news
»
दूध बेचेर पाँच लाख आम्दानी
दूध बेचेर पाँच लाख आम्दानी

पाल्पाः व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि रामपुर नगरपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।
किसानले दूध बेचेर वार्षिक पाँच लाखसम्म आम्दानी गर्न थालेका छन् । रामपुर क्षेत्रमा उत्पादित दूध स्थानीय बजारमा नै खपत हुने गरेको छ ।
रामपुरमा मासिक २३ हजार लिटर दूध खपत हुने गरेको सीताकुण्ड दुग्ध उत्पादन सहकारी संस्थाले जनाएको छ ।
गत आवमा यहाँका किसानले दूध बिक्री गरी रु ९० लाख आम्दानी गर्न सफल भएका थिए। यस आवको ११ महिनाको अवधिमा रु ५८ लाखको दूध बिक्री भएको सहकारीका अध्यक्ष कमल भट्टराईले जानकारी दिनुभयो ।
सहकारीले बिना धितो आफ्ना सदस्यलाई ५० हजारसम्म ऋण उपलब्ध गराउने गरेको छ।
चारवटा सङ्कलन केन्द्रमार्फत किसानले उत्पादन गरेको दूध डेरीसम्म पुर्याइन्छ । सहकारीले एकहजार ४०० पशुको पशु बिमा समेत गरेको व्यवस्थापक हरि सिग्देलले बताए । ‘क्षतिपूर्ति पाउने व्यवस्थाले किसानलाई राहत पुगेको छ,’ उनले भने । रासस
0 comments
Write Down Your Responses