यो सरकार ढाल्नेलाई पाप लाग्छः ओली


काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार ढाल्न खोज्नेलाई पाप लाग्ने बताएका छन्। मंगलबार राजधानीमा आयोजित नेपाल परिवार दलको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार बजारमा आएको छाडिगए पाप लाग्ला भन्ने गीत जस्तै ढालिगए पाप लाग्छ।' ओलीले वर्तमान सरकार इतिहासकै राम्रो र लोकप्रिय भएको समेत दाबी गरे। ‘अहिलेको सरकार इतिहासकै राम्रो र जनप्रिय छ,' उनले भने, ‘यो सरकार ढाल्न खोज्ने आउने चुनावमा नराम्ररी पराजित हुन्छन्।' ओलीले ५१ वर्षको राजनीतिक जीवनमा अहिले जत्तिको लोकप्रिय सरकार कहिल्यै नदेखेको समेत बताए। ‘छेउ छाउमा रहनेलाई यो सरकार ढलेपनि हुन्थ्यो भन्ने लागेको होला तर मैले यसरी जनताले मनपराएको र लोकप्रिय सरकार ५१ बर्षको राजनीतिक जीवनमा देखेको र भोगेको थिइन,' ओलीले भने। एमाले अध्यक्ष समेत रहेका ओलीले अहिले सरकार ढाल्ने र बनाउने खेलले अस्थिरता ल्याउने भएकोले जनता त्यस्तो पक्षमा नरहेको दाबी गरे। प्रधानमन्त्री ओलीले सरकार ढल्ने हल्ल साँचो नभएको भन्दै त्यस्ताको पछि नलाग्न समेत आग्रह गरे। यो सरकार जनताको भएको र जनताबाट निर्वाचित भएकाले कसैले कुरा काट्दैमा नढल्ने समेत उनले बताए। ओलीले संसदको बहुमतले यो सरकार बनाएकोले यसलाई बिस्तार गर्न र अरुलाई सहभागि गराउन आफू लागेको बताए। उनले २०७४ साल माघ अगाडिसम्म निर्वाचन गरेर संक्रमणकाल टुंग्याउनु पर्ने भएकाले अलमलमा नपर्न आग्रह गरे। उनले अहिले देशमा असाधारण एकता प्रदर्शन भएकोले यसलाई कसैले पनि हल्लाउन नसक्ने दाबी गरे।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors