
नेपालगन्ज, १६ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुबीच चाँडै राष्ट्रिय सहमति नबने मुलुक ठूलो दुर्घटनामा जान सक्ने चेतावनी दिनुभएको छ ।
गत वर्षको भूकम्पबाट ज्यान गुमाएका सञ्चार उद्यमी तथा समाजसेवी अच्युतराज सुवेदीको ‘स्मृति’ पुस्तक विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकलाई सम्भावित राजनीतिक दुर्घटनाबाट जोगाउन राष्ट्रिय सहमति एक मात्र विकल्प भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अहिले राजनीतिमा अहंकार र विकृति बढेको छ, त्यसलाई परास्त गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।”
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली वा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण भएपनि आफ्नो दललाई मान्य हुने स्पष्ट गर्नुभयो ।
स्व सुवेदीका पिता एवम् पुस्तक प्रकाशन संस्था ‘अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान’ का अध्यक्ष प्रकाश सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्व सुवेदीकी माता पूर्णा सुवेदी र राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभयो । रासस


काठमाडौं : कलाकार निशा अधिकारी सहितको टोलीले जनकपुर पुगेर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई भेटेको छ।
युवा अभियन्ता ईशान र कलाकार कर्मासहित पुगेकी निशाले राउतलाई भेटेपछि यसबारे टीकाटिप्पणी हुन थालेको छ।
सिंहदरबारमा रातो रङ छ्यापेर चर्चामा आएका ईशानसहित तराई पुगेकी निशा र कर्माले राउतलाई पत्र समेत बुझाएका थिए। राज्य टुक्र्याउने अभिव्यक्ति दिँदै स्वायत्त मधेसको माग गर्दै आएका राउतसँग आफूहरुले समझदारीका कुरा गरेको निशाले पहिलोपोस्टसँग बताइन्।
'जो सहमतिभन्दा पर छ, जसले देशबारे नेगेटिभ कुरा गर्छ, उनीहरुलाई सहमतिमा आऊ भन्नु स्वाभाविक होइन र?' निशाले भनिन्, 'राज्य टुक्राउने कुरा पनि उहाँले गर्नुभएको थियो। त्यही भएर पनि सहमति र मेलमिलापका लागि के गर्न सकिन्छ भनेर हामीले केही सुझावहरु दिएका हौं।'

सद्भाव र एकता सङ्कटमा परेको बेला दमन, हिंसा र विभेदले स्वदेशलाई कहाँ लग्दैछ? स्वदेश बचाउन हामीले के गर्दैछौं? भनी राउतलाई बुझाएको पत्रमा प्रश्न गरिएको छ।
स्वदेश बचाउने जिम्मेवारी नेपाललाई माया गर्ने हरेक नागरिकको काँधमा आएको र राष्ट्रिय मेलमिलापका लागि सकारात्मक पहल गर्न पनि राउतलाई आग्रह गरेर फर्किएको निशाको भनाइ छ। मधेस आन्दोलनमा मारिएकाहरुको परिवासँग पनि भेट गरेर कुराकानी गरेको उनले बताइन्।
'हामी, हाम्रो समाज र सरकारबाट तपाईँ र बृहत्तर मधेस समुदायमाथि जानअञ्जान ढंगले गरिएका विभेदका लागि क्षमायाचना गर्न चाहन्छौं,' राउतलाई बुझाएको पत्रमा भनिएको छ, 'व्यावहारिक परिवर्तन सहितको क्षमायाचनाबाट नै राष्ट्रिय मेलमिलाप एवं सबल र शान्त नेपाल निर्माणको बाटो बन्नेछ।'
सामाजिक र राजनीतिक विभेदकै कारण देश कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उक्त पत्रमा दमन र हिंसाबाटै समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास राख्नु नै गलत हो भनिएको छ।

स्वदेश बचाउन अहिंसाको मार्गमा अघि बढ्न उनीहरुले राउतलाई आग्रह गरेका छन्। 'हामी मधेसी, थारु, आदिवासी जनजाति, महिला, दलित, मुसलमान, पहुँच नभएका खसआर्य लगायत अन्य उपेक्षित उत्पीडित समुदायलाई व्यवहारिक, सामाजिक र राजनीतिक रूपले सम्मान दिलाउने प्रयास गर्न प्रतिबद्ध छौं,' राउतलाई बुझाइएको पत्रमा भनिएको छ, 'सबल र शान्त स्वदेशमै मधेसी, पहाडी, हिमाली सबै नेपालीको हित छ। हामी छुटेर नभई मिलेर अघि बढौं।'
तेस्रो पक्षकहाँ नगई नेपालका समस्या नेपालीहरू मिली सुल्झाउने संस्कृतिको विकास गर्न पनि उनीहरुले आग्रह गरेका छन्।

ईशानको क्षमा अभियानमा आफ्नो पूर्ण समर्थन रहेको कलाकार निशा अधिकारीले बताएकी छन्। 'सहमति र सझदारीमा आउन गरिएको आग्रहमा सबैको साथ त हुनैपर्छ,' उने भनिन्, 'कसैले कसैको कुरा नसुन्ने र सहमतिमा आउने वातावरण भएन भने झन् अवस्था बिग्रँदै जान्छ।'
क्षमा अभियानअन्तर्गत सिके राउतलाई बुझाइएको पत्रमा ईशानसहित कलाकारद्व निशा अधिकारी र कर्माको पनि हस्ताक्षर छ।
असार १४ गते बुझाइएको पत्र यस्तो छ-

युवा अभियन्ता ईशान र कलाकार कर्मासहित पुगेकी निशाले राउतलाई भेटेपछि यसबारे टीकाटिप्पणी हुन थालेको छ।
सिंहदरबारमा रातो रङ छ्यापेर चर्चामा आएका ईशानसहित तराई पुगेकी निशा र कर्माले राउतलाई पत्र समेत बुझाएका थिए। राज्य टुक्र्याउने अभिव्यक्ति दिँदै स्वायत्त मधेसको माग गर्दै आएका राउतसँग आफूहरुले समझदारीका कुरा गरेको निशाले पहिलोपोस्टसँग बताइन्।
'जो सहमतिभन्दा पर छ, जसले देशबारे नेगेटिभ कुरा गर्छ, उनीहरुलाई सहमतिमा आऊ भन्नु स्वाभाविक होइन र?' निशाले भनिन्, 'राज्य टुक्राउने कुरा पनि उहाँले गर्नुभएको थियो। त्यही भएर पनि सहमति र मेलमिलापका लागि के गर्न सकिन्छ भनेर हामीले केही सुझावहरु दिएका हौं।'
सद्भाव र एकता सङ्कटमा परेको बेला दमन, हिंसा र विभेदले स्वदेशलाई कहाँ लग्दैछ? स्वदेश बचाउन हामीले के गर्दैछौं? भनी राउतलाई बुझाएको पत्रमा प्रश्न गरिएको छ।
स्वदेश बचाउने जिम्मेवारी नेपाललाई माया गर्ने हरेक नागरिकको काँधमा आएको र राष्ट्रिय मेलमिलापका लागि सकारात्मक पहल गर्न पनि राउतलाई आग्रह गरेर फर्किएको निशाको भनाइ छ। मधेस आन्दोलनमा मारिएकाहरुको परिवासँग पनि भेट गरेर कुराकानी गरेको उनले बताइन्।
'हामी, हाम्रो समाज र सरकारबाट तपाईँ र बृहत्तर मधेस समुदायमाथि जानअञ्जान ढंगले गरिएका विभेदका लागि क्षमायाचना गर्न चाहन्छौं,' राउतलाई बुझाएको पत्रमा भनिएको छ, 'व्यावहारिक परिवर्तन सहितको क्षमायाचनाबाट नै राष्ट्रिय मेलमिलाप एवं सबल र शान्त नेपाल निर्माणको बाटो बन्नेछ।'
सामाजिक र राजनीतिक विभेदकै कारण देश कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उक्त पत्रमा दमन र हिंसाबाटै समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास राख्नु नै गलत हो भनिएको छ।
स्वदेश बचाउन अहिंसाको मार्गमा अघि बढ्न उनीहरुले राउतलाई आग्रह गरेका छन्। 'हामी मधेसी, थारु, आदिवासी जनजाति, महिला, दलित, मुसलमान, पहुँच नभएका खसआर्य लगायत अन्य उपेक्षित उत्पीडित समुदायलाई व्यवहारिक, सामाजिक र राजनीतिक रूपले सम्मान दिलाउने प्रयास गर्न प्रतिबद्ध छौं,' राउतलाई बुझाइएको पत्रमा भनिएको छ, 'सबल र शान्त स्वदेशमै मधेसी, पहाडी, हिमाली सबै नेपालीको हित छ। हामी छुटेर नभई मिलेर अघि बढौं।'
तेस्रो पक्षकहाँ नगई नेपालका समस्या नेपालीहरू मिली सुल्झाउने संस्कृतिको विकास गर्न पनि उनीहरुले आग्रह गरेका छन्।
ईशानको अभियानमा समर्थन
ईशानको क्षमा अभियानमा आफ्नो पूर्ण समर्थन रहेको कलाकार निशा अधिकारीले बताएकी छन्। 'सहमति र सझदारीमा आउन गरिएको आग्रहमा सबैको साथ त हुनैपर्छ,' उने भनिन्, 'कसैले कसैको कुरा नसुन्ने र सहमतिमा आउने वातावरण भएन भने झन् अवस्था बिग्रँदै जान्छ।'
क्षमा अभियानअन्तर्गत सिके राउतलाई बुझाइएको पत्रमा ईशानसहित कलाकारद्व निशा अधिकारी र कर्माको पनि हस्ताक्षर छ।
असार १४ गते बुझाइएको पत्र यस्तो छ-

२. फलफुल, सागसब्जी बढी खाने किनकी यसले दाँतमा अड्किएको खाना पनि बाहिर निकाल्छ ।
३. खाना पश्चात एक टुक्रा पनिर खानाले दाँत चम्किलो रहन्छ ।
४. सुगरफ्रि चुइगम खानाले दाँतको इनामेललाई मजबुत बनाउछ ।
५. जुस वा सोडा खाने बित्तिकै ब्रश गर्नु हुदैन ।
६. सकिन्छ भने कफि वा कोल्ड ड्रिग्स स्ट्रो (पाइप)को प्रयोग गरी पिउने गर्ने ।
७. नरम ब्रसको प्रयोग गर्ने
८. ब्रस गरीसकेपछि जिब्रो पनि सफा गर्नु पर्दछ । जिब्रो सफा भएमा दाँत स्वस्थ्य रहन्छ ।
९. गुलियो पदार्थको प्रयोग सकेसम्म कम गर्ने । गुलियोले दाँतलाई हानी पु¥याउँछ ।
१०. खाना खाइसकेपछि नियमीत ब्रस गर्ने वा हाइड्रोजन प्याराअक्साइडले मुख कुल्ला गर्ने तर हाइड्रोजन प्याराअक्साइड निल्नु हुदैन ।



बेलारुस–बेलारुसका सामाजिक सञ्जाल अहिले नांगा फोटाले रंगिएका छन् । बेलारुसका राष्ट्रपतिले नै हप्ता दिन अघि त्यहाँका जनतालाई नांगै भएर काम गर्न आग्रह गरेपछि त्यहाँका जनताले राष्ट्रपतिको आदेश शिरोपर गर्दै यस्ता फोटाले सामाजिक सञ्जाल रंगाउन लागेका हुन् । तर राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले यस्तो कुरा जानीजानी भनेका भने होइनन् ।
गत जुन २३मा भएको सूचना तथा प्रविधी सम्बन्धी कार्यक्रममा राष्ट्रपति अलेक्जेन्डरले भाषण गर्ने क्रममा ‘छोटकरीमा भन्दा हामीले अनड्रेस भएर काम गर्नुपर्छ ’ भनेर भाषण गरेका थिए । तर उनले हामीले विकासका लागि काम गर्नुपर्छ भन्न चाहेका थिए । तर बेलारुसियन भाषामा ‘अनड्रेस’ र ‘डेभलप’को उच्चारण उस्तै हुने भएका कारण ‘डेभलप’ भन्न खोज्दा ‘अनड्रेस’ भन्न पुगेका थिए । भोलिपल्टदेखिनै राष्ट्रपतिको सल्लाहलाई त्यहाँका जनताले गम्भीरतापूर्वक लिए र ‘गेटनेकेडएन्डवर्क’ ह्यास ट्याग हान्दै फोटो पोस्ट गर्न थाले ।
रेष्टुरेन्ट, बजार, सपिंग मल, सेयरबजार जस्ता ठाउँमा पनि केटा तथा केटी दुवैले लुगा उतारेका फोटा राखेका छन् । हप्तादिनमै ह्यास ट्यागले बेलारुसको सिमा पार गरिसकेको छ । रुस, युक्रेन तथा अन्य बाल्टिक देशका नागरिकले पनि बेलारुसको नक्कल गरेर फोटो राख्न थालेका छन् ।
तर कुरा फोटोमा मात्र सिमित छैन । एकादिनमै केही जाँगरिलाले राष्ट्रपतिको सन्देशको धज्जी उडाउँदै गीत समेत रेकर्ड गराइसकेको छन् ।
रुसको सिमानाले चारैतिरबाट घेरेको बेलारुस नेपालजस्तै भूपरिवेष्ठित देश हो । बेलारुसियन त्यहाँको राष्ट्र भाषा भएपनि त्यहाँ ७२ प्रतिशत मानिस रुसी भाषा बोल्छन् ।

क्यान्सर घटाउँछ
दैनिक भोजनमा फलफुल र सागसब्जी जस्ता धेरै भन्दा धेरै काँचो खानेकुरा मिसाएर खाने बानीले क्यान्सरको खतराबाट जोगाउँछ । काँचो खानेकुरामा प्रशस्त भिटामिन, खनिज, एन्टिअक्सिडियन्ट र पकाइएका खानाको तुलनमा बढी हुन्छ । किनकि पकाएको खानेकुरामा कार्सिनोजेन नामक तत्व हुने भएकोले पकाएको खानेकुराबाट विभिन्न प्रकारका क्यान्सर हुने खतरा हुन्छ ।
प्राकृतिक इन्जाइम प्राप्त हुन्छ
काँचो खानेकुरा विभिन्न प्रकारका प्रोटिनको महत्वपूर्ण स्रोत हो, जसले पाचन प्रक्रिया सहज गर्ने, कोलेस्ट्रोल ठीक्क राख्ने र कब्जियतबाट बचाउँछ । यस बाहेक मेटाबोलिज्मलाई तीब्रता दिन पनि यसले सहयोग गर्छ र तौल घटाउँछ ।
सुगरप्रतिको मोह घटाउछ
यदि तपाई चिनिप्रतिको मोह नियन्त्रण गर्न सक्नु भएको छैन भने कच्चा खानेकुराले तपाईको समस्या समाधान गर्छ । फलफूल चिनी र ऊर्जा प्रदान गर्ने अन्य पोषणको स्वभाविक प्राकृतिक स्रोत हो ।
फ्याट र क्यालोरि थोरै हुन्छ
फलफुल तथा सागसब्जीमा फ्याट र क्यालोरिको मात्रा प्राकृतिक दृष्टिले नै न्यून हुन्छ । कतिपय फलफुलमा त फ्याट नै हुँदैन । तपाई आफ्नो तौल बढेर हैरान हुनुहुन्छ वा मोटोपनबाट मुक्त हुन चाहनुहुन्छ भने निश्चय नै काँचो फलफूल र सागसब्जी सहयोगी सिद्ध हुन सक्छ ।
वातावरण मैत्री
वातावरणलाई संरक्षण गर्न चाहनुहुन्छ रु हरेक दिन धेरै भन्दा धेरै कच्चा खानेकुरा खानुहोस् । कच्चा खानेकुराले थोरै मात्रामा कार्वनडाइअक्साईड उत्सर्जन गर्छ । त्यसलाई पकाउन तपाईलाई ऊर्जा आवश्यकता पर्दैन । कच्चा खानेकुरलाई प्याक गर्न वा वोतलमा राख्न पर्दैन । यसले प्रदूषण वा फोहरलाई रोक्न पनि सहयोग गर्छ ।
स्वादिलो हुन्छ
काँचो खानेकुरा कसलाई पो मन पर्र्दैन र ? बदाम, केरा, किवी फल, सुन्तला, स्याउ, चेरी, स्ट्राबेरी, व्लुबेरी, गाजर, मुला, आप, भुईकटहर, एभोकाडो लगायतका अन्य फलफुल र सागसब्जी निकै स्वादिला हुन्छन् । यसलाई अझै स्वाद थप्न घिउ, मसला, नुन, चिनी जस्तो पकाउँदा प्रयोग गरिने चिज मिसाउनु पर्दैन । अर्थात बढि मेहनत गर्नु पर्दैन ।


काठमाडौंः बझाङलाई केन्द्रबिन्दु बनाएर बुधबार दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार दिउँसो १६ मिनेटको बीचमा बझाङको सुनीकोट र मेलाविसौनी नजिकै केन्द्रबिन्दु बनाएर दुईवटा भूकम्पको धक्का महसुस भएको हो ।
बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा ५ म्याग्निच्यूडको भूकम्पले हल्लाएलगत्तै अर्को भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो भूकम्प गएको १६ मिनेट नबित्दै ३ बजेर ११ मिनेटमा बझाङकै सुनिकोटलाई केन्द्रबिन्दुबनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
गत वर्ष वैशाख १२ को शक्तिशाली भूकम्पकै परकम्प जारी रहेका बेला बझाङमा नयाँ भूकम्प गएको हो । दिउँसो ३ बजेर ११ मिनेटमा सुनिकोट नजिकै केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यी दुई भूकम्पको धक्का बझाङका छिमेकी जिल्ला बाजुरा, कालिकोट र हुम्लासहितका स्थानमा पनि महसुस भएको थियो ।
काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बेस्सरी तर्सिएको छ ।
भूकम्प पीडितलाई पहिलो किस्तामा डेढ लाख दिने समझदारी कांग्रेससँग गरेर प्रधानमन्त्री ओलीले बुधबार दिउँसो २ बजे व्यवस्थापिका संसदलाई सम्बोधन गरेका थिए ।
तर, आफ्नो सम्बोधनमा ओलीले कुनै सहमति नभएको र सरकारले दातृ निकायसँग समन्वय गरेर निर्णय लिने बताएपछि कांग्रेसका सांसदहरु चकित परेका हुन् ।
कांग्रेसलाई दुई लाखको अडानबाट डेढ लाखमा झारेका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधनका क्रममा घुमाउरो पाराले संसद अवरुद्ध गरी कांग्रेसले गल्ती गरिरहेको आशय प्रकट गरेपछि कांग्रेसका सांसदहरु तर्सिए ।
‘पीडितलाई डेढ लाख दिन सकिन्छ तर, सहमति भएको छैन’ भन्ने शब्द प्रयोग भएपछि कांग्रेस सांसदहरु अलमलमा परे । सभापति शेरबहादुर देउवाले सांसदहरुतिर फर्किएर मुखामुख गरे । उनीहरुले भूकम्प पीडितका सम्बन्धमा स्पष्ट जवाफ नआएको भन्दै आपत्ति समेत जनाए ।
त्यसपछि प्रधानमन्त्री ओली बोलिरहेका बेला उठेर विरोध गरे जसका कारण प्रधानमन्त्रीले केहिबेर बोल्नै पाएनन् । सभामुख ओनसरी घर्तीको पटक पटकको आग्रहपछि कांग्रेस सांसदहरु बसे । त्यसपछि प्रधानमन्त्रीले फेरि बोल्न सुरु गरे ।
कांग्रेसको विरोधतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रतिपक्षको कुरा नबुझेको भन्दै ५० हजारमा १ लाख थपेर डेढ लाख पुर्याउने सहमति भएको तर, अन्तराष्ट्रिय दातासँग सहमति गर्नुपर्ने जवाफ दिए ।
कांग्रेसका सांसदतर्फ लक्षित गर्दै उनले भने- ‘अघि एक जना सांसदले हिन्दी बोले, धेरैले बुझेनन् होला तर, मैले त नेपालीमै बोलेको छु, कसरी बुझिएन ?’ यति भनिसकेपछि संसद भवनमा हाँसो फैलियो ।
पाँच दिनदेखि अवरुद्ध संसद भूकम्प पीडितलाई एकमुष्ट डेढ लाख दिने सहमति कांग्रेससँग सरकारले गरेपछि आजबाट सूचारु भएको छ ।


काठमाडौं, १५ असार । कुनै समय नेपाली चलचित्र क्षेत्रमा कृष्टि मैनाली, पूजा लामा, सारंगा श्रेष्ठ, अञ्जना सुब्बा, ऋचा घिमिरे, अरुणिमा लम्साल, सज्जा मैनाली, उषा पौडेल, यूना उप्रेतीहरू निकै चर्चित थिए । यी कुनै पनि नायिका यतिबेला नेपालमा छैनन् । सबैले करिब करिब नेपाली चलचित्र क्षेत्र छोडिसकेका छन् ।
त्यसमध्ये ऋचा, अरुणिमा र सांरगाको दैनिकी सामाजिक सञ्जाल फेसबुकमा बेलाबेला आइरहन्छ । उनीहरूले अमेरिकामा गरेका प्रत्येक गतिविधि फेसबुकमा पोस्ट गरिरहन्छन् । आफ्नो करियरको उच्च स्थानमै रहेका बेला ऋचा, अरुणिमा र सांरगा अमेरिका पलायन भएका हुन् । अमेरिका पुगेर ऋचाले तीनवटा सन्तानलाई जन्म दिएकी छन् भने अरुणिमाले एउटी छोरी र सारंगा भने दुईवटी छोरीकी आमा भएकी छन् ।
अमेरिकी समयअनुसार मंगलबार पोस्ट गरिएको तस्बिरमा तीनवटै नायिका आफ्ना सन्तानहरूसहित देखिएका छन् ।
अमेरिकी समयअनुसार मंगलबार पोस्ट गरिएको तस्बिरमा तीनवटै नायिका आफ्ना सन्तानहरूसहित देखिएका छन् ।

१. कम्तिमा सात घन्टा सुतौँ
हरेक रात कम्तिमा सात घन्टा सुतौँ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।
हरेक रात कम्तिमा सात घन्टा सुतौँ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।
२. आफ्नो रक्तचाप जानी राखौँरक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०÷८० देखि १३०÷८५ को रक्तचापलाई उच्च मानिदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो ।
३. सेकेन्डह्यान्ड धुँवाबाट बचौँअरूले खाएको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु¥याउँछ । धूम्रपान यसै पनि मुटुरोगको एउटा कारण हो ।
४. दैनिक ३० मिनेट हिँडौँव्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै, व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन पनि मद्दत पु¥याउँछ । बुढोपना शरीरमा नदेखिनु त यसको प्रत्यक्ष फाइदा भइहाल्यो । त्यसैले दिनको कम्तिमा ३० मिनेट हिँडेर भए पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ ।
५. हप्ताका एक दिन माछा खाऔं
माछामा पाइने ‘ओमेघा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।
माछामा पाइने ‘ओमेघा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।
६. सन्तुष्ट हुन सिकौँ
आर्थिक कारणले मानसिक तनाव कहिल्यै लिन हुँदैन । तनाबले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ ।
आर्थिक कारणले मानसिक तनाव कहिल्यै लिन हुँदैन । तनाबले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ ।
७. दाँत माझौँ
गिजामा लाग्ने रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन सक्छ । तसर्थ, दन्त स्वास्थ्यको ख्याल गरेर पनि मुटु बचाउन सकिन्छ ।
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
गिजामा लाग्ने रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन सक्छ । तसर्थ, दन्त स्वास्थ्यको ख्याल गरेर पनि मुटु बचाउन सकिन्छ ।
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
त्रिशूली, नुवाकोटः भीषण वर्षात्सँगै सोमबार राति रसुवागढीमा पहिरोले २५ वटा कन्टेनरमा क्षति गरेको छ ।
एकैपटक यति धेरै गाडीमा क्षति पुगेपछि रसुवा पशासनले सर्तकर्ता अपनाउन सर्वसाधारण तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ ।
चीनको केरुङतर्फ सामान लिनका लागि नेपाल–चीन सिमाना भोटेकोशी नदीमाथि निर्मित मितेरी पुल छेउमा सोमवार वेलुका नै लाइन वसेका २५ थान कन्टेनरमा राति माथिबाट आएको ढुंगे पहिरोले पुरेर लाखौंको क्षति पु¥याएको स्थलगत उद्धारमा पुगेका जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले वताए ।
१५ दशमलव ६ किलोमिटर दुरीको स्याफ्रुबेँसी–रसुवागढी मार्गको अन्तिम विन्दु टिमुरे गाविस–१ रसुवागढीमा २५ थान कन्टेनरलाई माथिबाट खसेको पहिरो तथा ढुंगाले क्षति पुर्याउँदा करोडौं रुपैया बराबरको नोक्सामन हुन पुगेको प्रहरीले जनाएको छ ।
वर्षात्को समयमा वाढीपहिरोको खतरा बढेका कारण सडकमार्गमा यात्रा गर्दा सजकता अपनाउन आग्रह गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए ।
सडकको अवरोध तथा पहिरो र ढुंगा पन्छाउन स्काभेटर मगाइएको प्रहरीले जनाएको छ । माथिबाट खसेको पहिरो र ढुंगाले लागेर ना५ख ६६६४, ना६ख ५३, ना६ख ७५०, ना३ख ५७१८, ना६ख ४५०८, ना३ख १३२, ना३ख ३९२, वा१ख ६४२४, वा२ख ३४६६, वा३ख २६८३, वा६ख ३५९५, वा६ख ३५९४ र ना३ख २३० नम्वरका कन्टेनरमा क्षति पुगेको घटनापछि उद्धारमा संलग्न प्रहरी निरीक्षक मुकुन्द खरेलले वताए ।
घटनालगत्तै सदरमुकाम धुन्चेवाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । राति तीन बजेदेखि खस्न थालेको ढुंगा विहान ११ वजेसम्म खसेको थियो ।
कन्टेनरलाई रसुवागढीमा लाइन राखेर चालक तथा सहचालक दुई किलोमिटर दक्षिणको टिमुरे वजारमा आएर बसेका कारण मानवीय क्षति हुन नपाएको सशस्त्र प्रहरी बल रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।
गएरातिको अविरल वर्षात्सँग आएको पानीले जिल्लाको पासाङल्हामु मार्गका दुई स्थानमा पहिरो गएको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार राम्चे गाविस–१ मूलखर्क र टिमुरे गाविस–१ रसुवागढी नजिक पहिरो जाँदा नेपाल–चीन केरुङको व्यापारिक मार्ग बन्द भएको छ ।
मंगलवार बेलुकीसम्ममा दुईवटा स्काभेटरलगाएर मुलखर्कको पहिरो पन्छाइएको छ भने टिमुरेमा आवतजावत बन्द भएको छ । नेपालको उत्तरी नाका अवरुद्ध हुँदा दर्जनौ मालबाहक सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन् ।
पहिरो क्षेत्रका आसपासमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख विष्टले बताए । अवरुद्ध सडक खुलाउने प्रयासका लागि सडक डिभिजन कार्यालयसँग डोजर मगाएर बाटो पन्छाउने समन्वय भइरहेको प्रजिअ कृष्णप्रसाद अधिकारीले जानकारी बताए ।

सन् १९९५ ताकाको कुरा हो। एकजना थिए, प्रकाश टिवडेवाल। जन्मले मारवाडी थिए, तर कर्मले उनी जे पनि हुन सक्थे। उनलाई मारवाडीले गर्ने पारम्परिक ब्यापार भन्दा अलग शैलीको काम गर्ने चस्का पस्ने गर्थ्यो। एकपटक उनले अरु सब छोडेर ढुंगामा फोटो छाप्ने प्रविधि भित्र्याएर आफना समकालीन मारवाडी हरुलाई हँसाए। हाँस्ने मध्ये एकजना गैर मारवाडी पनि थिए, प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाका तत्कालीन प्रेस सल्लाहकार जयप्रकाश गुप्ता। उनले एक साँझ मलाई भने, ” अब यो डुब्छ, मारवाडी कलाकार भएर कसरी ब्यापार गर्ला?”
नभन्दै, जेपीले भनेजस्तै, ‘ढुंगे-तस्वीर’को ब्यापार चलेन। प्रकाश टिवडेवाल पनि केही समय भेटिएनन। तर उनको एउटा गजबको चारित्रिक बिशेषता थियो, उनी “मेडीया फ़्रेण्ड्ली” थिए। त्यतिबेला नाम चलेका पत्रकारहरुले प्रकाशको घाटको पानी पिएको छैन भन्ने दावी गर्यो भने मलाई त्यो हास्यास्पद लाग्नेछ।
एक साँझ एउटा जमघटमा प्रकाश भेटिए, उनले आफ्नो नयाँ ‘धन्धा’ को बारेमा सुनाए। बास्तवमा त्यो उनको व्यक्तिगत स्वामित्वको ‘धन्धा’ थिएन।यो धन्धामा त्यतिबेला सत्ताका नजीक रहेका धेरैले आफ्नो तीनपुस्ते अर्थ व्यवस्था बलियो बनाए। कालान्तरमा यो धन्धा “एलसी काण्ड” का रुपमा कुख्यात भयो। यसमा उनका र यो धन्धामा लागेकाहरुका प्रमुख मतियार थिए, अहिलेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की। उनी त्यतिबेला तत्कालीन अर्थमन्त्री महेश आचार्यको कृपाले भन्सार विभागका महानिर्देशक थिए।
कान्तिपथको ‘होटेल माउण्टेन’को एउटा हलमा चुरोटको धुँवा र व्हिस्कीको गन्धबीच गफिने व्यापारीहरुमा प्रकाश एक्ला थिएनन, त्यहाँ हरेक पार्टी र दरवार संग सम्बद्द व्यापारिक घरानाका प्रतिनिधि थिए। उनीहरुको निर्क्योल थियो , ” खजाञ्ची (राष्ट्र बैंक) संग कुरा मिलिसकेको छ। भन्सारको लागी हाम्रो ‘हात्ती’ (लोकमान सिंह कार्की) छदैंछ।” नभन्दै व्यापारीहरुका हात्ती त्यहाँ आईपुगे। सबैसंग हात मिलाए। अनि अजंगको शरीर कुर्सीमा थचारेर ‘वेटर’ लाई हप्काए, “सिंगल माल्ट छैन?” यो उच्चस्तरीय बिदेशी रक्सीको एउटा प्रकार हो।
तत्कालीन सरकारले “कृषकहरुको सुविधाका लागि” मल आयात गर्दा डलर सटही दरमा राष्ट्रले घाटा खाएर प्रति डलर आठ रुपियाँ छुट दिने निर्णय गरेको थियो। यसको सुविधा कृषकहरु भन्दा कमीशनखोरहरुले उठाए। राष्ट्र बैंकले छुट दिएको दरमा डलर सटही सुविधा दिन्थ्यो। मल आउंथ्यो, बोरामा होईन, केवल कागज मा। नक्कली प्रज्ञापन पत्र, नक्कली सबैकुरा भन्सारमा बुझाइन्थ्यो। भन्सार विभागका महानिर्देशक कार्कीको नेतृत्वमा कर्मचारीहरु त्यो नक्कली कागजपत्रमा ल्याप्चे लगाउँथे। लोकमानले नेता, कर्मचारी, राष्ट्र बैंक सबैलाई खुशी तुल्याएका थिए।
तर एउटा समूह खुशी थिएन। कान्तिपुर प्रकाशन गृहको छायाँमा आफ्नो अघोषित ब्यापार बिस्तार गर्न लालायित एउटा समूह “एलसी” काण्डको ‘तर’ मार्न बाट बन्चित भयो। कान्तिपुरले यसबिरुद्द ‘जेहाद’ नै छेड्यो। ठुला हरु उम्के, कान्तिपुरले अदालत भन्दा पहिले प्रकाश टिवडेवाललाई ‘दोषी’ ठहर गर्दै, सम्पूर्ण खति उनको टाउकोमा थोपर्यो। कैलाश सिरिहियाले त्यतिबेला आधा दर्जन सम्बाददाताहरुलाई प्रकाश टिवडेवालको मानमर्दन गर्न खटाए। कुनैबेला कैलाश र प्रकाश रक्सी मात्र होईन, केटी पनि साटासाट गर्थे।
त्यतिबेला कैलाश सिरोहियाले लोकमान सिंहको यो काण्डमा संलग्नताको बारेमा कान्तिपुरमा एक शब्द लेख्न दिएनन। कान्तिपुरका संचालकहरुलाई थाहा थियो, महेश आचार्य मार्फत गिरिजाप्रसाद कॊइरालाको कृपापात्रका रुपमा लोकमान अर्थ सचिवमा बढुवा हुने तरखरमा छन्। लोकमानलाई अर्थसचिवको पदमा स्थापित गर्ने कांगेस सरकार सडकमा पुग्दा, गिरिजाप्रसादको टाउकोमा लाठी बजार्ने राजाको सरकारको मुख्यसचिवमा उनै लोकमान सिंह थिए। उनले लोकसेवा आयोगको परीक्षा दिनुपरेन। राजा बीरेन्द्रको हुकुम प्रमांगीबाट उनी निजामती सेवामा प्रवश गरे।
जनआन्दोलन २ को सफलता पछि लोकमान बेपत्ता भए। उनले अख्तियार दुरुपयोग सनुसंधान आयोगको प्रमुखका रुपमा रहस्यमय नियुक्ति पाएपछि बीबीसीमा एउटा अन्तर्वार्ता दिंदै भने, “म यो दूई बर्ष भारतमा पाईलट बाबाको सान्निध्यमा आध्य्यात्मिक ज्ञान आर्जन गर्दै थिएँ।” पाईलट बाबा अध्यात्मिक गुरु होईनन, सत्ताको दलाली गर्ने सयौं भारतीय गुरुहरु मध्ये एक हुन्, जसको भारतीय अन्तर्राष्ट्रीय गुप्तचर संस्था संग सांठगाठ रहेको छ। यो कुरा स्वयं भारतीय संचार माध्यमहरु भन्छन।
डा. बाबुराम भट्टराईले आफ्नो प्रधान्मन्त्रित्वकालमा भारतीय योजना अनुसार प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने प्रस्ताव गरेपश्चात लोकमान सिंहको नाटकीय उदय भएको हो। भारतलाई आगामी चुनाव मार्फत नेपालमा कुन दलको सरकार बन्छ भन्ने कुराको निश्चित यकीन थिएन। भारतको “र” अनि विदेश मन्त्रालयको छुट्टै “कूटनीतिक रिपोर्ट” र राजदूतको “व्यक्तिगत” आकलन परस्पर बाझिएको थियो।
बाबुरामले माओवादी पार्टीभित्र धमिरा लगाईसकेका छन् भन्ने कुरा भारत लाई ज्ञात थियो । किनभने, यो भारतकै योजना थियो। भारतलाई चुनाव अघिनै नेपाली राजनीतिलाई आफू अनुकूल सन्तुलनमा राख्ने एउटा ‘उत्तोलक’ को आवश्यकता थियो। लोकमान यसका लागि उपयुक्त पात्र थिए। उनी पंचायती शासनमा हुर्किएका पात्र थिए। गिरिजाकालले उनलाई पुल्पुल्याएको थियो। ज्ञानेन्द्रले उनको यो अनुभवको उपयोग गरेका थिए।
गणतान्त्रिक नेपालका नीति निर्माताहरुको टाउको माथी भारत “डेमोक्लसको तरवार” झुण्ड्याउन चाहन्थ्यो। यसकालागी राष्ट्रपति रामवरण यादवलाई लज्जित तुल्याउँदै रातारात भारतीय “टेलिफोन” हरुले लोकमानलाई नियुक्ति दिलाए। त्यो दिन, लोकमान को शीर ठडियो, लोकतन्त्रको शीर निहुरियो। भारतलाई लोकमान नै छान्नुपर्ने आवश्यकता किन पर्यो त?
नेपालका हरेक पार्टीका नेताहरुले लोकमानले राष्ट्रिय ढुकुटीबाट लुटेको पैसामा आफ्नो मुख गाडेका छन्। लोकमान बिरुद्द संसदीय सुनुवाई गर्ने र अभियोग सावित गरेर उसलाई पदच्यूत गर्ने नैतिक साहस अहिलेका कुनै नेतामा छैन।
लोकमानको समानान्तर सरकार चलेको छ। सबैले देखेका छन्। तर कोही बोल्दैनन। किन? लोकमान बॆइमान हो। तर लोकमान माथि औंला उज्याउनेहरु आफै ईमान्दार छैनन्। भारतले नेपालको यही कमजोरीको फाईदा उठाएको हो। बलियो छिमेकीले निर्बल किसानको बारीमा लोकमान नामको साँढे छोडेको छ।
साभारः पिएसजे




असार लागेसँगै नेपाली कृषकहरु खेतमा धानको वीउ रोप्नमा व्यस्त छन् । असारमा रोपेर मंसिरमा मुरी फलाउने सोचका साथ उनीहरु खेतमा व्यस्त देखिएका हुन् । यो चटारो भदौको पहिलो सातासम्म धेरै ठाउँमा देखिन्छ ।
यहि मेसोमा नेपाली चलचित्रका २ चर्चित कलाकारले पनि हिलोमा बाउसे गर्दै रोपाइँ गरेका छन् ।
नायिका प्रियंका कार्कीले हातमा धानको वीउ लिएर रोपाइँ गर्दै गर्दा अर्का कलाकार दीपकराज गिरीले भने बाउसेको काम गरे ।





हिलोमा यी दुइले प्रेम साटासट गरेको दृश्य रोचक थियो । तर, उनीहरुले यस्तो दृश्य भने चलचित्रका लागि दिएका हुन् । भदौ २४ गते रिलिज हुने चलचित्र ‘छक्का पन्जा’को ‘सुन न चम्पा’ बोलको गीतका लागि यी दुइलाई हिलो खेतमा फिचरिङ गरिएको हो ।


नायिका प्रियंका कार्कीले हातमा धानको वीउ लिएर रोपाइँ गर्दै गर्दा अर्का कलाकार दीपकराज गिरीले भने बाउसेको काम गरे ।
हिलोमा यी दुइले प्रेम साटासट गरेको दृश्य रोचक थियो । तर, उनीहरुले यस्तो दृश्य भने चलचित्रका लागि दिएका हुन् । भदौ २४ गते रिलिज हुने चलचित्र ‘छक्का पन्जा’को ‘सुन न चम्पा’ बोलको गीतका लागि यी दुइलाई हिलो खेतमा फिचरिङ गरिएको हो ।

१४ असार । अपराध र गुन्डागर्दी अन्त्य गर्नुपर्छ भन्ने मान्यतासाथ काम गरिरहेका प्रहरी वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) सवेन्द्र खनालको चर्चा जताततै छ । अभियुक्तहरु अहिले उनलाई ‘खतरा खनाल’का रुपमा चिन्छन् ।
खनालको खतरनाक अप्रेशनका अगाडी गुन्डाहरुको केही सीप चल्न सकेको छैन । पावर र पोजिशनको आडमा गुन्डागर्दी गर्छु भन्नेहरुको पीर नै खनाल बनेका छन् । केहीदिन अघिमात्र उनले भनेका छन्,‘ठूला डन भनिने गुन्डाहरु हराए केही टोले गुन्डाहरु सक्रिय भएजस्तो लाग्छ । तर, सवै क्लिन हुन्छ ।’
अपराध महाशाखा प्रमुख खनालको चर्चा अहिलेमात्र होइन, उनी जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ चर्चालायक काम गरे । प्रहरीकोे सुद्धिकरण पनि आफैंबाट सुरुवात गर्न उद्दत खनाल पछिल्लोे समय आम जनता र प्रहरी भित्रै आशाका किरण बन्न पुगेका छन् । गलत धन्दामा लागेका एक डिएसपीलाई नै एसएसपी खनालले फूली थुतेर ‘डिमोसन’ गरी ईन्सपेक्टर बनाएका थिए । ती डिमोसनमा परेका अधिकारीले राजीनामा गरे ।
प्रहरीभित्र अत्यन्त अब्बल दर्जाका अधिकृतका रुपमा परिचित खनाल कुशल नेतृत्व लिन सक्ने व्यक्ति हुन् । अपराध महाशाखामा होस् वा तराईका बिभिन्न जिल्ला तथा अञ्चलमा प्रमुखको जिम्मेवारी सम्हाल्दा खनालले संगठित रुपमा हुने अपराध रोक्न चालेको कदम अहिलेपनि चर्चाको शिखरमा छ । भारतीय प्रहरीका लागि समेत टाउको दुखाईको विषय बनेका सीमा क्षेत्रका मोष्ट वान्टेड अपराधीलार्ई एसएसपी खनाले सातो लिएका थिए ।
तराईका जिल्लामा जालोको रुपमा फैलिएका बालविवाह र दाइजोप्रथा रोक्न पनि खनालले महत्वपूर्ण भुमिका खेलेका थिए । पहिलो संविधान सभाको चुनाव २०६४, तथा गत वर्ष काठमाडौमा भएको सार्क सम्मेलनलाई सफल पार्न सुरक्षाको जिम्मेवारी पाएका खनालले आप्mनो भूमिका कूशलताका साथ निभाए ।
विदेशमा भएका तालिमहरुमा पनि सर्वोत्कृष्ट भई खनालले प्रहरी संगठनको मात्र होइन देशकै शीर उच्च राखेका थिए । पछिल्लो पटक इटलीको रोममा भएको विश्वका ३७ देशका प्रहरी अधिकृतहरु सम्मिलित तालिममा खनाल सर्वोत्कृष्ट घोषित भएका थिए । हाल महानगरीय अपराध महाशाखामा कार्यरत एसएसपी खनाल दृढ र बहादुर प्रहरी अधिकारीका रुपमा परिचित छन् ।
महाशाखामा सरुवा भए लगत्तै राजनीतिक आडमा हुने संगठित गुण्डागर्दीको जालो च्यात्न सुरु गरेका खनालले मधेशमा हुँदा सशस्त्र समूहलाई निशस्त्र पार्ने काम गरे । खनालको सरुवा सँगै उपत्यकमा गुण्डागर्दी, कालोधन्दा संगठित रुपमा हुने ठगी, मानव तस्करी, व्ल्याकमेलिङ गरी रातारात करोडपति हुनेहरुको अहिले सातो उडेको छ । केही मानब तस्करीहरु उनको सरुवा गर्ने शक्ति केन्द्रमा लबिङ गर्न थालेका छन् ।
अधिकांश गुण्डानाइके तथा तिनका सदस्यहरु गुमनाम त कोही देशबाटै पलायन हुन थालेका छन् । राजधानीका कुख्यात गुण्डा नाईके कुमार श्रेष्ठ उर्पm घटंैको इन्काउन्टरदेखि फुटबलको म्याच फिक्सिङमा राष्ट्रिय खेलाडी पक्राउ, ईन्धन ठगी पक्ररणमा सहसचिव पक्राउ गर्न हिम्मत राख्ने खनाल अन्य प्रहरीको प्रेरणाका स्रोतसमेत बनेका छन् । उनको काम देखेर भ्रष्टहरुको होस छैन भने समकालिनहरु भने जिब्रो टोक्छन् ।
जनताले तिरेकोे राजस्वबाट तलब खाएर देशमाथि गद्दारी गर्नेलाई पुजा गर्न नसकिने भनाई एसएसपी खनालको छ । प्रमाण पाएसम्म कसैलाई नछाड्नी दाबी उनको छ । पेट्रोल पम्पमा रिमोट जडान गरी सीण्डिकेट तबरबाटै कम तेल दिएर उपभोक्ता ठगी गर्ने संगठित जालो पनि एसएसपी खनालले तोडे ।
ललितपुर बडी खेलको हत्याकाण्ड, बैंकको नक्कली एटिएम काण्ड, कन्सल्टेन्सीको आबरणमा ठगी धन्दा, युनिटीका सञ्चालक पक्राउ जस्ता आम जनमानसमा चासोको बिषय बनेका अपराधको सफल अनुसन्धान पनि खनालले गरे । केही बदनाम प्रहरीका कारण कहिलेकाँही बिबादमा आउने नेपाल प्रहरी खनाल, एसएसपी रमेश खरेल, बिक्रमसिंह थापा जस्ता प्रहरीले संगठनको इज्जत धानेका छन् । खनाल भन्छन्,‘गद्दार, भ्रष्ट र जनतालाई दुख दिनेको गुलामी गर्न सकिँदैन, पुजा गर्न सकिँदैन ।’
भारतको विहारस्थित पूर्वी र पश्चिम चम्पारणमा ३६ जनाको हत्या अभियोग लागेका फरार अपराधी बब्लु दुबेलाई नेपालमा पक्राउ गरेर एसएसपी खनालले अन्तर्राष्टिय अपराधीको सुरक्षीत स्थल नेपाल नभएको सुचना विश्वबजारमा प्रवाह गरे । तत्कालिन समयमा नारायणी अञ्चलमा कार्यरत खनालले काठमाडौंको सितापाईलाबाट दुबेलाई नियन्त्रमा लिएका थिए ।
कर्तव्य ज्यान, लुटपाट र बैंक डकैतीमा संलग्न विहारका मोस्ट वान्टेड अपराधी दुबे भारतीय प्रहरीको लागि टाउको दुखाएको बिषय बनेका थिए । दुबेलाई सीतापाइलाको होम हाउजीङमा लुकिछीपि बसेको अबस्थामा पक्राउ गरिएको थियो । दुबेको सुराकी दिनेलाई विहार प्रहरीले २ लाख भारु पुरस्कार समेत तोकेको थियो ।
बिहारका मुख्यमन्त्री नितीशकुमारले देख्नासाथ गोली हान्ने आदेशसमेत दिएका दुबेलाई एसएसपी खनालले पक्राउ गरेपछि मोतीहारीका एसपी विनयकुमारसहित भारतीय प्रहरीको टोलीले अञ्चल प्रहरी कार्यालय नारायणीमै आएर एसएसपी खनाललाई बधाइ दिएका थिए ।
हत्या, अपहरण, लागु औषध कारोबार, फिरौती, तस्करी र कुख्यात अपराधीको चलखेलको अखडा बनेको वीरगञ्जलगायतका जिल्लाहरु एसएसपी खनालको कार्यकालमा शान्त रहे । उनी अपराधका र अपराधीका ‘काल’का रुपमास्थापित थिए ।
तत्कालिन समयमा एसएसपी खनालले आपराधीक गतिबिधी विरुद्ध विशेष अभियान थालेपछि भारतीय सीमासँग जोडिएका मध्य तराईका बारा, पर्सा र रौतहटका उद्योगी, व्यवसायी, राजनीतिकर्मी, तथा सरकारी जागिरेलाई निशाना बनाउँदै गतिविधि बढाएका आपराधिक गिरोहमाथि प्रहरीले निगरानी बढाएपछि अपराध घटेको व्यापारीहरु बताउँछन् ।
आपराधिक क्रियाकलापमा लागेका र फरार भएकालाई पक्राउ गर्न खनालले वीरगञ्ज अञ्चल कार्यालयमा ‘क्राइम कन्ट्रोल स्पेसल फोर्स’ नै बनाएका थिए । जसका कारण आपराधीक गिरोहका नाइके र तिनका सदस्य धमाधम पक्राउ परेका थिए ।
बाराको गञ्जभवानीपुरमा–४ जना माओवादीको हत्या गरि भारत अदापुरमा बस्दै आएका भूमिगत संगठनका सैन्य कमाण्डर अग्नी भनीने सुनील जैसवाल, भारतको पटनामा बस्दै आएका १३ हत्याका आरोपी धनुषा लक्ष्मीपुरका बगेवा–७ का राजन मुक्ती भनिने रञ्जितकुमार झा, पर्साको लिपनीविर्ता गाविस–८ का चौहना सिंह र पर्साका सहायक प्रजिअमाथि गोली हान्ने भूमिगत संगठनका नाइके बारा सुखीपथरा गाविस–८ का भुलावनकुमार पासवान पनि पक्राउ परिसकेका छन् । जसको जस सर्वेन्द्र नै हुन् ।
६ असोज २०७० मा लामो समयदेखि अपराधीक कृयाकलापमा लागेका सशस्त्र भूमिगत समूहका जिल्ला सैन्य कमाण्डर चौहान सिंह भनिने रविन्द्र पटेल पक्राउ परेका थिए । जनतान्त्रिक मुक्ती मोर्चा गोइत र ज्वाला समूहका लागि काम गरेका चौहानले ७ भदौ, २०६४ मा काँग्रेस कार्यकर्ता फुलचन्द शाह र ३ असोन २०६५ मा जिप्रका पर्साका अधिकृत मोहन मैनालीको हत्या गरेका थिए ।
यसैगरी खनालको कार्यकालमा जाली नोटका कारोबारीको पनि निद्रा हरायो । विहार किशनगंज जिल्लाको मोहमरी निवासी असराफुल सेख र मोहम्द जहरुद्दीन एक लाख ७४ हजार भारतीय जाली नोटसहित पक्राउ परे । २०७० को सुरुमै इनर्वाका वहीद अन्सारी पनि नक्कली नेपाली र भारु नोटसहित पक्राउ परे । त्यसैगरी अपहरणमा परेका वीरगञ्ज–१३ का ८ वर्षीय श्लोक अग्रवाल र कलैया–५ का गोपाल अग्रवालका नाबालक छोरा विनोद अधिकारीलाई विशेष अप्रेशन चलाएर अपहरण मुक्त गराई विश्वास कमाएका थिए, खनालले ।
एसएसपी खनाल नेतृत्वकै टोलीले बाराको निजगढबाट ३ जनाको अपहरणमा संलग्न रामबहादुर माझीसहित ६ जना अपहरणकारी पक्राउ ग¥यो । खनालले सीमामा मादक पदार्थ तस्करविरुद्ध अभियान चलाएका थिए । बिरगञ्जमा कैयौ अप्रेशन सफल गरेका खनालले अपराध महाशाखाको जिम्मेवारी सम्हालेसँगै राजधानीमा संगठित रुपमा हुने आपराधमा न्यून आएका छ ।
एसएसपी खनालको जहाँ पोस्टिङ हुन्छ, त्यहा आपराधिक क्रियाकलापको नियन्त्रणमा उनको प्रशंसा सुनेको र देखेको भन्दै अभिनेता राजेश हमाललेसमेत एसएसपी खनाललाई सम्मान गरेका छन् । राजधानीमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कपुरधारा टोल सुधार समितिले एसएसपी खनालाई गत महिना सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
८ महिना अगाडी महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख रहेका खनालले गुण्डागर्दी नियन्त्रण,पेट्रोल पम्पमा हुँदै आएको संथागत ठगी, म्याच फिक्सिङको जरो उखेल्ने देखि एजुकेशन कन्सलटेन्सीमा हुँदै आइरहेको बिकृतिबिरुद्ध अपरेशन चलाएर पछिल्लो समय चर्चा कमाएका छन् । उनको अठोट नै अपराध नियन्त्रण हो । भन्छन्,‘देशले दिएको जिम्मेबारीलाई कर्तव्यका रुपमा पुरा गर्नलागि परेको हुँ । संगठनले दिएको अधिकार, जनताले दिएको जिम्मेबारी नै मेरो शक्ति हो ।’ जनप्रहार साप्ताहिकमा समाचार छ ।
काठमाडौं– आफ्नै नेतृत्वको सरकारले ०७४ माघमा संसद चुनाव गराउने चाहना राखेका प्रधानमन्त्री केपी ओलीका लागि दिनदिनै संकट बढ्न थालेका छन् । प्रधानमन्त्री ओलीको विकल्प खोज्न विपक्षी काँग्रेस मात्र होइन, सत्तारुढ दल र उनकै पार्टीभित्रबाट गृहकार्य शुरु भएको छ । यो प्रधानमन्त्री ओलीका लागि दूखद समाचार हुन सक्छ ।
प्रधानमन्त्री ओलीलाई आजका दिनमा संकट पैदा गराउने फ्याक्टरहरु के–के हुन त ? अनि ओलीको विकल्प कसले कसरी खोजिरहेको छ ? नेपाली राजनीतिमा यी चासोका विषय हुन् ।
संकट १–विपक्षी काँग्रेस : प्रधानमन्त्री ओलीको विकल्पका लागि औपचारिक र अनौपचारिक दुवै तरिकाले तयारी थालेको विपक्षी काँग्रेस ओलीका लागि सवैभन्दा ठूलो संकट बनेर आएको छ । काँग्रेसले गत शुक्रवारदेखि भूकम्पपीडितलाई एकमुष्ठ दुई लाख दिनुपर्ने मागसहित संसद वैठक अवरुद्ध गरिरहको छ । एकमुष्ठ दुई लाख उपलब्ध गराउने काम जटिल र तत्कालका लागि असम्भव भएपनि काँग्रेसले जसरी संसद अवरुद्ध पारेको छ, यो उसको ओलीलाई धेराबन्दी गर्ने रणनीति अन्तर्गतको कदम हो । भूकम्पपीडितको नाममा काँग्रेसले गरेको यो राजनीति स्थानीय चुनावका लागि जनमत बनाउने र ओलीको विकल्प खोज्ने हतियारका रुपमा आएको बुझ्न कुनै कठिनाई छैन् । काँग्रेस ओली नेतृत्वको सरकारबाट चुनाव गराउने पक्षमा देखिदैन ।
संकट २–माओवादी केन्द्र : सत्तारुढ दल हुँदाहुँदै पनि ओलीका लागि माओवादी केन्द्र संकटका रुपआ अगाडि आएका छ । तीन बुँदे भद्र सहमति कार्यन्वयनमा ओली र एमालेको भूमिकाबाट प्रचण्ड सन्तुष्ट छैनन् । प्रचण्डले मुद्धामिल्ने शक्तिसँग सहकार्यको रणनीति अगाढि बढाउन थालेका छन् । यो ओलीका लागि प्रतिकुल हुन सक्छ । राष्ट्रिय एकता खलबल पार्ने ओलीको शैलीबाट प्रचण्ड दिक्क भएका छन् । शान्ति प्रक्रिया लगायतका काम यो सरकारबाट टुंगिन सक्छन् भन्ने विश्वास माओवादी केन्द्रका नेताहरुमा हराउँदै गएको देखिन्छ । एमालेसँग चुनावी कार्यगत एकताको सम्भावना कमजोर बन्दै गएपछि माओवादी केन्द्र चुनावी अनुकुलताको सरकारको पक्षमा उभिन सक्छ । राष्ट्रिय सहमति र राष्ट्रिय सरकार निर्माणका लागि आफुले सवै प्रमुख दल, मधेश केन्द्रत दल, आदीवासी–जनजाती र थारु लगायतका उत्पीडित समुदायसँग संवाद गरिरहेको प्रचण्डको भनाई छ ।
संकट ३– माधव नेपाल समूह : प्रधानमन्त्री ओलीका लागि आफ्नै पार्टीभित्रको असन्तुष्टि अर्को संकट बनेर आउँदै छ । एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसी मोर्चासहितको राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रस्ताव गरेका छन् । युवा संघ नेपालद्वारा सोमबार आयोजित पुष्पलाको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा नेपालले त्यस्तो आह्वान गरेका हुन् । कांग्रेसले लगातार संसद् अवरुद्ध गर्दा संविधान कार्यान्वयनदेखि स्थानीय तहको निर्वाचन तयारीसम्मका काम रोकिएको भन्दै नेपालले अबको २० महिनामा सबै काममा पहिले सहमति गरेर राष्ट्रिय सहमतिको अर्को सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् । यो ओलीका लागि भयानक संकट हुन सक्छ । विगतमा झलनाथ खनाल र माधव नेपाल नेतृत्वको सरकार ढाल्न एमालेभित्रैबाट भएका गतिविधि निर्णायक थिए । नेपालले एजेन्डामा सहमतिपछि प्रधानमन्त्री जो पनि बन्न सक्छ भनेर ओलीको विकल्प आबश्यक भएको बताईसकेका छन् । यो समूह एकलौटी तरिकाले सरकार चलाउने ओलीको कार्यशैली रहेको निश्कर्षमा छ ।
संकट ४–आन्दोलनरत शक्ति : तराई–मधेशमा आन्दोलनरत शक्तिहरु ओलीको कार्यशैली र बोलीप्रति असन्तुष्ट छन् । उनीहरुले आन्दोलनका वीच पनि ओलीको विकल्पलाई प्राथामिकतामा राखेका छन् । तराई–मधेश, आदीवासी–जनजाती र थारुहरुको आन्दोलनप्रति अनुदार भएर प्रस्तुत हुने ओलीका लागि यी आन्दोलनकारी शक्तिहरु अर्को संकट हुन् । अव उनीहरु ओली सरकारबाट आफ्ना मागहरु सम्बोधन हुदैनन् भन्ने निश्कर्षमा पुगेको देखिन्छ । काँग्रेस र माओवादी केन्द्रले जसरी आन्दोलनकारी शक्तिसँग सामीप्यता देखाएका छन्, यसले ओलीको विकल्प खोज्ने वैकल्पिक गठबन्धनतर्फ नै संकेत गर्दछ ।
संकट ५–भारत : आफ्नो चाहना विपरित प्रधानमन्त्री बनेका ओलीको विकल्प भारतको प्राथामिक कार्यसूचिमा परेको छ । सरकार बचाउन बाध्यताले भारत विरोधी खेमामा आएका ओलीसँग काम गर्न नसकिने निश्कर्षमा दिल्ली पुगेको छ । चीनसँगको अस्वभाविक सम्बन्धले भारतको सुरक्षा चासोमा असर गरिरहेको दिल्लीको बुझाई छ । नाकाबन्दी र मधेश आन्दोलनबाट आफ्नो अनुकुल नेपाली राजनीति अगाडि नबढेको बुझाईसँगै दिल्ली ओलीको विकल्प खोज्न हतारमा रहेको देखिन्छ । मूलत काँग्रेस नेताहरुलाई अगाडि सारेर नयाँ गठबन्धन बनाउने दिल्लीको पहिलो कार्यसूचि देखिन्छ । त्यसो भएन ओलीको विकल्पमा प्रचण्ड वा माधव नेपाललाई पनि केही महिनाका लागि प्रधानमन्त्रीका रुपमा अगाडि सार्न सकिने दिल्लीको सोच देखिन्छ । कुटनीतिक सम्बन्ध विगारेको आरोप लागेका ओलीका लागि दिल्ली संकटका रुपमा छ ।
संकट ६–बेलगाम मन्त्री : आफ्नै नेतृत्वको मन्त्रीपरिषद्का सदस्यहरु प्रधानमन्त्री ओलीका लागि संकट हुन, जोेसँग जुनसुकै बेला सम्बन्ध भत्किन सक्छ । जस्तो कि, उपप्रधानमन्त्री एव्म परराष्ट्रमन्त्री कमल थापा हिन्दु राष्ट्रको पक्षमा आन्दोलनमा छन्, जवकी धर्मनिरपेक्षतासहितको संविधान कार्यन्वयनका लागि उनले सपथ लिएका थिए । अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसी संघीयताको विरोधमा आन्दोलनमा छन्, उनी पनि संघीयता कार्यन्वयन गर्ने संविधान अनुसार सपथ खाएर मन्त्री भएका थिए । अर्का उपप्रधानमन्त्री आफै विजयकुमार गच्छदार आफै ज्ञापन पत्र बोकेर बालुवाटार जान्छन् । गृहमन्त्री शक्ति बस्नेतले प्रधानमन्त्रीलाई टेर्दैनन् । उखान टुक्का र योजनाविनाका सपना बाढ्न ओली माहिर बनेका छन् । उनको यो कार्यशैली आफै संकटमा रुपमा आउँदै छ ।
यी संकटहरु तोडेर ओलीले आफ्नो सरकार कहाँसम्म लैजान सक्छन् ? यहीमाथि केही समय नेपाली राजनीति दौडिने निश्चित नै छ ।