सर्वोच्चको अादेशपछि डिआईजी सिलवालको यस्तो प्रतिक्रिया...


काठमाडौं— डिआईजी नवराज सिलवालले आफूले जीवनभर अन्यायमा परेकाहरुका लागि काम गरेको दाबी गरेका छन्। प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय रोक्न उनले दायर गरेको रिटमा बुधबार सर्वोच्चले अन्तरिम आदेश नदिएपछि डिआइजी सिलवालले 'पीडितको पक्षमा इमान्दारिपूर्वक काम गर्दै आएको' उल्लेख गरेका हुन्।

‘मैले जीवनभर अन्यायमा परेकाहरुका लागि काम गरेको छु। भविष्यमा पनि हरकोही पीडितका लागि इमान्दारीपूर्वक काम गर्नेछु’, डिआईजी सिलवालले ट्विट गर्दै भनेका छन्।
‘मैले जीवनभर अन्यायमा परेकाहरुका लागि काम गरेको छु। भविष्यमा पनि हरकोही पीडितका लागि इमान्दारीपूर्वक काम गर्नेछु’, डिआईजी सिलवालले ट्विट गर्दै भनेका छन्।
सिलावलको रिटमा बुधबार सर्वोच्च अदालतको एकल इजलाशले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले बुधबार दुवै पक्षलाई छलफलमा बोलाउने र नियुक्ति गर्नुको कारण माग गर्ने आदेश मात्र जारी गरेको थियो।
प्रहरी प्रमुख नियुक्तिको विवाद लम्बिएपछि डेढ महिनादेखि प्रहरी संगठन निमित्त आइजीको भरमा चल्दै आएको अवस्थामा सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा अर्याललाई गत मंगलबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। नियुक्ति लगत्तै मध्यराति उनलाई गृह मन्त्रालयमा दज्र्यानी चिन्ह दिएर जिम्मेवारी सुम्पिएको थियो।
सो नियुक्तिविरुद्ध अदालतमा रिट दायर गरेका डिआइजी सिलवालले आफ्नो संघर्ष न्यायिक सर्वोच्चताका लागि भएको उल्लेख गरेका थिए। 'मेरो संघर्ष पदको लागि भन्दा न्यायिक सर्वोच्चता र प्रजातान्त्रिक मूल्यहरुको जगेर्नामा समर्पित छ', उनले भनेका थिए।
१ फागुनको मन्त्रिपरिषद् बैठकले डिआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो। डिआईजी नवराज सिलवालसहितले सर्वोच्च अदालतमा रिट दायर गर्दा त्यतिबेला सर्वोच्चले अन्तरिम आदेश दिँदै चन्दको नियुक्ति रोकेको थियो। पछि सर्वोच्चको पूर्ण इजालशले चन्दको नियुक्ति बदर गर्दै सरकारलाई कार्यसम्पादन मूल्यांकनका आधारमा प्रहरी महानिरीक्षक नियुक्त गर्न आदेश दिएको थियो।
सिलवालको ट्विट

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors