
1. सही व्यायाम दौडने अनि एरोबिक्स गर्नेभन्दा पनि साइकल चलाउने, हिँड्ने जस्ता हलुका व्यायाम गर्नु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ। त्यसलगायत तपाईँको मेरदण्डलाई सक्रिय बनाउने व्यायाम जस्तै; योगा गर्दा पनि उचित हुन्छ।
2. तौललाई नियन्त्रणमा राख्नुहोस् “तौल बढ्नु भनेको जोर्नीको लागि एकदमै नराम्रो कुरा हो, किनकी यसले जोर्नीमा बढि दबाब पार्दछ।”, पोषणविद् शोना विल्कन्सन भन्छिन्- “हरेक १ किलो तौल बढ्दा हाम्रो घुँडामा दोब्बर दबाब पर्दछ। त्यसैले थोरै मात्रै तौल घटाउन सक्यो भने पनि जोर्नीमा हलुका भएपनि राहत हुन्छ।”
3. जोर्नीलाई चिल्लो बनाइराख्नुहोस् यदि तपाईँलाई हाडजोर्नी दुख्ने समस्या छ भने हाडजोर्नीलाई चिल्लो बनाइराख्नुपर्छ, सुक्खा हुन दिनुहुँदैन। माछामा पाइने ‘ओमेगा-३ फ्याटि एसिड’ले जोर्नीसम्बन्धी दुखाईलाई कम गर्नुको साथै त्यसलाई बिस्तारै निको पनि गराउँदै लैजान्छ। त्यसलगायत, गाईको घ्यू, माछाको तेलले पनि हाडजोर्नीको दुखाईलाई कम गराउँदछ।
4. एउटा खुट्टाले उभ्भिनुहोस् शरीरलाई सन्तुलनमा राख्ने व्यायामलाई त्यति महत्व दिइँदैन, तर यो अति नै लाभदायी अभ्यास हो। सुरुमा आँखा खोलेरै एउटा खुट्टा उचाल्नुहोस् र बिस्तारै आँखा बन्द गर्नुहोस्, आफ्नो शरीरलाई सन्तुलनमा राख्ने कोशिस गर्नुहोस्। गाह्रो हुन्छ भने भित्ताको सहायता पनि लिन सक्नुहुन्छ। दुईवटै खुट्टालाई २-२ मिनेट जति यसरी दैनिक व्यायाम गर्नाले घुँडा र गोलीगाँठाका मांशपेसीलाई मजबुत बनाई शरीरलाई सन्तुलित राख्न मद्दत पुग्दछ।
5. दूग्धपदार्थबाट बच्नुहोस् यदि तपाईँलाई बाथरोग जस्तै अन्य हाडजोर्नीको समस्या छ भने अत्याधिक दूग्धपदार्थको सेवन गर्नु उचित हुँदैन। किनभने दूग्ध पदार्थमा अत्याधिक मात्रामा क्याल्सियम हुन्छ र शरीरले यति धेरै क्याल्सियमलाई एकैचोटि पचाउन सक्दैन, जसको कारण हाडजोर्नी सुन्निने समस्या आउन सक्छ। बरु त्यसको सट्टा हलुका मात्रामा क्याल्सियम पाइने खानेकुराहरू जस्तै; हरियो सागपात, जहु, गेडागुडी खानु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ। - S

काठमाडौ, २१ असार । महानगरीय अपराध अनुसन्धान महाशाखामा एसएसपी सर्वेन्द्र खनाल आएको एक वर्ष पुगेपछि उनको सरुवाको तयारी भएको छ।
प्रहरी प्रधान कार्यालयले उनको स्थानमा कसलाई पठाउने भन्ने विषयमा कुनै गृहकार्य गर्न थालिसकेको छ । त्यहाँ नेतृत्व गर्न सक्ने क्षमताका कुनै अधिकृत नभएकाले तत्काल उनको सरुवा हुनबाट रोकिए पनि प्रहरी प्रधान कार्यालयलले खनाललाई साउनभन्दा पर त्यहाँ नराख्ने निष्कर्षमा पुगेको छ ।
राम्रो अधिकृतले जान्छु भनेर आए अहिले नै पठाइदिने भन्दै प्रधान कार्यालयले महाशाखामा पठाउनका लागि केही अधिकृतहरूसँग सल्लाह लिएको छ । तर, कसैले पनि म सर्वेन्द्र खनालभन्दा यो मानेमा राम्रो काम गर्छु भनेर प्रस्ताव नगरेको स्रोतले जनाएको छ ।
राम्रा अधिकृतलाई एकै स्थानमा राख्दा उनीहरूको करियमा समेत केही राम्रा र केही नराम्रा पक्षहरू एक साथ देखिने भएकाले राम्रो हुँदाहुँदै सरुवा गरेर उनीहरूलाई सुरक्षित गर्ने प्रहरीको सुरुदेखिको योजनालाई पनि यसपटक एसएसपी खनालको हकमा लागू हुने भएको छ । उनकै ब्याजीमध्ये वा अन्य कसलाई पठाउने भन्ने विषयमा गृहमन्त्री शक्ति बस्नेतले धेरै पटक चासो राखे पनि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केही बताएका छैनन् ।
हाल अमेरिकामा रहेका खनालको यही असारमा एक वर्ष पुगेको छ । उनका ब्याजीमध्ये महाशाखामा कसैले पनि नेतृत्व गर्न सक्दैनन् भन्ने प्रधान कार्यालयको निष्कर्ष रहेको छ । उत्तम कार्की परिसर बसेका हुनाले उनको सम्भावना नरहेको, श्याम खत्री एयरपोर्टमा रहेकाले उनलाई पनि परिसरमा पठाउन नसकिने तथा मिलन बस्नेत ट्राफिकमा रहेकाले महाशाखामा उनलाई पठाउन नहुने तर्कअघि सारिएको छ ।
त्यस्तै लागुऔषधमा रहेका गणेश केसी जमीम शाहको हत्या हुँदा काठमाडौं परिसरबाट तानिएका कारण उनलाई पनि दिन नहुने तर्कअघि सारिएको छ । रणबहादुर बम हत्या काण्डको समय ललितपुरको कमाण्ड सम्हालेका राजेन्द्रमान श्रेष्ठ दुइ वर्ष नयाँ दिल्लीस्थित दूतावासमा सुरक्षा सहचारी भएर काठमाडौ आएपछि उनी अहिले महाशाखा प्रमुख हुन दौडधुप गरिरहेका छन् ।
प्रधान कार्यालयले खासै रुचि नदेखाए पनि कांग्रेसजनहरूले भने उनलाई त्यहाँ लैजान निकै दबाब दिएका छन् भने उनी आफै पनि भावी आइजिपीको दाबेदार रहेकाले खनाल र अर्का चर्चित प्रहरी अफिसर्स रमेश खरेललाई टक्कर दिन आफू त्यहाँ जानुपर्ने निष्कर्षमा पुगेका छन् ।
उनको दावीलाई धेरैले कांग्रेस सरकारमा रहे उनी आइजिपी हुने संकेतसमेत गरेका छन् । तर, मर्यादाक्रम खरेल र खनाल प्रतिस्पर्धी रहेकाले उनी आइजिपी हुन सक्ने सम्भावना निकै कम छ । माओवादीको फेर समातेर सुवास चौधरी पनि महाशाखाको दाबी गरिरहेका छन् भने छविलाल जोशी पनि पछिल्लो समय एकपटक काठमाडौं परिसरको नेतृत्व गर्ने अवसरको खोजीमा छन् ।
राजेन्द्र श्रेष्ठको भने अवकाशको समय नजिकिएकाले उनलाई प्रहरी प्रधान कार्यालयले भदौमा बिदाइ गर्ने तयारी गरेको छ । उनको भदौ ५ गते अवकाश हुँदै छ । पुष्पचन्द्र रञ्जित र बलराम शर्मा पौडेलले पनि मुख मिठाइयाए पनि उनीहरूको सम्भावना नहरेको प्रधान कार्यालय स्रोतले जनाएको छ । काठमाडौं परिसरका प्रमुख विक्रमसिंह थापा भने आगामी मंसिरसम्म काठमाडौं परिसरमै रहने भएका छन् । उनको ३० वर्षे सेवा हदका कारण आउँदो मंसिरमा जागिरबाटै बिदा हुँदै छन् । त्यही कारण उनको स्थानमा भने अहिले कसैलाई पनि त्यहाँ पठाउने सोच नभएको प्रधान कार्यालयले जनाएको छ । जनप्रहार साप्ताहिकमा समाचार छ ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार ढाल्न खोज्नेलाई पाप लाग्ने बताएका छन्।
मंगलबार राजधानीमा आयोजित नेपाल परिवार दलको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार बजारमा आएको छाडिगए पाप लाग्ला भन्ने गीत जस्तै ढालिगए पाप लाग्छ।'
ओलीले वर्तमान सरकार इतिहासकै राम्रो र लोकप्रिय भएको समेत दाबी गरे। ‘अहिलेको सरकार इतिहासकै राम्रो र जनप्रिय छ,' उनले भने, ‘यो सरकार ढाल्न खोज्ने आउने चुनावमा नराम्ररी पराजित हुन्छन्।'
ओलीले ५१ वर्षको राजनीतिक जीवनमा अहिले जत्तिको लोकप्रिय सरकार कहिल्यै नदेखेको समेत बताए। ‘छेउ छाउमा रहनेलाई यो सरकार ढलेपनि हुन्थ्यो भन्ने लागेको होला तर मैले यसरी जनताले मनपराएको र लोकप्रिय सरकार ५१ बर्षको राजनीतिक जीवनमा देखेको र भोगेको थिइन,' ओलीले भने।
एमाले अध्यक्ष समेत रहेका ओलीले अहिले सरकार ढाल्ने र बनाउने खेलले अस्थिरता ल्याउने भएकोले जनता त्यस्तो पक्षमा नरहेको दाबी गरे।
प्रधानमन्त्री ओलीले सरकार ढल्ने हल्ल साँचो नभएको भन्दै त्यस्ताको पछि नलाग्न समेत आग्रह गरे। यो सरकार जनताको भएको र जनताबाट निर्वाचित भएकाले कसैले कुरा काट्दैमा नढल्ने समेत उनले बताए।
ओलीले संसदको बहुमतले यो सरकार बनाएकोले यसलाई बिस्तार गर्न र अरुलाई सहभागि गराउन आफू लागेको बताए। उनले २०७४ साल माघ अगाडिसम्म निर्वाचन गरेर संक्रमणकाल टुंग्याउनु पर्ने भएकाले अलमलमा नपर्न आग्रह गरे।
उनले अहिले देशमा असाधारण एकता प्रदर्शन भएकोले यसलाई कसैले पनि हल्लाउन नसक्ने दाबी गरे।


पैसाको अभावमा अप्रेसन गर्न नसकेर वीर अस्पतालमा बसिरहेका सिन्धुपाल्चोकका राज आचार्यलाई अमेरिका र युएई बस्ने मनाकारीले आर्थिक सहयोग गरेका छन्।
अमेरिकाको ओहियोस्थित महर्षि विश्वविद्यालयका विद्यार्थी र मेरिल्याण्ड कोलम्बियाका केही व्यक्तिले जुटाएको ७५० डलर राजले प्राप्त गरेका छन्।
सेतोपाटीमा छापिएको अस्पतालको चिसो भुइँमा खेल्दाखेल्दै छोरी हुर्किसकिन् भन्ने शीर्षकको समाचार पढेपछि सहयोग जुटाएको अमेरिकाबाट पैसा पठाउने मन्जु थापाले बताइन्।
महर्षि विश्वविद्यालयमा अध्ययन गर्ने अविनाश बास्तोला, अजय रिजाल, अमुल सापकोटा, अनिश पन्थि, अर्जुन पाण्डे, अशोक काफ्ले, बिदुर बिक, विकल भट्टराई, बिक्रम प्रधान, विमल आचार्य, विनय देशार, बिनोद बस्ताकोटी, बिष्णु कार्की, चेतन प्रजापति, क्रिष्टिना कार्की, दीप रिजाल, धर्म पौडेल, ध्रुब अधिकारी, दिपिका रौनीयार, दीर्घायु श्रेस्ठ, गणेश भट्टराई, गोविन्द भण्डारी, हेम आचार्य, जगेन्द्र खड्का, कौशल निरौला, केशव बस्याल, किरण डंगोल, कृष्ण भट्टराई, कुन्दन पराजुली, मनोज गौतम, निराज लम्साल, निशान तिमिल्सिना, नितेश पाण्डे, प्रविण दाहाल, प्रदीप अधिकारी, प्रदीप श्रेष्ठ, प्रकाश तामाङ, रचना कोइराला, राज महतो, रामकृष्ण चौलागाईं, रवी खड्का, रोशन कार्की, रुपक नेपाली, सविना थापा, सञ्जीव महर्जन, सन्तोष थापा, सिमष पोखरेल, सुनिल गुरूङ, सुनिता खनाल, सुरज ब्यान्जु, ताज बिष्ट, तेज श्रेष्ठ र उत्सव पोखरेले ५ सय ८५ डलर सहयोग गरेका थिए।
साथै मेरिल्याण्ड, कोलोम्बियामा बस्दै आएकी मन्जु थापा, सरिता क्षेत्री, निर्मला आर्चाय, प्रेम ठकुरी, निरन्जन थापा, सम्झना ढकाल, समिता ढकाल र लिना ढकालले पनि आर्थिक सहयोग गरेका थिए।
सबैले सहयोग रकम जोडेर ७ सय ५० डलर थापाले राजलाई पठाएकी थिइन्।
युएई बस्ने बुटवलका मानबहादुर श्रीसले पनि राजलाई ४० हजार रुपैँया सहयोग पठाएका छन्।
उनीहरुमात्रै हैन अरू धेरैले देशविदेशबाट आफूलाई सहयोग गरेको राजले बताए। अहिले उनको फोक्सोको अप्रेसन भैसकेको छ।
‘उहाँहरुले गरेको सहयोगकै कारण मेरो उपचार संभव भयो म त भाग्यमानी रहेछु,’ राजले भने, ‘मलाई सहयोग गर्नेहरु सबैलाई सधैँ भलो होस्।’
अहिले उनको स्वास्थ्य अवस्था सुधार हुँदै आइरहेको छ।
२१ असार, काठमाडौं । यो कुनै ग्रामीण सडकको दृश्य होइन । राजधानीमै मन्त्री चढेको गाडी हिलो र फोहोरमा फसेर चल्न नसकेको यो दृश्य हेर्दा सामान्य लागे पनि सामान्य परिघटना होइन ।
आपूर्तिमन्त्री गणेशमान पुनले मंगलबार कालीमाटी तरकारी एवं फलफूल बजार निरीक्षण गर्न जाँदा ‘झण्डावाल’ गाडी फसेपछि ‘डण्डावाल’ प्रहरीको गाडीमा लिफ्ट माग्नुपर्यो ।
तरकारी बजार आसपासको सडक कस्तो थियो भन्ने तस्वीरबाटै स्पष्ट हुन्छ । मन्त्री चढेको गाडी हिलोमा फसेपछि उनी फोहोरको थुप्रो छेउमा निस्किए । छेउछाउमा कुहिएका फलफूहरुहरुको दुर्गन्ध थियो ।
मन्त्रीका चिल्ला जुत्तासमेत ग्याज-ग्याज गर्ने हिलोमा आधाउधि डुबे । अन्ततः कुहिएका आँप टेक्दै मन्त्री प्रहरीको गाडीतर्फ लम्किए र सेनाको सहारामा प्रहरीको गाडीभित्र चढे ।
हिलो र फोहोर टेक्दै मन्त्रीले यसरी जनताको सरोकारको विषयमा अनुगमन गर्नु सकारात्मक कार्य नै हो । तर, मन्त्री र सरकारी उच्च आहोदामा बस्नेहरुले काटो हिँड्दा यस्तो सास्ती भोग्नुपरेको घटना भने दुर्लभ मानिन थालेको छ । मन्त्रीले एक दिन पाएको यस्तो सास्ती सर्वसाधारण नागरिकले दिनहुँ भोग्दै आइरहेका छन् ।
एक दिन गन्हाउने हिलोमा डुबेका मन्त्री पुनले राजधानीमै देखिएको सडकको यस्तो दुरावस्था हटाउन सरकारी तवरबाटै पहल पनि गर्ने हो पो कि ?
राजधानीको सडक निर्माणमा सरकारी अधिकारीहरु र ठेकेदारले अनियमितता र लापरवाही नगरेको भए मन्त्रीकै गाडी हिलोमा फस्नुपर्ने अवस्था आउने थिएन कि मन्त्रीज्यू ?

विराटनगरः युवा संघका कोसी अञ्चल कमिटी सदस्य एवम् युवा परिचालन विभाग प्रमुख हरि बस्नेतमाथि सोमबारराति विराटनगरमा खुकुरी र रड प्रहार भएको छ ।
विराटनगर १५ घर भएका बस्नेतमाथि होटेलबाट खाजा खाएर गाडीमा घर जान लाग्दा विराटनगरको जनआन्दोलन चोकमा गुण्डागर्दीमा संलग्न समूहले राति ९ बजे खुकुरी हानेको युवा संघले जनाएको छ ।
बस्नेतको दुबै हात र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । नेकपा एमाले विराटनगर १५ का सदस्य समेत रहेका उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
अस्पतालले बस्नेतको अवस्था खतरामुक्त रहेको जनाएको छ । संघका कोसी अञ्चल अध्यक्ष रोहित कोइरालाले बस्नेतमाथि सांघातिक आक्रमण भएको जनाए ।
कोइरालाद्वारा जारी विज्ञप्तिमा अपराधिक पृष्ठभूमि भएकाले आक्रमण गरेको जनाइएको छ । विज्ञप्तिमा योजनाबद्ध रुपमा लुकेर बसेका समूहले नियोजित रुपमा आक्रमण गरेको जनाइएको छ ।
संघले दोषीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न माग पनि गरेको छ । युथ फोर्स मोरङ प्रमुख पर्वतराज निरौलाले पनि विज्ञप्ति जारी गरेर घटनाको भत्सर्ना गरेका छन् । उनले विज्ञप्ति मार्फत् दोषीलाई तत्काल कारवाही नभए युथ फोर्सले दोषीमाथि कारवाही अघि बढाउने चेतावनी समेत दिए।
गुण्डागर्दी पृष्ठभूमि भएका विराटनगरका एलिश गुरुङको नेत्रृत्वमा रहेका सुनसरीको दुहवीका सुमन भट्टराई र विराटनगर १५ का रेगन कँडेल लगायत आठ÷दश जनाको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापाका अनुसार घटनामा संलग्न कँडेललाई मंगलबार पक्राउ गरिएको छ । घटनामा संलग्न तीन जना बाहेक अन्यको नाम नखुलेको र फरार रहेकाहरुको खोजी तीव्र बनाइएको जानकारी थापाले दिए ।



अछामः जिल्लाको साफेबगर नगरपालिका–१० रिडीकोट कुमाल गाउँका एक ११ वर्षीय बालकलाई चितुवाले लगेको छ ।
सोमबार उज्यालो भएपछि आमाबाबुले घर बाहिर निकालेर झुलामा राखेको अवस्थामा आएको चितुवाले ११ महिनाका आरज कुमाललाई नजिकैको जंगलबाट आएको चितुवाले लगेको हो ।
घरभित्र गर्मी भएपछि शित्तल हुने भन्दै अभिभावकले झुलामा हालेर दलानमा राखेका बेला आएको चितुवाले नाबालकलाई लगेपछि आमाबाबु शोकमा डुबेका छन् ।
बिहानै चितुवाले नाबालकलाई लगेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले खोजी गर्दा पनि नाबालक कतै भेटिएका छैनन् ।
केही समयअघिसम्म मकै बारीमा कराइरहेको चितुवाले घरैमा आएर छोरालाई लगेको बाबु भुपेन्द्र कुमालले बताए ।

काठमाडौं, २० असार । राजधानीका विभिन्न क्षेत्रमा हप्ते असुली तथा गुण्डागर्दी गर्दै आएका चर्चित ‘डन’ दीपक मनाङ्गे (राजिव गुरुङ) यसपाली भने फुत्कन नपाउने देखिएको छ । विभिन्न राजनीतिक दलहरुबाट संरक्षित डनहरु एकपछि अर्को गरी प्रहरी इन्काउन्टरमा मारिए पनि चर्चित ‘डन’ मनाङ्गे भने सुरक्षित थिए ।
राजधानीमा गुण्डानाइकेहरुलाई तह लगाउने भन्दै प्रहरीले अपरेशन चलाएपछि डनहरुको भागाभाग भयो । डनहरु भागाभाग हुँदा पनि मनाङ्गे भने ठमेलमै अड्डा जमाएर बसेका थिए ।
डिस्को चलाएर रात्रीकालिन मनोरञ्जक व्यापारमा प्रवेश गरेका मनाङ्गे सोही पेशाबाट गुण्डागर्दीतिर लागे । आफ्नो ‘ग्याङ’ तयार गरेर राजधानीका टोलटोलमा ठेक्कापट्टा कब्जा गर्ने, हप्ते असुल्ने तथा टोलटोलमा आतंकित पार्ने काम गर्ने मनाङ्गे राप्रपाको शक्ति कम देखिएपछि कांग्रेसतिर लागेका थिए ।
पछिल्लो समय जनजातिको लहर चलेका बेला उनी पनि जनजाति पार्टीतिरै लागे । गुण्डानाइकेहरु जस्तै राजनीतिक दलहरु पनि चन्दा असुली गरेरै पार्टी चलाउने भएकाले पनि गुण्डानाइकेहरुलाई साथ लिने गरेका छन् । कांग्रेस छाडेर आएपछि संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीमा मनाङ्गे केन्द्रीय उपाध्यक्ष नै बने ।
गुण्डानाइके साथमा भएपछि बेलाबेलामा राजनीतिक दलहरुलाई काम लाग्ने अनि राजनीतिक दलको साथ पाएपछि गुण्डानाइकेहरुले बेलाबेलामा राज्यबाट छुट पाउने भएपछि दुवै नजोडिने कुरै भएन । सबैजसो राजनीतिक दलहरुले कुनै कुनै डनहरुलाई बोकेरै हिँडेका छन् भने केही नेता नै बनाइएका छन् । यसले दलहरुको साख गिरे पनि मतलब भने राख्दैनन् ।
‘डन’हरु मध्यकै सबैभन्दा चर्चित मनाङ्गे शुक्रबार प्रहरीको कब्जामा परे । उनलाई यसअघि पनि प्रहरीले नसमातेको होइन । तर तिनै विभिन्न शक्तिकेन्द्रहरुको बलमा छुट्दै आएका थिए । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीकै संरक्षणमा रहेका चरीजस्ता डनहरु प्रहरी इन्काउन्टरमा मारिएपछि डनहरुलाई संरक्षण गर्न शक्ति केन्द्रहरुलाई समस्या परेको छ ।
व्यापारीलाई धम्क्याएर रकम असुलेको आरोपमा पक्राउ परेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा संगठित अपराधको अभियोगमा अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्ने अनुमति मागेको थियो । अदालतले प्रहरी परिसरलाई पहिलो चरणको अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।
मनाङेलाई तीन जना भन्दा बढी मिलेर सांगठिक अपराध गर्दै आएको दाबी गर्दै प्रहरीले संगठित अपराध गरेको अभियोग लगाएको छ । यहि अभियोग प्रमाणित गरी उनलाई जेल हाल्ने प्रहरीको तयारी छ । मनाङ्गे आफ्ना सहयोगी राजनकुमार सिंहका साथमा पक्राउ परेका हुन् भने अन्य तीन जना फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अदालतले संगठित अपराध पुष्टी गरेमा मनाङ्गे १० वर्ष जेलमा कोचिनेछन् । शुक्रबार प्रहरी सामु आत्मसमर्पण नगरेका भए मनाङ्गे पनि चरी र कुमार घैंटेजस्तै इन्काउटरमा मारिने सम्भावना रहेको स्रोतको दाबी छ ।

असार २०, २०७३- अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ । पारस खड्काको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा बिक्रम शोबले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
यस्तै सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् । आन्तरिक विवादमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि राष्ट्रिय टोलीले पहिलो पटक अन्तराष्ट्रिय स्तरमा सहभागीता जनाउन लागेको हो ।
आईसीसीका बेन्केटापथी राजु, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको तीन सदस्यीय टोलीले १५ सदस्यीय टोलीको छनौट गरेको हो । क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले नेपाली टिम हेरिरहेको छ ।
घोषित टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी छन् । यस्तै करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर पनि छन् ।
नेपाली टोलीले आगामी साउन चार गते बेलायतमा मेरिलोन क्रिकेट क्लब एमसीसीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले अन्य स्थानीय टोलीसँग समेत मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेछ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीमा रहेको नेपाली क्रिकेट टोली आगामी २७ गते बेलायत जाने छ ।


काठमाडौँ, २० असार । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगलाई यतिखेर ‘असार पन्ध्र’ जतिकै चटारो छ ।
केपी ओली नेतृत्वको वर्तमान सरकार आगामी मङ्सिर महिनामै स्थानीय तहको निर्वाचन गराउन अग्रसर भएकाले सो आयोगलाई पनि तोकिएको समयसीमाभन्दा अगावै काम सम्पन्न गर्नुपर्ने बाध्यता बढेको हो । यसबाट प्रम ओलीले घोषणा गरेको स्थानीय निर्वाचन मंसिरमै सम्पन्न हुने देखिएको छ ।
गत चैतमा गठन भएको आयोगको कार्यकाल एक वर्ष अर्थात् आगामी फागुनसम्म रहने संवैधानिक व्यवस्था छ । दलहरुबीच राजनीतिक सहमति भए आयोगको काममा तीव्रता दिन सकिन्छ तर राजनीतिक दलबीचको असमझदारी, देशको भौगोलिक स्वरुप, विविध भाषा, जात र क्षेत्र बीचको विविधतालाई एकसूत्रमा बाँधेर सीमा निर्धारण गर्नु आयोगका लागि चुनौती बनेको छ ।
केपी ओली नेतृत्वको वर्तमान सरकार आगामी मङ्सिर महिनामै स्थानीय तहको निर्वाचन गराउन अग्रसर भएकाले सो आयोगलाई पनि तोकिएको समयसीमाभन्दा अगावै काम सम्पन्न गर्नुपर्ने बाध्यता बढेको हो । यसबाट प्रम ओलीले घोषणा गरेको स्थानीय निर्वाचन मंसिरमै सम्पन्न हुने देखिएको छ ।
आयोगका अध्यक्ष बालानन्द पौडेल भन्नुहुन्छ, “निर्धारित समयमन्दा अगावै प्रतिवेदन बुझाउन वर्गीकरण गरिएका काममध्ये केही कामलाई प्राथमिकता दिन कार्यतालिकामै हेरफेर गर्नुपर्ने भएको छ ।”
आयोगले स्थान अभावका कारण तीन महिनासम्म सुकुम्वासी झैं यता–उता भौँतारिँदै बल्ल असारमा आएर बिजुलीबजारस्थित बुटवल पावर कम्पनीको तल्लो तलालाई कार्यस्थल बनाएर काम गर्न थालेको आयोगका सदस्य डा श्यामकृष्ण भुर्तेल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – “अन्य कतिपय मुलुकमा यस्ता आयोगले तीनदेखि पाँच वर्षसम्म लगाएर सिमाना निर्धारण गरेको उदाहरण छ तर हामीलाई कुनै औपचारिक पत्र नआए पनि छिटो गर्नुपर्ने दबाबमा छौँ । अझै हामीलाई थप कर्मचारीको आवश्यकता छ । विशेषज्ञहरुको नियुक्ति गर्नुपरेको छ ।
त्यस्तै, स्थानीय विकास अधिकारीको सरुवा पनि आयोगका लागि टाउको दुखाइ भएको छ । आयोगको कामलाई सहज तुल्याउन प्रत्येक जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा ‘स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति’ गठन गर्नुपर्ने हुन्छ, तर आर्थिक वर्षपछि जिल्लाको वस्तुस्थिति बुझेका ती अधिकारीको फेरबदलले आयोगको काममा असर पुग्ने सदस्य डा भुर्तेलको भनाइ छ ।
सिमाना निर्धारणका लागि सहज बनाउन अहिलेसम्म तीन हजार १५७ गाविस र २१० नगरपालिकाको, जनसङ्ख्या, भौगोलिक स्थिति, नदी, यातायात सञ्जाल, जमिनको उपयोगको स्थितिबारे ‘क्लस्टर’ तयार पारिसकिएको छ भने जनसङ्ख्या, जाति, भाषा र आर्थिक आय–व्ययको हिसाबले नगर र गाउँका वडाको नक्साङ्कन गर्न बाँकी रहेको छ ।
आयोगलाई जनसङ्ख्या, जनघनत्व, घरबाट सेवा केन्द्रमा पुगेर पुनः घर फर्किन लाग्ने अधिकतम समय, राजस्वका आन्तरिक स्रोत, जातीय, भाषिक, सांस्कृतिक सघनता र भौगोलिक सुगमताका आधारमा स्थानीय तहको सिमाना निर्धारण गर्ने अधिकार छ ।
सरोकारवाला समूहसँगको छलफल प्रक्रियामा सिमाना निर्धारण गर्दा प्रत्येक वर्ग, समूह र क्षेत्रले अपनत्व कायम गर्न सक्ने गरी राजनीतिक सहमति गराउनुपर्नेे, हतार गर्न नहुने, सांसदलाई समेत यो कार्यमा सहभागी गराउनुपर्ने जस्ता सुझाव आएको सदस्य डा पौडेल बताउनुहुन्छ । रासस

के हो नमिलेको कुरा
सत्तासाझेदार माओवादी यतिबेला प्रधानमन्त्रीसँग निकै रुष्ट छ । ऊ जतिसक्दो चाँडो ओली सरकार परिवर्तन गर्न चाहन्छ । त्यसैगरी कांग्रेस पनि ओली सरकार ढालेर नयाँ सरकार गठन गर्ने पक्षमा एकमत छ । सरकार ढाल्ने विषयमा दुवै दल एकमत भएता पनि नयाँ सरकार गठनको विषयमा भने यी दुई दलबीच बुरा मिल्न सकेको छैन । माओवादी कांग्रेस, एमाले, मधेसी दल लगायतका पार्टीलाई समेटेर राष्ट्रिय सहमतिको सरकारको गठन गर्नुपर्ने पक्षमा छ भने कांग्रेस बहुमतीय सरकारको पक्षमा । कांग्रेस, माओवादी र मधेसी दल मिलेमा बहुमत पुग्ने निश्चित छ । कांग्रेसका केही नेताले सार्वजनिक रुपमै सरकारमा प्रतिपक्ष हुनु आवश्य रहेको समेत बताइसकेका छन् । यस्तोमा माओवादीका नेता भने सहमतीय सरकारको भाषण ठाक्दै हिँड्ने गरेका छन् । माओवादी ओलीले राजीनामा दिएर पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने बाटो बनेसो भन्ने चाहन्छ । तर, तत्काल ओलीले आफै सरकार छाड्ने कुनै संकेत नभएकाले माओवादीको राष्टिय सहमतीय सरकारको नारा कांग्रेसलाई चित्त बुझेको छैन । नेता कृष्णप्रसाद सिटौलाका अनुसार कांग्रेस माओवादीको निर्णय कुरेर बसेको छ । माओवादीले सरकार परिवर्तन गर्ने ठोस बाटो पहिल्याएर अघि बढेमा कांग्रसले साथ दिने तर कांग्रेस आफै अघि नसर्ने उनको भनाइ छ । यसभन्दा पहिले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रचण्डले झुक्याएको र अन्तिम समयमा ओलीसँग सहमति गरेको जिषयले चर्चा पाइरहेको बेला कांग्रेस अर्को पटक रिस्क लिन चाहन्न । त्यसैले ऊ माओवादीले सरकारको समर्थन फिर्ता ल्याओस् भन्ने पक्षमा ऊ छ । त्यसो त माओवादी पनि एमाले भित्रकै माधवकुमार नेपाल, भ,लनाथ खना, बामदेव गौतम लगायतका नेताको दबाबमा ओलीले राजीनामा देलान् र आनो नेतृत्वमा राष्टिय सरकार गठन गर्ने बाटो खुल्ला भन्ने बाटो हेरेर बसेको छ । तर, त्यो त्यति सजिलो भने छैन । ओलीले राजीनामा दिएको खण्डमा राष्टिय सहमतीय सरकारको नेतृत्वका लागि तीनै ठूला पार्टीले आ–आफ्नो नेतृत्व हुनुपर्ने अडान राख्ने पक्का छ । यस्तोमा अन्तिममा बहुमतीय प्रक्रियाबाटै सरकार गठन हुने देखिन्छ । यस्तोमा एमालेले माओवादीको नेतृत्व स्वीकारेमा माओवादी एमालेसागै मिलेर सरकार गठन गर्नेछ र पुनः यही सरकारले निरन्तरता पाउने सम्भावना बलियो छ । जसलाई कांग्रेसले राम्रोसँग बुझेको छ । ऊ जसरी हुन्छ माओवादीलाई आफूतिर तानेर ओली सरकार ढाल्न चाहन्छ । तर, माओवादी भने राष्ट्रिय सरकारको कुरा झिकेर एमालेले माओवादीको नेतृत्व स्वीकारोस् र यही गठबन्धनले निरन्तरता पाओस् भन्ने भित्रि चाहना राखेको हुनसक्ने राजनीतिक बृत्तमा टिका टिप्पणी हुने गरेको छ । जसको डर कांग्रेसलाई छ । त्यसैले माओवादी राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भन्दै हिँडेको छ भने कांग्रेस बहुमतीय सरकार भन्दै ।


राजविराज, १९ असार । लागुऔषधसहित ६ युवालाई सप्तरीको सप्तकोसी नगरपालिकास्थित रक्तमाला सामुदायिक वनबाट प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर नगरपालिका–४ का ३६ वर्षीय आशिष मगर, सोही नगरपालिका बस्ने १८ वर्षीय अभिषेक पौडेल, १९ वर्षीय विक्रम राई, कास्की जिल्लाकी २२ वर्षीया इशा केसी र १८ वर्षीया बहिनी उपासना केसी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
तीन जनालाई सामुदायिक वनभित्र गस्तीमा रहेको प्रहरीको टोलीले लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो भने बाँकी तीन जनालाई सप्तकोसी–१ का हेमन्त राईका घरमा लुकाइएको लागुऔषधसहित पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।
राईलाई समेत पक्राउ गरिएको छ । अभियुक्तलाई अवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ । रासस

सरकारको पक्षमा : २५३ एमाले १८२, राप्रपा नेपाल २५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १४, राप्रपाः १२, नेकपा माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २, नेपाल परिवार दल २, मधेस समता पार्टी १, नेपाः राष्ट्रिय पार्टी १, बहुजन शक्ति पार्टी १ र अखण्ड नेपाल पार्टी १ ।
सरकारको विपक्षमा : ३४१ कांग्रेस २०७, एमाओवादी ८२, संघीय समाजवादी फोरम नेपाल १५, तमलोपा ११, सद्भावना पार्टी ५, तराई मधेस सद्भावना पार्टी ३, राष्ट्रिय मधेस समाजवादी पार्टी ३, नेकपा संयुक्त ३, थरुहट तराई पार्टी २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १, खम्बुवान राष्ट्रिय पार्टी १, नेपाली जनता दल १ , फोरम गणतान्त्रिक १, संघीय सद्भावना पार्टी १, जनजागरण पार्टी १, नेपाल सद्भावना पार्टी १, दलित जनजाति पार्टी १, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) १ र स्वतन्त्र १ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं,१९ असार । काठमाडौंमा सोमबारबाट सुरु हुने प्रबुद्ध समूहको बैठकमा सन् १९५० लगायतका कुनै पनि दुई पक्षीय सन्धी सम्झौताहरु पुनरावलोकन तथा संशोधनका लागि नेपालले ल्याउने प्रस्तावमा छलफल गर्न तयार एवं खुला रहेको भारतीय पक्षले बताएको छ ।यद्यपी सन्धी सम्झौता सम्बोधनका सम्बन्धमा भने कुनैपनि प्रस्ताव आफ्नो तर्फबाट पेश नगर्ने संकेत भारतीय पक्षले दिएको छ ।
उनीहरुको भनाइ सन् १९५० लगायतका सन्धी(सम्झौता संशोधन मुद्धा नेपालले विगत दुई दशकमा निरन्तर रुपमा उठाइरहेको हुनाले ठोस प्रस्ताव ल्याउने जिम्मा नेपाली पक्षको हो । भारतको बुझाइ सन् १९५० को सन्धीबाट भारतले भन्दा नेपालले नै बढी फाइदा लिइरहेकोु ले संशोधन गर्न आवश्यक छैन भन्ने छ ।
नेपालले सन् १९५० को सन्धी संशोधन गर्न लागेको छ यसमा भारतीय पक्षको के तयारी छ भन्ने सम्बन्धमा सोधिएको प्रश्नमा भारतीय प्रबुद्ध समूहका सदस्य तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीले भने, नेपालले ल्याउने कुनै पनि प्रस्तावमा छलफल गर्न हामी तयार छौं । कोसियारीले राजनितिक सम्बन्ध, उर्जा, व्यापार लगायतका विषयमा समेत छलफल हुने जानकारी दिए । एपिजीका अर्का सदस्य महेन्द्र पि लामाले पनि नेपालले उठाउने कतिपय विषयमा बृहत छलफल गर्नका लागि आफूहरु तयार गरेको बताए ।
हामी दुईपक्षीय सम्बन्धलाई दरिलो बनाउने पक्षमा छलफल गर्दछौं, कोसियारीले भने । सोमबार र मंगलबारको बैठक पहिलो भएकाले धेरै विषयमा छलफल नभएपनि नेपालले सन्धी(सम्झौता संशोधनको लागि तयारी गरिरहेको छ ।अब भारतीय पक्षले त के प्रस्ताव तयार पार्लान्, कुन कुन सन्धी सम्झौता संशोधन गर्ने हो त्यो तयार पार्ने काम हाम्रो नै हो, इपिजीका एक नेपाली सदस्यले भने । नेपाल जानु अगाडी भारतीय प्रवुद्ध समूहको बैठक दिल्लीमा भएको थियो जहाँ नेपालको कुरा बढी सुन्ने आफूहरुले धेरै कुरा नराख्ने सहमति भएको थियो ।
विशेषगरी सन् १९९३ मा मनमोहन अधिकारीले भारत भ्रमणको समयमा सन् १९५० को सन्धी संशोधनकोबारेमा कुरा उठाएदेखि नै यो विषय चर्चामा रहेको छ । प्रत्येक पटक हुने दुईपक्षीय भ्रमणपछि जारी हुने प्रेस विज्ञप्तिमा यसलाई समावेश गर्ने गरिन्छ ।सन् २००२ देखि नै भारतले लगातर एउटै अडान लिएको छ कि यदि सन् १९५० को सन्धीबारेमा नेपालका केही समस्याहरु छन् भने के गर्ने भनेर वैकल्पिक प्रस्ताव ल्याउनुपर्छ जसमा छलफल गर्न भारत तयार हुन्छ,इन्सिच्चुट अफ डिफेन्स स्टडिज एण्ड एनालाइसिस (आइडिएसए) का एसोसिएट फेलो तथा नेपाल मामिलाका जानकार निहार आर नायकले भने ।
उनले सन् १९५० लगायतका सन्धी(सम्झौतहरु संशोधनको विषय भारतको प्राथमिकता भन्दा पनि नेपालको नै भएकाले यस सम्बन्धमा प्रस्ताव तयार पार्ने र भारतलाई दिने जिम्मेवारी भारतको नै भएको बताए । दश वर्ष जनयुद्धको समयमा माओवादीले सन् १९५० को सन्धीलाई खारेज गर्नुपर्ने विषय उठाएको थियो । सन्धी संशोधनका सम्बन्धमा सन् १९९८ मा परराष्ट्रमन्त्रीको रुपमा भारत भ्रमण आउँदा कमल थापाले भारतीय पक्षलाई सन् १९५० को सन्धी संशोधनका सम्बन्धमा एक ननपेपर दिएका थिए ।
सो ननपेपरलाई अहिलेसम्म सार्वजनिक नगरिएपनि थापाले नेपालले भारतसँग सुरक्षा र आर्थिक सम्बन्धबारे फरक फरक सन्धी गर्न चाहेको भारतीय पक्षलाई बताएका थिए । फरक सन्धी भएमा मात्र नेपालका वास्तविक समस्याहरु हल हुने उनले बताएका थिए । संयोगले यतिबेला थापा नै परराष्ट्रमन्त्री रहेका छन् र दुईपक्षीय सम्बन्ध पुनरावलोकनको लागि समितिहरु बनेका छन् ।
त्यस अगाडि सन् १९९४ मा भारत भ्रमणको समयमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन्धीहरु संशोधनको विषय उठाएका थिए । सन् १९९५ मा दुई देशका परराष्ट्र सचिवहरुको बिचमा सन्धी संशोधनको बारेमा केही कुरा भएपनि त्यो अगाडि बढ्न सकेन । भारतले कि सन्धी खारेज हुनुपर्ने तथा यथावत हुनुपर्ने तर संशोधन गर्न नसकिने बताएपछि त्यसबेला यो विषय अगाडि बढ्न सकेको थिएन । इपिजी समूहका नेपालका एक सदस्य संविधान लेखन तथा नेपालमा राजनितिक क्रान्ति सकिएको सन्दर्भमा नेपाल सन् १९५० को सन्धीको बाहिर आएर पूर्ण रुपमा सार्वभौम हुन चाहेको बताए ।
गत फेब्रुअरीमा दि काठमाडौ पोष्टलाई दिएको अन्तवार्तामा एपिजी समूहका सदस्य भेषबहादुर थापाले सन् १९५० को सन्धीलाई भारतले सधै आफ्नो नेपालमा पुरा गर्न रुपमा लिएको र नेपालले पहिलादेखि नै त्यसमा असन्तुष्टी व्यक्त गरेको बताएका थिए । भारतको प्रयास नेपाललाई सन् १९५० भित्रको सन्धीमा नै राख्ने छ तर नेपाल त्यसबाट बाहिर आउन चाहान्छ, थापाले अन्तवार्तामा भनेका थिए । यस अगाडि सन् १९५० र सन् १९६५ मा दुईपटक यो सन्धीको संशोधन भएको थियो ।
नेपाल मामिलाका जानकार नायकले भारतको यतिबेलाको जोड भनेको दुईपक्षीय सम्बन्ध सुधार गर्ने रहेको बताए । भारतको यतिबेलाको चासो भनेको नेपालमा भारतको बारेमा बढ्दो गलत धारणालाई कसरी कम गर्न सकिन्छ भन्ने हो, उनले भने ।
उनका अनुसार बोर्डरमा बढ्दो अपराध अन्त गर्ने तथा प्राकृतिक प्रकोपक सम्बन्धमा दुई देशको बिचमा समन्वय गर्ने बैठकका अन्य एजेण्डाहरु हुन् । इपिजीले दुई वर्षसम्म गर्ने गहन अध्ययन पश्चात दुवै देशलाई सन्धी सम्झौता संशोधनको बारेमा प्रस्ताव दिने छ र त्यही प्रस्तावको आधारमा दुई देशको सरकारी तहमा सन्धी तथा सम्झौतको बारेमा छलफल हुने छ ।
नक्कली प्रमाणपत्रधारी डाक्टरहरुविरुद्ध प्रहरीले अपरेसन क्वाक चलाइरहेको छ। सयौँ डाक्टरहरु अनुसन्धानको घेरामा छन्। तर राजधानी काठमाडौँमा नक्कली डाक्टरमात्र हैन, अनुमति नै नलिएको नक्कली अस्पताल पनि खुल्लमखुल्ला सञ्चालन भइरहेको छ। पहिलोपोस्टका सविन ढकालको रिपोर्ट –
काठमाडौँको पानीपोखरीमा एउटा पाँच तले सेतो घरमा ठूलो अक्षरले लेखिएको साइनबोर्ड झुण्ड्याइएको छ- वेल होप हस्पिटल।
यो अस्पतालले 'कान्तिपुर' लगायतका राष्ट्रिय दैनिकहरुमा दिनहुँ विज्ञापन पनि गर्ने गरेको छ जसमा अत्याधुनिक जापानी प्रविधिबाट बिना अपरेसन उपचार गर्ने दावी गरिएको छ। असहायलाई उपचार खर्चमा विशेष सहुलियत, टाढाबाट आएका बिरामीहरुलाई निःशुल्क बस्ने व्यवस्था लगायतका आकर्षक 'अफर' पनि दिइएको छ।
खुल्लमखुल्ला स्वास्थ्यको व्यापार गर्दै आएको यो अस्पताल दर्ता नै नभएको पहिलोपोस्टले केही दिनदेखि गरेको अनुसन्धानले देखाएको छ।
स्वास्थ्य क्लिनिक, डाइग्नोष्टिक सेन्टर, पोली क्लिनिक तथा २५ बेडसम्मका अस्पतालका लागि सम्बन्धित जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० मा रहेको छ।

यो अस्पतालका बारेमा हामीले काठमाडौँस्थित जनस्वास्थ्य कार्यालयमा सोधखोज गर्यौँ । त्यहाँका कर्मचारी खेमराज सापकोटाले खोजे तर वेलहोप नामको अस्पताल दर्ता भएको देखिएन।
अस्पतालले विगत केही दिनदेखि सादा बिल बनाएर दिने गरेको बिरामीहरुले बताएका छन्।
केही दिनअघि महानगरीय अपराध अनुसन्धान व्यूरोमा दर्ता नै नगरी नक्कली डाक्टर राखेर सञ्चालन गरेको भन्दै उजुरी समेत परेको छ।

बिरामीलाई अस्पतालले बिल नदिएको बिषयमा पनि उनले नयाँ भएकाले नदिएको बताए। केही दिनदेखि भने बिल दिएको उनले दावी गरे। तर भ्याट बिल हो कि सादा बिल भन्ने बारे आफूलाई जानकारी नभएको उनले बताए।
काठमाडौँको पानीपोखरीमा एउटा पाँच तले सेतो घरमा ठूलो अक्षरले लेखिएको साइनबोर्ड झुण्ड्याइएको छ- वेल होप हस्पिटल।
यो अस्पतालले 'कान्तिपुर' लगायतका राष्ट्रिय दैनिकहरुमा दिनहुँ विज्ञापन पनि गर्ने गरेको छ जसमा अत्याधुनिक जापानी प्रविधिबाट बिना अपरेसन उपचार गर्ने दावी गरिएको छ। असहायलाई उपचार खर्चमा विशेष सहुलियत, टाढाबाट आएका बिरामीहरुलाई निःशुल्क बस्ने व्यवस्था लगायतका आकर्षक 'अफर' पनि दिइएको छ।
खुल्लमखुल्ला स्वास्थ्यको व्यापार गर्दै आएको यो अस्पताल दर्ता नै नभएको पहिलोपोस्टले केही दिनदेखि गरेको अनुसन्धानले देखाएको छ।
स्वास्थ्य क्लिनिक, डाइग्नोष्टिक सेन्टर, पोली क्लिनिक तथा २५ बेडसम्मका अस्पतालका लागि सम्बन्धित जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० मा रहेको छ।
यो अस्पतालका बारेमा हामीले काठमाडौँस्थित जनस्वास्थ्य कार्यालयमा सोधखोज गर्यौँ । त्यहाँका कर्मचारी खेमराज सापकोटाले खोजे तर वेलहोप नामको अस्पताल दर्ता भएको देखिएन।
करसमेत छली
नाम नखुलाउने शर्तमा अस्पतालमामा कार्यरत कर्मचारीले दिएको जानकारी अनुसार यहाँ दैनिक १ लाखभन्दा बढीको कारोबार हुने गरेको छ। तर बिरामीले भ्याट बिल भने पाउने गरेका छैनन्।अस्पतालले विगत केही दिनदेखि सादा बिल बनाएर दिने गरेको बिरामीहरुले बताएका छन्।
केही दिनअघि महानगरीय अपराध अनुसन्धान व्यूरोमा दर्ता नै नगरी नक्कली डाक्टर राखेर सञ्चालन गरेको भन्दै उजुरी समेत परेको छ।
के भन्छ व्यवस्थापन ?
आफूलाई अस्पतालको मेनेजर बताउने सुभाष श्रेष्ठले अस्पताल खोलेको १ महिना मात्र भएकाले दर्ता भइनसकेको बताएका छन्। उनले पहिलोपोस्टलाई भने, 'अहिले हामीले दर्ता गरिसकेका छैनौँ। विस्तारै दर्ता गर्छौँ।'बिरामीलाई अस्पतालले बिल नदिएको बिषयमा पनि उनले नयाँ भएकाले नदिएको बताए। केही दिनदेखि भने बिल दिएको उनले दावी गरे। तर भ्याट बिल हो कि सादा बिल भन्ने बारे आफूलाई जानकारी नभएको उनले बताए।

असार १९, २०७३- राजधानीबाट प्रहरी सुरक्षामा आरामसाथ सदरमुकाम पुगेका भारतीय राजुदत रन्जीत रेको पजेरो नगरपालिकासँग जोडिएको १६ किलोमिटर टाढाको ज्यामरुङ्ग पुग्न २ घण्टा लाग्यो । उक्त गाडीले करिव १५ किमी नगरपालिका क्षेत्रमै गुडेको थियो भने सिमाना गोलाभन्ज्याङ्गवाट एक किलोमिटरमै ज्यामरुङ्गको चामभन्ज्याङ्गसम्म पैदल पुग्नु थियो । सडक त थियो तर गाडी जानै नसक्ने भएपछि उनी हिलोमै १ घण्टा पैदल हिंडे । राजदुतका जुत्ता हिलाम्मे भैसकेका थिए । सहयोगीलाई राजदुतलाई चिप्लनबाट जोगाउनै हैरानी थियो । भारतीय राजदुत भारतीय सरकारको सहयोगमा पौने २ करोडमा लगानीमा निर्माणाधिन खानेपानी आयोजनाको शिलान्यास गर्न गत शुक्रबार झरीमा रुझ्दै आएका थिए ।
राजदुतको गाडी आधा दर्जन स्थानमा फसेको थियो भने सभासद राजेन्द्र पाण्डे, गुरुप्रसाद वुर्लाकोटी र परशुराम तामाङ्गले आफनो गाडी फिर्ता पठाई मालवाहक स्वराज ट्रकमा यात्रा गर्नु परेको थियो । सँगै रहेका स्थानीय विकास अधिकारी भगवान अर्याल गाडी फसेको स्थानमा मुख लुकाउँने गर्थे ।
धादिङ सदरमुकाम पुग्न पृथ्वीराजमार्गको मलेखुबाट १८ किलोमिटर पीच सडक पार गर्नुपर्छ । तर दुर्भाग्य सदरमुकामका अन्य १२ वटा वडा पुग्न असारमा सवारी साधनलाई हम्मे हम्मे पर्छ । जिल्लाको एउटैमात्र नीलकण्ठ नगरपालिकामा एउटा वडामा पुग्ने दर्जनौं कच्ची सडक निर्माण गरिएका छन् । यौटै वडामा तल्लो टोल र वल्लो टोल जोडने भिन्ना भिन्नै सडक निर्माण गरिएका छन् । एउटै वडामा धेरै सडक निर्माण गर्ने प्रतिस्पर्धा र होडवाजी धादिङमा अत्यधिक छ । स्काभेटर र डोजर लगायतका ठूला उपकरण प्रयोग गरी सडक निर्माण हुन्छन् । हरेक वर्ष मर्मतमा लाखौं खर्च हुन्छ तर असारदेखि असोजसम्म सदरमुकाम छोडेर अन्तकतै यातायातका साधन संचालन गर्न कठिनाइछ ।
पश्चिम उत्तरका २४ गाविसहरु र मनास्लु पदमार्गको प्रवेशद्धारका रुपमा रहेको सदरमुकामदेखि ३४ किलोमिटर टाढाको सल्यानटार पुग्न २०६० सालमै गोलभन्ज्याङ्गसम्म १४ किमी पीच र ३ किमी सडक ग्राभेल गरिएको थियो । ‘तर उक्त पीच ३ वर्ष टिकेन । हरेक वर्ष मर्मतमा लाखौं खर्च हुन्छ तैपनि हिलोले ठूला सवारी साधन र मोटरसाईकलको त कुरै छोडौं पैदल यात्रुलाई समेत असहज हुन्छ ’, सल्यानटार गाविसका पूर्व अध्यक्ष फणिकान्त छत्कुलीले बताए ।
सदरमुकामबाट सदरमुकामकै अन्य वडा र छिमेकी गाविसहरुमा जाने नियमित यातायात साधनहरु पनि संचालन हुन सकेका छैनन् । सुनौलावजार, खरि मैदी,चैनपुर, ढोला, धुवाँकोट, कटुन्जे, सेम्जोङ्गका सार्वजनिक यातायत हरु ठप्प रोकिएका छन् ।

यौन उत्तेजनाको समस्या महिला र पुरुष दुवैमा हुने गर्दछ । महिलाहरुमा उत्तेजनाको बेला यौनाङ्ग मुलायम भै फैलिने र रसिलो हुने प्रक्रियामा गड्बडी हुने समस्या हुन्छ । धेरै महिलाहरुमा डर, त्रास, संकोच जस्ता मनोगत कारणहरुले पनि यौन उत्तेजना आउदैन । केहि महिलाहरुमा संक्रमण, हर्मोनको समस्या वा अन्य कुनै औषधिको सेवनले पनि यौन उत्तेजना नआउने हुन्छ ।
पुरुषहरुमा भने प्रयाप्त समयसम्म लिङ्ग ठाडो र कडा नरहने समस्या आउनसक्छ । पुरुषमा पनि शारिरीक रोग, मद्यपान तथा लागूपदार्थ र औषधि सेवन जस्ता कारणले पनि यौन उत्तेजना नआउने हुन्छ । तर यौन क्रियाकलापमा लिङ्ग उत्तेजित हुन्न भने मनोगत समस्या भएको बुझ्न सकिन्छ । प्रायः डर, त्रास, उदासिनता, चिन्ता, थकान वा यौन चाहनाको कमिले पनी यौन उत्तेजना नआउने हुन्छ । उमेर छिप्पिँदै गएपछि यौन उत्तेजनाको समस्या पनी बढ्दै जाने गर्छ । यस्ता समस्याग्रस्त महिला र पुरुष दुवैमा रहेको डर र त्रासलाई मनोवैज्ञानिक विधिद्धारा निवारण गर्दै लानुपर्ने हुन्छ ।
चरम आनन्द नहुने समस्या
यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ । यसका दुई कारण छन् । पहिलो महिलाकै आफ्नो विभिन्न कारणले चरम विन्दुमा नपुग्नु र दोस्रो कारण पुरुषमा यौन ज्ञान, अनुभवको कमि तथा विभिन्न व्यक्तिगत र सामाजिक दृष्टिकोणका कारण महिलाको यौन आवश्यकता पुरा नहुनु हो ।
पुरुषमा भने यौन उत्तेजना ढिलो वा चाडो वीर्य स्खलन वा वीर्य स्खलननै नहुनसक्छ । हस्तमैथुन र अन्य तरीकाले आनन्द महसुस हुने वानी परेका कतिपय पुरुषहरुमा यौन समागमले वीर्य स्खलन नहुन सक्छ । यौनलाई दवाइने सामाजिक, पारिवारीक माहोल वा दृष्टिकोण तथा विभिन्न औषधि र लागुपदार्थको सेवनले पनि यस्तो अवस्था श्रृजना हुनसक्छ ।
यौन शिक्षा वा ज्ञान, यौनसम्बन्धी भ्रमको निवारण र दम्पतिबीच समझदारी नै समस्याको समाधानमा महत्वपूर्ण हुन्छ । विशेषगरी पुरुषले महिलालाई यौन प्रक्रियाको चरणदेखि विभिन्न क्रियाकलापबाट आनन्दको चरणतिर लानुपर्ने हुन्छ । प्राकृतिक हिसाबले पुरुष चाँडो र सजिलै उत्तैजित भई चरम सुखको चरणमा पुग्ने भएकाले महिलालाई यस्तो चरणसम्म पु¥याउन पुरुषले बिस्तारै सहवासको प्रक्रिया अगाडि बढाउनु र उत्तेजित पार्नुपर्ने हुन्छ ।
शीघ्रपतन
किशोर तथा नवविवाहित पुरुषहरुमा यौन अनुभव कमी शीघ्रपतनको कारण हो । महिलाको यौनाङ्गमा लिङ्ग घुसाउनु अघि वा तुरुन्तै वीर्य झर्नाले यौन तृप्तिको कमी हुनजान्छ । यो समस्या अधिकांशमा मनोगत हुने गर्छ । यसको निराकणका लागि यौन ज्ञान, यौन सम्बन्धी भ्रमको निवारण र श्रीमतीको समझदारी महत्वपूर्ण हुन्छ । पुरुष उत्तेजित भै वीर्यस्खलन होला जस्तो अनुभव भएपछि महिलाले पुरुष अंगको टुप्पाभन्दा केहि तलतिर केहि सेकेण्डका लागि दुई औँलाले थिचेर उत्तेजना अलिकम भएपछि छोड्ने तरीका पनि अपनाउन सकिन्छ । चिकित्सकको सल्लाह अनुसार औषधि पनि लिन सकिन्छ ।
दुखाई
समागमको बेला महिला र पुरुष दुवैलाई यौनाङ्गमा दुखाई अनुभव हुनसक्छ । यस्तो दुखाई प्रायः सम्भोगको बेला र कहिलेकाहिँ त्यसपछि वा अघि पनि हुनसक्छ । यस्तो दुखाई हुनुका मुख्य कारणहरु समागमको बेला यौनाङ्गमा सुख्खा रहनु, घर्षण हुनु, त्यसमा खाटा पर्नु, संक्रमण, मांसपेशीको संकुचन वा जननेन्द्रियका अन्य रोगहरु हुन् । केहि महिलाहरुलाई यौनाङ्गमा पुरुष लिङ्ग छिरेपछि मांसपेशीको संकुचन भई पिडा अनुभव हुन्छ । यौन अंगमा शारिरीक हिसावले गड्बडी हुँदैन तर सम्भोगको कल्पना मात्रले पनि यस्तो दुखाई अनुभव हुनसक्छ । यस्तो अवस्थामा महिलाहरुले स्त्रीरोग विशेषज्ञ र पुरुषले पनि चिकित्सकलाई जँचाएर जनेन्द्रीयमा कुनै समस्या छ कि भनी निक्र्यौल गर्न आवश्यक हुन्छ ।
– गुणस्तरीय हेयर कलर प्रयोग गर्नुपर्छ ।
– कपालमा रङ लगाउनुपूर्व कपालको संवेदनशीलता जाँच्नुपर्छ । यसलाई ‘प्याच टेस्ट’ भनिन्छ । पहिले पनि कलर गरिसकिएको छ भने जरुरी छैन । तर, नयाँ प्रोडक्ट प्रयोग गर्दा एकपटक प्याच टेस्ट गरेर मात्र कलर गर्नु राम्रो हुन्छ । प्याच टेस्ट गर्दा चिलाउने, पोल्ने, फुल्ने, फोकाहरू उठ्ने जस्ता समस्या भएमा हेयर कलर गर्नु हुँदैन । प्याच टेस्ट गर्दा कलर एजेन्ट र हाइड्रोजन पेरोअक्साड थोरैथोरै मिसाएर नाडी, कानको पछाडि लगाएर पाँचदश मिनेटपछि पुछ्ने र २४ घण्टासम्म साइड इफेक्ट वा एलर्जी हुन्छ वा हुँदैन, त्यो हेरेर मात्र कलर गर्नुपर्छ ।
– कलर लगाउँदा एक्सपर्ट वा अनुभवीको हातबाट लगाउनु नै राम्रो हुन्छ । कपालको रङभन्दा गाढा, फिका वा फरक रङ कस्तो लगाउने हो, सोअनुरूप कलर र हाइड्रोजन पेरोअक्साइडको कन्सिसटेन्सी पनि छान्नुपर्छ । अन्यथा नचाहेको रङ निस्कने डर हुन्छ ।
– पर्म वा सीधा बनाइएको कपाल वा पहिले नै रंगाइएको वा हाइलाइट, लोलाइट गरिएको कपाल वा पूरै ब्लिच गरिएको कपाल छ भने विशेष ध्यान दिनुपर्छ । नत्र कपाललाई हानि पुग्ने डर हुन्छ । यसलाई केमिकल ड्यामेज भनिन्छ । त्यसैले सुरक्षाका उपाय अपनाएर रङ लगाउनुपर्छ ।
– कपाल झरेको, चाया परेको, घाउखटिरा आएको वा लामो बिरामी भएको अवस्थामा कपाल रंगाउनुहुँदैन । सुन्दर कपाल छ भने कलर गर्दा झनै सुन्दर देखिन्छ । कतिपय अवस्थामा समस्यायुक्त कपालमा पनि कलर गर्नुपर्ने हुन्छ । सही ट्रिटमेन्ट र सुरक्षित ढंगले कलर गर्दा परिणाम सुन्दर र स्वस्थ कपाल हुनपुग्छ । मेहदी लगाएको वा मेटालिक कलर प्रयोग गरिएको कपालमा नचाहेको रङ बस्ने डर हुन्छ ।
– कलर गरिएको कपाललाई विशेष स्याहार गर्नुपर्छ । कलरलाई नउडाउने स्याम्पू प्रयोग गरी नुहाउनुपर्छ । कन्डिसनर र ट्रिटमेन्टको प्रयोग जरुरी हुन्छ । ब्लो ड्राई, आइरन आदि प्रयोग गर्दा हिट प्रोटेक्टर स्प्रे वा लोसन लगाएर मात्र गर्नुपर्छ । कडा घाम, हावा, प्रदूषणबाट बचाउन प्रोटेक्टिभ लोसन वा स्प्रे लगाउनुपर्छ । स्विमिङ गर्नुअघि अइलिङ गर्नु राम्रो हुन्छ । यसले क्लोरिनयुक्त पानीको दुष्प्रभावबाट कपाललाई बचाउँछ ।
– गाढा कलर बसेमा ब्लिच बाथबाट फिका बनाउन सकिन्छ । र, फिका रङ भएमा आवश्यकता अनुसारको रङ थपेर मन परेको रङमा रंगाउन सकिन्छ । सुक्खा र पातलो कपालले छिटो कलर टिप्छ, तर बाक्लो र चिल्लो कपालमा रङ बस्न गाह्रो हुन्छ ।
– कपालमा रङ लगाउनुपूर्व कपालको संवेदनशीलता जाँच्नुपर्छ । यसलाई ‘प्याच टेस्ट’ भनिन्छ । पहिले पनि कलर गरिसकिएको छ भने जरुरी छैन । तर, नयाँ प्रोडक्ट प्रयोग गर्दा एकपटक प्याच टेस्ट गरेर मात्र कलर गर्नु राम्रो हुन्छ । प्याच टेस्ट गर्दा चिलाउने, पोल्ने, फुल्ने, फोकाहरू उठ्ने जस्ता समस्या भएमा हेयर कलर गर्नु हुँदैन । प्याच टेस्ट गर्दा कलर एजेन्ट र हाइड्रोजन पेरोअक्साड थोरैथोरै मिसाएर नाडी, कानको पछाडि लगाएर पाँचदश मिनेटपछि पुछ्ने र २४ घण्टासम्म साइड इफेक्ट वा एलर्जी हुन्छ वा हुँदैन, त्यो हेरेर मात्र कलर गर्नुपर्छ ।
– कलर लगाउँदा एक्सपर्ट वा अनुभवीको हातबाट लगाउनु नै राम्रो हुन्छ । कपालको रङभन्दा गाढा, फिका वा फरक रङ कस्तो लगाउने हो, सोअनुरूप कलर र हाइड्रोजन पेरोअक्साइडको कन्सिसटेन्सी पनि छान्नुपर्छ । अन्यथा नचाहेको रङ निस्कने डर हुन्छ ।
– पर्म वा सीधा बनाइएको कपाल वा पहिले नै रंगाइएको वा हाइलाइट, लोलाइट गरिएको कपाल वा पूरै ब्लिच गरिएको कपाल छ भने विशेष ध्यान दिनुपर्छ । नत्र कपाललाई हानि पुग्ने डर हुन्छ । यसलाई केमिकल ड्यामेज भनिन्छ । त्यसैले सुरक्षाका उपाय अपनाएर रङ लगाउनुपर्छ ।
– कपाल झरेको, चाया परेको, घाउखटिरा आएको वा लामो बिरामी भएको अवस्थामा कपाल रंगाउनुहुँदैन । सुन्दर कपाल छ भने कलर गर्दा झनै सुन्दर देखिन्छ । कतिपय अवस्थामा समस्यायुक्त कपालमा पनि कलर गर्नुपर्ने हुन्छ । सही ट्रिटमेन्ट र सुरक्षित ढंगले कलर गर्दा परिणाम सुन्दर र स्वस्थ कपाल हुनपुग्छ । मेहदी लगाएको वा मेटालिक कलर प्रयोग गरिएको कपालमा नचाहेको रङ बस्ने डर हुन्छ ।
– कलर गरिएको कपाललाई विशेष स्याहार गर्नुपर्छ । कलरलाई नउडाउने स्याम्पू प्रयोग गरी नुहाउनुपर्छ । कन्डिसनर र ट्रिटमेन्टको प्रयोग जरुरी हुन्छ । ब्लो ड्राई, आइरन आदि प्रयोग गर्दा हिट प्रोटेक्टर स्प्रे वा लोसन लगाएर मात्र गर्नुपर्छ । कडा घाम, हावा, प्रदूषणबाट बचाउन प्रोटेक्टिभ लोसन वा स्प्रे लगाउनुपर्छ । स्विमिङ गर्नुअघि अइलिङ गर्नु राम्रो हुन्छ । यसले क्लोरिनयुक्त पानीको दुष्प्रभावबाट कपाललाई बचाउँछ ।
– गाढा कलर बसेमा ब्लिच बाथबाट फिका बनाउन सकिन्छ । र, फिका रङ भएमा आवश्यकता अनुसारको रङ थपेर मन परेको रङमा रंगाउन सकिन्छ । सुक्खा र पातलो कपालले छिटो कलर टिप्छ, तर बाक्लो र चिल्लो कपालमा रङ बस्न गाह्रो हुन्छ ।

माथिको लिन्क नखुले मा यो लिन्क क्लिक गर्नु होला
फूटबल लाइभ हेर्न यहाँ किलिक गर्नुहोस्

ललितपुरको टौखेलमा जग्गा प्लटिङ्ग गर्दा बनाइएको पर्खाल भत्किँदा २ जना स्कुले विद्यार्थीको मृत्यु भएको छ।
लगातारको वर्षाका कारण शुक्रबार बिहान पर्खाल भत्किँदा टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ्ग स्कुलका ९ वर्षिय कृपा राई र १० वर्षिय अन्जना पुन मगरको मृत्यु भएको हो। करिब ९ फिट अग्लो पर्खाल पर्खाल भत्किँदा कक्षा कोठामा पढिरहेको अवस्थामा राई र मगरको मृत्यु भएको हो। प्लटिङ्गको पर्खालले ३ र ८ कक्षाको कोठा भत्काइदिएको थियो । दुई वटा कोठा भत्किंदा २६ जना विद्यार्थी घाइते भएका छन्।
घाइते अधिकांश ३ कक्षाका विद्यार्थी हुन् । घाइतेमध्ये २१ जनाको बी एण्ड बी तथा ३ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। २ जना भने उपचारपछि घर फर्किएका छन्। पाटन अस्पतालमा उपचाररत चार जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ । अजय शाही, अनुप महर्जन, रोजिना लामा र सुनिता परियारको आइसीयुमा राखेर उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
अभिभावकहरुले प्लटिङ्गको पर्खालले कक्षा कोठा नै भत्किएर दुर्घटना हुनुमा विद्यालय र प्लटिङ्गवाला दुवै दोषी रहेको बताएका छन् । उनीहरुले प्लटिङ्गको पर्खाल कमजोर भएको बारेमा विद्यालयले आफूहरुलाई खबर नगरेको बताए । उनीहरुले विद्यार्थीको ज्यानै जाने गरी पर्खाल बनाउने प्लटिङ्ग संचालक र कमजोर पर्खालका बारेमा बेवास्ता गर्ने विद्यालय संचालकमाथि कारवाहीको माग गरेका छन्।
प्लटिङ्गका संचालक कर्मा लामा हुन् । लामाले गोदावरी नगरपालिका कार्यालयसँग स्वीकृति नै नलिइ जग्गा प्लटिङ्ग गरेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत श्रीराम आचार्यले जानकारी दिए। घटनापछि लामा फरार छन् ।











