन्छ।
३. नुन कम खाने। नुनिलो खाने कुरा, जंकफुड, प्रशोधित खाने कुरा र धेरै मात्रामा अचार नखाने।
४. क्याल्सियम भएको खाने कुराले पत्थरी बनाउने होइन। तर, प्राकृतिक रुपमा (पशु र वनस्पतिमा हुने) क्याल्सियम खानु राम्रो हुन्छ। दूध वा दुधजन्य खानेकुरा प्रतिदिन पाँच सय मिलिलिटरसम्म खान सकिन्छ। क्याल्सियम चक्की खानुपरेका खण्डमा खालि पेटमा खानु हुँदैन।
५. अक्जालेटयुक्त खानेकुरा सकेसम्म कम खाने। पालुंगो साग, सखरखण्ड, काउली, चकलेट, कफी, कालो चिया, बियर, स्ट्रबेरी जस्ता खानेकुरामा अक्जालेटको मात्रा बढी हुन्छ।
६.साइट्रेटयुक्त एवं पोटासियमयुक्त फलफूल बढी खाने। सुन्तला, कागतीजस्तो बढी साइट्रेट हुने र केरा, च्याउ, हरियो सागपात, आलुजस्तो पोटासियम बढी हुने खानेकुराको सेवनले पत्थरीको समस्या कम हुन्छ।
७. भिटामिन ‘बी ६’ पाइने अण्डा, चिज र माछाको सेवनले पनि पत्थरीको सम्भावना टार्ने गर्छ।
(डा. सिंह काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालमा सर्जरीका रेसिडेन्ट हुन्)
महोत्तरी, बैशाख १ – नयाँ बर्षको पहिलो दिन महोत्तरी, बर्दिबास १ कि देवकी सदा निकै खुसी भइन् । सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरेको सक्रियतामा बनेको एकीकृत नमुना बस्तीमा उनका दुई छोराले पनि चिटिक्क परेको नयाँ घर पाए ।
यसअघि खरको छाप्रोमा बस्ने गरेका उनीहरुको परिवारले यस्तो राम्रो घरमा बस्ने कल्पना पनि गरेका थिएनन् । बाख्रा चराएर जीवन निर्वाह गर्दै आएकी देवकी सदालाई अहिले कसरी बाख्रा पाल्ने भन्ने चिन्ताले सताएको छ ।
एकीकृत बस्तीभित्र बाख्रा पाल्नका लागि ठाँउ नभएकाले उनी बाख्रा पाल्ने बिकल्पको खोजीमा छिन् ।
देवकी जस्तै अर्का स्थानीय महेन्द्र सदा पनि बाख्रा चराएर जीवन निर्वाह गर्छन् । खरको झुपडीको सट्टामा पक्की घर पाएर दंग परेका उनलाई पनि बाख्रा पाल्ने ठाउँको चिन्ता छ ।
धुर्मुस सुन्तलीले घर बनाईदिएजस्तै जीवन निर्वाह गर्न कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने उनको आशा छ ।
नयाँ घर पाएकोमा धुर्मुस आफ्नो लागि देवता सरह भएको देवकी सदाले बताइन् ।
वैशाख १, २०७४- फोर्ब्स म्यागेजिनले यो वर्ष प्रकाशित गरेको एसियाका ३० वर्षमुनीका प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली अटाएका छन् । फाेर्ब्स १० विधामा ३० जनाका दरले ३० सय प्रभावशाली युवाको सूची प्रकाशित गरेको थियो ।
जनकपुरका रवी कुमार अहिले विश्व बैंकको प्रमुख डिजिटल स्ट्राटेजिस्टको रुपमा वासिङ्टन डिसीमा कार्यरत छन् । उनले आफ्नी पत्नीसँग मिलेर स्थापना गरेको कोड फर नेपालले नेपालम्याप डट ओआरजीमार्फत नेपालसम्बन्धी सबै तथ्यांक सजिलै उपलब्ध गराउने लक्ष्य राखेको छ ।
नेपालका दुर्गम गाउँमा बस्ने बालबालिकालाई नि:शुल्क शिक्षा दिने उद्देश्यका साथ कार्कीलेदियालो फाउण्डेशन
सुरु गरेका हुन् । यसले दुर्गमका बासिन्दालाई दीगो ऊर्जा र कृषिको बारेमा सेवा प्रदान गरिरहेको फोर्ब्सले जनाएको छ । कार्की अहिले बेइजिङमा अध्ययनरत छन् । >प्रभात यादव, एक्स्प्लोर ग्याजेट
एक्स्प्लोर ग्याजेट यूट्युवमा निकै लोकप्रिय छ । काठमाडौंमा स्थापित एक्स्प्लोर ग्याजेटले सन् २०१२ देखि यूट्युव च्यानल सञ्चालन गरेको थियो । च्यानलले नेपाली दर्शकलाई पछिल्लो प्रविधिको जानकारी दिंदै आएको छ । एक लाख सब्स्क्राइबर पुगेपछि यूट्युवले दिने सिल्भर प्ले बटन अवार्ड पाउने यादव एक मात्र नेपाली भएको फोब्र्सले जनाएको छ । च्यानमा अहिले ३ लाख ६० हजार सब्स्क्राइबर छन् ।
भारतको राजधानी नयाँदिल्लीमा बिहीबार भारतीय राष्ट्रपति प्रणप मुखर्जीबाट पद्मश्री पदक ग्रहण गर्दै माइत नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला । तस्बिर साैजन्यः माइती नेपाल
नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नजीक आइपुगेपछि मलाइ सोध्नुभयो ,नेपाल मजे मे है ? म एकछिन अल्मलिए, किनकी उहाँले मसँग कुरा गर्नुहोला भन्ने मैले सोचेको थिइन । मेरो विचारमा मलाइ भन्दा बढि तपाइलाइ थाहा छ (आइ थिंक यु नो मच बेटर द्यान आइ डु ) भनेर मैले जवाफ फर्काए । त्यसपछि उहाँ ठहाका लगाएर हाँस्नुभयो ,त्यहि बीचमा मैले उहाँको अटोग्राफ लिन भ्याएँ । त्यसपछि नमस्कार गरेर उहाँ अगाडि बढनुभयो ।
विहिबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट पदम श्री अवार्डबाट सम्मानित भएपछि माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले प्रधानमन्त्री मोदीसँगको वार्तालाप सुनाउनुभयो । नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा पदम पुरस्कार २०१७ बाट सम्मानित हुनेहरुलाइ बधाइ दिने क्रममा प्रधानमन्त्री मोदी कोइराला नजीक आइपुग्दा अचानक यस्तो वार्तालाप भएको उहाँले बताउनुभयो ।
नेपाल भारतको सीमामा मानव तस्कर विरुद्धको निरन्तर लडाइ, रेड लाइट एरियाबाट चेलीबेटीको उद्धारमा देखाएको हिम्मत तथा नेपाल भारत सीमानाकामा चेलीबेटी बेचविखन नियन्त्रणकालागि गरेको अथक प्रयासकालागि भारत सरकारले उहाँलाइ पदम श्री अवार्डबाट सम्मान गरेको हो । यो अवार्डबाट सम्मानित हुने कोइराला नेपालको पहिलो व्यक्ति हुन् । सम्मानको घोषणा भारतको गणतन्त्र दिवस (२६ जनबरी २०१७) का दिन गरिएको थियो ।
कोइरालाले नयाँ दिल्ली स्थित नेपाली दूताबासमा अन्नपूर्णसँग कुरा गर्दै भन्नुभयो, यो सम्मानले मलाइ आफनो काम प्रति थप जिम्मेबारी बोध गराएको छ । भारत सरकारपनि यो विषयमा गम्भीर छ । आगामी दिनमा थप सहकार्य गरेर काम गर्छौं । भारतमा माइती नेपालको भगिनी संगठन माइती इण्डिया चेलीबेटी उद्धारमा क्रियाशील छ । सम्मानकालागि भारत सरकारलाइ धन्यवाद दिदैं उहाँले भन्नुभयो, दुइ मुलुकबीचको सीमानाका भएर हुने चेलीबेटी बेचविखन नियन्त्रण गर्न हाम्रो सरकार थप जिम्मेबार हुनुपर्छ ।
सरकारले उमेरै नपुगेका केटीहरुलाइ समेत नागरिकता दिएका कारण अज्ञानतामा उनीहरु बेचिएको थुप्रै उदाहरण छन् । त्यसैले हामीले दिएको सुझावलाइ सरकारले लागु गरिदियो भने मात्रै पनि आधा समस्या समाधान हुन्छ ,चेलीबेटी बेचविखनमा पच्चीस वर्षको अनुभव सुनाउँदै कोइरालाले भन्नुभयो । अहिले भारत सरकारकी महिला तथा बाल विकास केन्द्रिय मन्त्री मेनुका गाँधीले यो विषयलाइ निकै गम्भीरताकासाथ लिनुभएको छ । महिलाहरुकालागि दिल्लीमा संयुक्त अस्थायी संरक्षण गृहका विषयमा पनि कुराकानी भइरहेको छ,उहाँले भन्नुभयो ।
शिक्षामा पहुँच, लैंगिंक विभेदको अन्त्य,बेरोजगारीको समस्याको विकल्प सँगै सीमानाकामा प्रभावकारी चेकजाँच व्यवस्था अनि गरिबीलाइ सम्बोधन गरेमा मात्र यो समस्या समाधान हुने कोइरालाले बताउनुभयो । चेलीबेटी बेचविखनमुक्त नेपाल बनाउने मेरो अभियान छ । जुन दिन माइती नेपाल भन्ने संस्था बन्द हुन्छ त्यो दिन मेरो अभियान सफल हुन्छ । त्यसकालागि निरन्तर लागिरहन्छु ,भारतका राजदूत दीपकुमार उपाध्यायले गरेको विशेष सम्मान ग्रहण पछि कुरा गर्दै ६८ वर्षीय कोइरालाले भन्नुभयो ।
कोइराला सहित भारतका विभिन्न क्षेत्रमा योगदान पुरयाउने सहित अन्य ३७ जनालाइ भारत सरकारले पदम श्री अवार्डबाट सम्मानित गरेको छ । पदम श्री अवार्ड भारतीय नागरिकलाइ सम्मान गरिने चौथो उच्च सम्मान हो । भारत रत्न, पदम विभुषण तथा पदम भुषण पछिको यो अवार्ड भारतीय नागरिक बाहेक भारतकालागि योगदान गर्ने व्यक्तिलाइ समेत दिने प्रचलन रहेको छ ।
बैशाख १ – सपनाको फल सामान्यतया केही दिन, हप्ता वा महिनापछि प्राप्त हुने गर्दछ । राती ३ बजेदेखि सूर्योदय अगाडिसम्मको सपनाको फल केही दिनभित्र प्राप्त हुने गर्दछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्विकृत विसं २०७४ का लागि प्रकाशित सिद्धि–पञ्चाङ्ग नामक पुस्तकमा विभिन्न प्रकारका सपनाको फलबारे जानकारी दिएको छ । जुन यसप्रकार छन्ः
स्वप्न फल
खुल्ला ढोका देखेमा मित्रतामा वृद्धि
ऊँट देखेमा धन प्राप्ति
ओछ्यान लाएको देखेमा दीर्घायु र सुख प्राप्ति
कपास देखेमा अरोग्यता
किला ठोकेको देखेमा बुढो मान्छेबाट लाभ
घर बनाएको देखेमा प्रसिद्धि प्राप्ति
औंठी लगाएको देखेमा धनलाभ र प्रसन्नता
कपाल देखेमा धनलाभ
घोडा देखेमा संकट नाश
कपाल कोरेको देखेमा ऋणबाट मुक्त
बाली उठाएको देखेमा अवैध धन प्राप्ति
घोडा चढेको देखेमा ठूलो पद पाउनु
भर्याङ देखेमा सुख सम्पत्तिमा वृद्धि
ओढ्ने कम्बल देखेमा बदनाम हुनु
रातो फूल देखेमा भाग्योदय
कोइला देखेमा झगडा हुनु
आकाश देखेमा ऐश्वर्य सन्तान लाभ
घाँसको मैदान देखेमा विद्वता बढ्नु
कुवाको पानी देखेमा सन्यासी बन्नु
मरेको मान्छेसँग कुरा गरेमा मनोकांक्षा पुरा हुने
सुपारी खाएमा रोगबाट मुक्ति
पत्र पढेको देखेमा नयाँ समाचार
बजार देखेमा दरिद्र हट्ने
गाइ देखेमा लाभ
सेतो फूल देखेमा दुःख हट्ने
बादल देखेमा चिन्ता
शव देखेमा रोगबाट मुक्ति
नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहानदेखि सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउने काम थालिएको छ । थप पहिरो नखसेमा एक घन्टाभित्रमा सडक सञ्चालनमा आउने उनले बताए ।
यद्यपि तीन दिनयता सो ठाउँमा पहिरो खसिरहेकाले यकिन भन्न नसकिएको उनले बताए । तीन दिनअघि सोही ठाउँमा खसेको पहिरोले बोलेरो जिप पुरिएको भए पनि मानवीय क्षति हुनबाट जोगिएको थियो ।
पहिरो बढी खसेपछि बिहान ९ः१५ बजेबाट सडक अवरुद्ध भएको हो । सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो ।
करिब ३५ मिटर माथिबाट पहिरो खसेको होे । पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ कालीखोला र पाँचकिलोको बीचमा पर्दछ । दैनिक बिहान १० बजेबाट ४ बजेसम्म सडक रोकेर काम हँुदै आएको छ । सडक रोक्नु अघि बाटो कट्न छिरेका ठूलो सङ्ख्यामा सवारीसाधन सडक अवरुद्ध भएपछि जाममा परेको प्रहरीले जनाएको छ । रासस
नुवाकोटः नयाँ वर्ष मनाउन ककनी जाने क्रममा नुवाकोटको ओखरपौवामा दुर्घटनामा परि शुक्रबार एक युवतीको मृत्यु भएको छ । अर्की एक युवती गम्भीर घाइते भएकी छन् ।
सदरमुकाम विदुरदेखि ४८ किलोमिटर पुर्व दुरीमा रहेको ककनी गाउपालिका वडा नं. १ ओखरपौवाको पहिरोमा बा७९प ९०९८ नम्वरको स्कुटर दुर्घटनामा परि नयाँ बर्ष मनाउन ककनी जादै गरेका स्कुटर चालक काठमाडौको तारकेश्वर नगरपालिका वडा नं. ११ जरंखुकी २० वर्षिया रुपा लामाको घटनास्थलमै मृत्यु भएको ककनी प्रहरी चौकीका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिनुभयो ।
सडकवाट १० मिटर तल पहिरोमा खसेर भएको दुर्घटनामा मृतककी साथी काठमाडौ महानगरपालिका नयाँबजारकी २२ वर्षीया सिर्जना श्रेष्ठ गम्भीर घाइते भएकी छिन् ।
उनलाई उद्धार गरि उपचारको लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । साथीहरुसंगै समूहमा नयाँ वर्ष मनाउन ककनी जान लागेका बेला स्कुटर अनियन्त्रित भई दुर्घटना हुन पुगेको स्थानीयबासीले बताएका छन्