पैसाको अभावमा अप्रेसन गर्न नसकेर वीर अस्पतालमा बसिरहेका युवालाई मनकारीको सहयोग


पैसाको अभावमा अप्रेसन गर्न नसकेर वीर अस्पतालमा बसिरहेका सिन्धुपाल्चोकका राज आचार्यलाई अमेरिका र युएई बस्ने मनाकारीले आर्थिक सहयोग गरेका छन्। अमेरिकाको ओहियोस्थित महर्षि विश्वविद्यालयका विद्यार्थी र मेरिल्याण्ड कोलम्बियाका केही व्यक्तिले जुटाएको ७५० डलर राजले प्राप्त गरेका छन्। सेतोपाटीमा छापिएको अस्पतालको चिसो भुइँमा खेल्दाखेल्दै छोरी हुर्किसकिन् भन्ने शीर्षकको समाचार पढेपछि सहयोग जुटाएको अमेरिकाबाट पैसा पठाउने मन्जु थापाले बताइन्। महर्षि विश्वविद्यालयमा अध्ययन गर्ने अविनाश बास्तोला, अजय रिजाल, अमुल सापकोटा, अनिश पन्थि, अर्जुन पाण्डे, अशोक काफ्ले, बिदुर बिक, विकल भट्टराई, बिक्रम प्रधान, विमल आचार्य, विनय देशार, बिनोद बस्ताकोटी, बिष्णु कार्की, चेतन प्रजापति, क्रिष्टिना कार्की, दीप रिजाल, धर्म पौडेल, ध्रुब अधिकारी, दिपिका रौनीयार, दीर्घायु श्रेस्ठ, गणेश भट्टराई, गोविन्द भण्डारी, हेम आचार्य, जगेन्द्र खड्का, कौशल निरौला, केशव बस्याल, किरण डंगोल, कृष्ण भट्टराई, कुन्दन पराजुली, मनोज गौतम, निराज लम्साल, निशान तिमिल्सिना, नितेश पाण्डे, प्रविण दाहाल, प्रदीप अधिकारी, प्रदीप श्रेष्ठ, प्रकाश तामाङ, रचना कोइराला, राज महतो, रामकृष्ण चौलागाईं, रवी खड्का, रोशन कार्की, रुपक नेपाली, सविना थापा, सञ्जीव महर्जन, सन्तोष थापा, सिमष पोखरेल, सुनिल गुरूङ, सुनिता खनाल, सुरज ब्यान्जु, ताज बिष्ट, तेज श्रेष्ठ र उत्सव पोखरेले ५ सय ८५ डलर सहयोग गरेका थिए। साथै मेरिल्याण्ड, कोलोम्बियामा बस्दै आएकी मन्जु थापा, सरिता क्षेत्री, निर्मला आर्चाय, प्रेम ठकुरी, निरन्जन थापा, सम्झना ढकाल, समिता ढकाल र लिना ढकालले पनि आर्थिक सहयोग गरेका थिए। सबैले सहयोग रकम जोडेर ७ सय ५० डलर थापाले राजलाई पठाएकी थिइन्। युएई बस्ने बुटवलका मानबहादुर श्रीसले पनि राजलाई ४० हजार रुपैँया सहयोग पठाएका छन्। उनीहरुमात्रै हैन अरू धेरैले देशविदेशबाट आफूलाई सहयोग गरेको राजले बताए। अहिले उनको फोक्सोको अप्रेसन भैसकेको छ। ‘उहाँहरुले गरेको सहयोगकै कारण मेरो उपचार संभव भयो म त भाग्यमानी रहेछु,’ राजले भने, ‘मलाई सहयोग गर्नेहरु सबैलाई सधैँ भलो होस्।’ अहिले उनको स्वास्थ्य अवस्था सुधार हुँदै आइरहेको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors