प्रधानमन्त्री ओलीको जवाफले बेस्सरी तर्सियो कांग्रेस, सभापति देउवा पनि चकित!

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बेस्सरी तर्सिएको छ । भूकम्प पीडितलाई पहिलो किस्तामा डेढ लाख दिने समझदारी कांग्रेससँग गरेर प्रधानमन्त्री ओलीले बुधबार दिउँसो २ बजे व्यवस्थापिका संसदलाई सम्बोधन गरेका थिए । तर, आफ्नो सम्बोधनमा ओलीले कुनै सहमति नभएको र सरकारले दातृ निकायसँग समन्वय गरेर निर्णय लिने बताएपछि कांग्रेसका सांसदहरु चकित परेका हुन् । कांग्रेसलाई दुई लाखको अडानबाट डेढ लाखमा झारेका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधनका क्रममा घुमाउरो पाराले संसद अवरुद्ध गरी कांग्रेसले गल्ती गरिरहेको आशय प्रकट गरेपछि कांग्रेसका सांसदहरु तर्सिए । ‘पीडितलाई डेढ लाख दिन सकिन्छ तर, सहमति भएको छैन’ भन्ने शब्द प्रयोग भएपछि कांग्रेस सांसदहरु अलमलमा परे । सभापति शेरबहादुर देउवाले सांसदहरुतिर फर्किएर मुखामुख गरे । उनीहरुले भूकम्प पीडितका सम्बन्धमा स्पष्ट जवाफ नआएको भन्दै आपत्ति समेत जनाए । त्यसपछि प्रधानमन्त्री ओली बोलिरहेका बेला उठेर विरोध गरे जसका कारण प्रधानमन्त्रीले केहिबेर बोल्नै पाएनन् । सभामुख ओनसरी घर्तीको पटक पटकको आग्रहपछि कांग्रेस सांसदहरु बसे । त्यसपछि प्रधानमन्त्रीले फेरि बोल्न सुरु गरे । कांग्रेसको विरोधतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रतिपक्षको कुरा नबुझेको भन्दै ५० हजारमा १ लाख थपेर डेढ लाख पुर्याउने सहमति भएको तर, अन्तराष्ट्रिय दातासँग सहमति गर्नुपर्ने जवाफ दिए । कांग्रेसका सांसदतर्फ लक्षित गर्दै उनले भने- ‘अघि एक जना सांसदले हिन्दी बोले, धेरैले बुझेनन् होला तर, मैले त नेपालीमै बोलेको छु, कसरी बुझिएन ?’ यति भनिसकेपछि संसद भवनमा हाँसो फैलियो । पाँच दिनदेखि अवरुद्ध संसद भूकम्प पीडितलाई एकमुष्ट डेढ लाख दिने सहमति कांग्रेससँग सरकारले गरेपछि आजबाट सूचारु भएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors