यही हो, ओली सरकार ढाल्न कांग्रेस–माओवादीबीच नमिलेको एउटा कुरा

काठमाण्डु, १९ असार– प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको वर्तमान सरकार परिवर्तनको गर्नुपर्छ भन्ने विषयमा कांग्रेस र नेकपा माओवादी केन्द्र एक छन् । तर, सरकार ढलिसकेपछिको विषयमा भने उनीहरु सहमत हुन नसक्दा ओली सरकारको आयू लम्बिरहेको छ ।
के हो नमिलेको कुरा
सत्तासाझेदार माओवादी यतिबेला प्रधानमन्त्रीसँग निकै रुष्ट छ । ऊ जतिसक्दो चाँडो ओली सरकार परिवर्तन गर्न चाहन्छ । त्यसैगरी कांग्रेस पनि ओली सरकार ढालेर नयाँ सरकार गठन गर्ने पक्षमा एकमत छ । सरकार ढाल्ने विषयमा दुवै दल एकमत भएता पनि नयाँ सरकार गठनको विषयमा भने यी दुई दलबीच बुरा मिल्न सकेको छैन । माओवादी कांग्रेस, एमाले, मधेसी दल लगायतका पार्टीलाई समेटेर राष्ट्रिय सहमतिको सरकारको गठन गर्नुपर्ने पक्षमा छ भने कांग्रेस बहुमतीय सरकारको पक्षमा । कांग्रेस, माओवादी र मधेसी दल मिलेमा बहुमत पुग्ने निश्चित छ । कांग्रेसका केही नेताले सार्वजनिक रुपमै सरकारमा प्रतिपक्ष हुनु आवश्य रहेको समेत बताइसकेका छन् । यस्तोमा माओवादीका नेता भने सहमतीय सरकारको भाषण ठाक्दै हिँड्ने गरेका छन् । माओवादी ओलीले राजीनामा दिएर पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने बाटो बनेसो भन्ने चाहन्छ । तर, तत्काल ओलीले आफै सरकार छाड्ने कुनै संकेत नभएकाले माओवादीको राष्टिय सहमतीय सरकारको नारा कांग्रेसलाई चित्त बुझेको छैन । नेता कृष्णप्रसाद सिटौलाका अनुसार कांग्रेस माओवादीको निर्णय कुरेर बसेको छ । माओवादीले सरकार परिवर्तन गर्ने ठोस बाटो पहिल्याएर अघि बढेमा कांग्रसले साथ दिने तर कांग्रेस आफै अघि नसर्ने उनको भनाइ छ । यसभन्दा पहिले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रचण्डले झुक्याएको र अन्तिम समयमा ओलीसँग सहमति गरेको जिषयले चर्चा पाइरहेको बेला कांग्रेस अर्को पटक रिस्क लिन चाहन्न । त्यसैले ऊ माओवादीले सरकारको समर्थन फिर्ता ल्याओस् भन्ने पक्षमा ऊ छ । त्यसो त माओवादी पनि एमाले भित्रकै माधवकुमार नेपाल, भ,लनाथ खना, बामदेव गौतम लगायतका नेताको दबाबमा ओलीले राजीनामा देलान् र आनो नेतृत्वमा राष्टिय सरकार गठन गर्ने बाटो खुल्ला भन्ने बाटो हेरेर बसेको छ । तर, त्यो त्यति सजिलो भने छैन । ओलीले राजीनामा दिएको खण्डमा राष्टिय सहमतीय सरकारको नेतृत्वका लागि तीनै ठूला पार्टीले आ–आफ्नो नेतृत्व हुनुपर्ने अडान राख्ने पक्का छ । यस्तोमा अन्तिममा बहुमतीय प्रक्रियाबाटै सरकार गठन हुने देखिन्छ । यस्तोमा एमालेले माओवादीको नेतृत्व स्वीकारेमा माओवादी एमालेसागै मिलेर सरकार गठन गर्नेछ र पुनः यही सरकारले निरन्तरता पाउने सम्भावना बलियो छ । जसलाई कांग्रेसले राम्रोसँग बुझेको छ । ऊ जसरी हुन्छ माओवादीलाई आफूतिर तानेर ओली सरकार ढाल्न चाहन्छ । तर, माओवादी भने राष्ट्रिय सरकारको कुरा झिकेर एमालेले माओवादीको नेतृत्व स्वीकारोस् र यही गठबन्धनले निरन्तरता पाओस् भन्ने भित्रि चाहना राखेको हुनसक्ने राजनीतिक बृत्तमा टिका टिप्पणी हुने गरेको छ । जसको डर कांग्रेसलाई छ । त्यसैले माओवादी राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भन्दै हिँडेको छ भने कांग्रेस बहुमतीय सरकार भन्दै ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors