सिलवालको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्विकार
३० चैत, काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रकाश अर्याललाई नियुक्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै डिआइजी नवराज सिलवालले हालेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
सिलवालले हिजो दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले यस्तो निर्णय सुनाएको हो । अदालतले अर्याललाई आइजीपी नियुक्ती गर्नुको कारण पेश गर्न आदेश पनि दिएको छ ।
यसअघि सिलवालकै रिटमा जयबहादुर चन्दको नियुक्ती रोकेको अदालतले यसपटक भने अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।
सरकारले सोमबार राति अर्याललाई आइजीपी नियुक्त गर्दै राति नै पदभार ग्रहण गराएको थियो । सिलवालले आफू सिनियर भएकाले आफूले आइजीपी हुन पाउनुपर्ने माग गर्दै आएका छन् ।
0 comments
Write Down Your Responses