११ महिने नाबालकलाई चिुतवाले लग्यो


अछामः जिल्लाको साफेबगर नगरपालिका–१० रिडीकोट कुमाल गाउँका एक ११ वर्षीय बालकलाई चितुवाले लगेको छ । सोमबार उज्यालो भएपछि आमाबाबुले घर बाहिर निकालेर झुलामा राखेको अवस्थामा आएको चितुवाले ११ महिनाका आरज कुमाललाई नजिकैको जंगलबाट आएको चितुवाले लगेको हो । घरभित्र गर्मी भएपछि शित्तल हुने भन्दै अभिभावकले झुलामा हालेर दलानमा राखेका बेला आएको चितुवाले नाबालकलाई लगेपछि आमाबाबु शोकमा डुबेका छन् । बिहानै चितुवाले नाबालकलाई लगेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले खोजी गर्दा पनि नाबालक कतै भेटिएका छैनन् । केही समयअघिसम्म मकै बारीमा कराइरहेको चितुवाले घरैमा आएर छोरालाई लगेको बाबु भुपेन्द्र कुमालले बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors