नेपाली विद्यार्थीलाई धमाधम भिसा दिँदै अमेरिका, आफैले गर्न सकिन्छ यसरी आवेदन



काठमाडौँ, २० असार । संयुक्त राज्य अमेरिकाले नेपाली विद्यार्थीलाई धमाधम भिसा दिइरहेको बताइएको छ । पछिल्लो केही महिना यता अमेरिकाले नेपाली विद्यार्थीलाई भिसामा प्राथमिकता दिएको हो । शैक्षिक परामर्श संचालन गरिरहेका व्यवसायीहरुका अनुसार, यो अमेरिकामा विद्यार्थी भिसामा पढ्न जाने सबैभन्दा उपयुक्त मौका हो । नेपाली विद्यार्थीले धमाधम भिसा पाएपछि कन्सल्ट्यान्सी संचालकहरु उत्साही भएका छन् । विद्यार्थीले कन्सल्ट्यान्सीको सहयोगमा र स्वयम् आफैले पनि भिसाका लागि आवेदन दिन सक्छन् । अमेरिकामा रहेका नेपाली प्रदीप गिरीको यस्तो छ टिप्सः विद्यार्थीलाई भिसामा नेपालबाट आउन चाहन्छ भने केही महिनादेखि भिसा दिरहेको छ। सायद आउन चाहनेको लागि यो उत्तम समय हो। अर्को कुरा, मैले अमेरिकामा बसेर आफन्तहरुको लागि सहयोग गरेको अनुभबबाट लेख्दै छु। कन्सल्ट्यान्सीलाई एक रुपियाँ पनि नबुझाई सबै प्रक्रिया गर्न सकिन्छ। एउटा ‘इमेल आइडी’ भने बनाउनुपर्छ । र, नियमित इमेल ‘चेक’ गरिरहनु पर्छ। यो ‘इमेल आइडी’ नै सम्पूर्ण प्रक्रियाको लागि चाहिने ‘कम्युनिकेशन’को भरपर्दो कडी हो। १. पहिला आफू पढ्न चाहेको विश्वविद्यालयमा अनलाइनबाट आवेदन भर्ने। सम्पूर्ण कागजपत्र ‘स्क्यान’ गरेर इमेलमार्फत ‘डिएचएल’ गरी पठाउने। नपुगेको/छुटेको कागजपत्रको बारेमा उनीहरुले इमेल गरी जानकारी दिनेछन्। आइ-ट्वान्टीको लागि नेपालको भरपर्दो ठेगाना दिने। २. आइट्वान्टी हात परेपछि विश्वविद्यालय फी तिर्ने जुन आई ट्वान्टीसँगै पठाइएकोा हुन्छ । र, र, भिसा अन्तरवार्ताका लागि फारम भरि अन्तरवार्ताका लागि समय लिने । ३. अन्तरवार्ता तयारीको नाममा कन्सल्ट्यान्सी हेरी दशहजारदेखि पचास हजारसम्म लिने गरेको सुनेको छु। जुन वहियात खर्च हो। त्यो पचास हजार कमाउन यहाँ कति पसिना बगाउनु पर्छ ! अन्तरवार्तामा के सोध्छ भन्ने सबैलाई थाहा छ र कसैलाई थाहा छैन जस्तै-जस्तै कुरा हो। किन अमेरिका जाने, के पढ्ने, किन यो बिषय पढ्ने जस्ता प्रश्न सबैलाई सोध्ने खालको प्रश्न भैहाल्यो। अर्कोतिर हरेकको अवस्था फरक हुनसक्छ, एउटालाई सोधेको जस्तै प्रश्न ठ्याक्कै अर्कोलाई पनि सोध्छ भन्ने हुदैन। त्यसैले, शुरुदेखि अन्तिमसम्म सबै आफै सहभागी भएर प्रक्रिया गर्नुभयो भने, त्यसैले तपाईलाई अन्तरवार्ताको लागि कति तयारी गर्छ। कति विश्वविद्यालयले आजकल आइ-ट्वान्टीसंगै अन्तर्वार्तामा सोधिने प्रश्नको सूची पनि पठाउने गर्छन। इन्टरनेटमा खोजेर पनि धेरै कुरा थाहा पाउन सकिन्छ । अर्को महत्वपूर्ण कुरा, टोफल–आयल्स गर्नु भएको छैन वा कोशिष गर्दा पनि फेल हुनुभयो भने हरेश नखानुस। धेरै विश्वविद्यालय छन् जसले बिना टोफल–आयल्स भर्ना दिन्छन। डल्लास बापटिस्ट विश्वविद्यालय, सागिनाव भ्याली स्टेट विश्वविद्यालय, टेक्सस वेस्लेन विश्वविद्यालय केही उदाहरण हुन्।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors