देउवाले निधिलाई फिर्ता बोलाउने, गृहमन्त्रीमा सिटौला !

३१ चैत , काठमाडौं ।
नेपाली कांग्रसभित्र चुनावको मुखमै विवाद चुलिएको छ । सरकारको नेतृत्व गरेका उप्रधान एवं गृहमन्त्री निधिले दोस्रो वरियता क्रम आफूले पाउनु पर्ने अडान राखेपछि कांग्रेसभित्र नयाँ विवाद जन्मिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राप्रपाका अध्यक्ष कमल थापालाई दोस्रो उपप्रधानमन्त्रीको वरियता दिएपछि निधिले मन्त्रीपरिषद्को बैठक समेत बहिष्कार गरेका छन् ।
निधिले मन्त्रीपरिषद् नै बहिष्कार गर्नेसम्मको नीति लिएपछि सभापति देउवाले निधिलाई सरकारबाट फिर्ता बोलाएर कृष्णप्रसाद सिटौलालाई गृहमन्त्री बनाउने तयारी गरेको स्रोतले बतायो । देउवा निकट एक नेताले नेपाली हेडलाइन्ससँग भने, ‘मन्त्रीपरिषद्को बैठकमा नजाने भएपछि नैतिक रुपमा पनि अब सरकारमा बस्ने अधिकार निधिलाई छैन, पार्टीले सत्ता गठबन्धन बलियो बनाउने थापालाई दोस्रो वरियता दिने सहमति जनाएको हो, निधिले बढी नै घमण्ड गर्नु भो ।’
पार्टी सभापति देउवाले मधेसी मोर्चा बाहिरिएपछि अहिलेको गठबन्धनलाई कायमै राख्न राप्रपाको साथ खोजेका छन् । तर निधिले उपप्रधानमन्त्रीमा वरियताको विवाद झिकेर देउवालाई नै संकटमा पार्ने नीति लिएपछि निधिलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको हो ।
पार्टीमा तेस्रो समुहको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला पछिल्लो समय देउवाको नजिक भएर काम गर्दै आएका छन् । देउवाको उत्तराधिकारी को बन्ने दौड चलेको बेला सिटौलाले हरेक निर्णयमा देउवालाई सल्लाह दिने गरेका छन् । निधी र देउवाबीच दुरी बढेपछि देउवाले सिटौलालाई नै अगाडि बढाउने तयारी गरेका छन् ।
देउवा र निधिबीच प्रहरी प्रमुख नियुक्तिको विषयदेखि विवाद सुरु भएको थियो । देउवाको विश्वासपात्र मानिएका निधिले देउवालाई कतिपय अवस्थामा अटेर गर्दै अगाडि बढेकाले पनि देउवा उनीसँग रुष्ट रहेका छन् ।

निधिलाई चिन्तै चिन्ता

वरियतामा दोस्रो नपाएपछि उपप्रधानमन्त्री निधि राजीनामा दिने अन्तिम निष्कर्षमा पुगेका थिए । राजीनामा दिनु अघि उनले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग गृह मन्त्रालयमा परामर्श गरेका थिए । मन्त्रीहरुले तत्काल राजीनामा नदिन आग्रह गरेपछि उनले मन्त्रीपरिषद्को बैठकमा पनि नजाने र राजीनामा पनि नदिने नीति लिएका थिए । अन्ततः निधि प्रधानमन्त्री प्रचण्डले बोलाएको मन्त्रीपरिषद्को बैठकमा सहभागी हुनुको सट्टा घरमै बसे ।
निधि राजीनामा दिने मनस्थितिमा पुगे पनि दुई कारणले गर्दा राजीनामा नदिएको कांग्रेसका एक नेता बताउँछन । निधिले राजीनामा दिएर बाहिरिए देउवासँगको सम्बन्ध टुट्नेछ । पार्टीमा उपसभापति लगायतमा मनोनयन गर्न अझै बाँकी नै रहेको छ । सरकारबाट राजीनामा दिदा गृहमन्त्री पनि खुस्किने र पार्टीमा उपसभापति पनि नहुने चिन्ताको कारण अन्तिम समयमा आएर निधिले राजीनामा नदिई बसेका थिए ।
गृहमन्त्री निधि मन्त्रीपरिषद्को बैठकमा सहभागी नभएपछि प्रधानमन्त्री प्रचण्डले देउवालाई कि पार्टीले फिर्ता बोलाउनु पर्ने कि राजीनामा गर्न लगाउन आग्रह गरेको 

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors