तपाईंको सवारीसाधन कर वृद्धि कति बढ्यो ? (सूची हेर्नुस्)

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि वार्षिक सवारी कर वृद्धि गर्दैछ । आर्थिक विधयेक (बजेट) मार्फत घोषणा भएको करवृद्धिको निर्णय साउनदेखि लागू हुनेछ ।
सरकारले भन्सार विन्दुमा नै सडक दस्तुर कर बढाएर सवारी महंगो बनाउँदैछ भने सवारी करमा पनि भारी वृद्धि गर्दैछ । मोटरसाइकल र स्कुटरमा मात्रै एकैपटक ५ हजार रुपैयाँसम्म कर वृद्धि हुँदैछ ।यातायात व्यवस्था विभागले साउन १ गतेदेखि २५१ देखि ४०० सम्म सीसीका मोटरसाइकल धनीसँग वाषिर्क ८ हजार रुपैयाँ कर लगाउनेछ । यसअघि ६ हजार मात्रै तिर्नुपथ्र्यो ।
यस्तै ४ सय १ सीसीभन्दा माथिका सवारी धनीले यसअघि भन्दा ५ हजार रुपैयाँ बढी कर तिर्नुपर्नेछ । यसअघि १ हजार तिर्दै आएका ठूला क्षमताका बाइक चढ्नेले अब सरकारलाई १५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।२५० सीसीसम्मका मोटरसाइकल चढ्नेहरुलाई भने राहत मिल्नेछ । यसपटक साना क्षमताका मोटरसाइकलमा कर बढाएको छैन ।
कार तथा जीपमा कति ?
यसैगरी निजी कार तथा जीप चढ्नेहरुले पनि पहिले भन्दा बढी रकम करका लागि खर्च गर्नुपर्ने विभाग अन्तगतको साना सवारी व्यवस्था कार्यालयका शाखा अधिकृत गणेशकुमार अर्यालले बताए । उनकाअनुसार १ हजार सीसीसम्मका कार तथा जीपले पहिले भन्दा एक हजार बढी कर तिर्नुपर्नेछ । यसअघि कर १८ हजार रहेकोमा अब १९ हजार रुपैयाँ बनाइएको छ ।
यसैगरी १००१ देखि १५०० सीसीसम्मका कारधनीहरुले पनि एकहजार बढी कर चुक्ता गर्नुपर्नेछ । यअिघ २० हजार रहेको कर अब २१ हजार पुगेको छ । यसैगरी १५०१ देखि २०० सीसीसम्मका कार/जीपले यसअघि २२ हजार कर तिर्दै आएकोमा अब २३ हजार रुपैयाँ तिर्नेछन् ।
२००१ देखि २५ सयसम्मका कारका लागि यसअघि ३० हजार लिइन्थ्यो भने अब ३२ हजार रुपैयाँ लिइनेछ । २५ सयभन्दा माथि र २९ सय सीसीभन्दा मुनिका साना सवारीले ३७ हजार रुपैयाँ कर तिर्नेछन् । यसअघि यो ३५ हजार रुपैयाँ थियो ।
२९००१ सीसीभन्दा माथिका कारहरुलाई वाषिर्क ५३ हजार रुपैयाँ कर तिराइनेछ । यस्ता सवारीसँग ५० हजार रुपैयाँ कर लिइन्थ्यो ।यसैगरी सरकाले सार्वजनिक सवारीहरुको पनि करको दर बढाएको छ । विभिन्न पव्कारका निजी सवारी साधन र निर्माण उपकरणले वाषिर्क रुपमा तिर्नुपर्ने करमा पनि वृद्धि भएको छ ।
बढेको दस्तुरले सवारी महंगिने
यसबीच सरकारले भन्सार पास भएका नयाँ सवारीसँग लिने सडक कर दस्तुरमा पनि वृद्धि गरेको छ । यसअघि १२५ सीसीसम्मका बाइक भित्र्याउँदा ७ हजार लाग्ने यो कर अहिले १० हजार रुपैयाँ बनाइएको छ । यसैगरी १२६ देखि २५० सीसीसम्मका मोटरसाइकल भित्र्याउँदा लिइने ८ हजार रुपैयाँलाई अब १२ हजार पुगेको छ ।
यस्तै २५१ देखि ४०० सीसीसम्मका मोटरसाइकलका लागि अब सडक दस्तुर १५ हजार लाग्नेछ । यसअघि १० हजार मात्रै थियो । ४०१ सीसी माथिका मोटरसाइकलका लागि पनि ५ हजार रुपैयाँ दस्तुर बढाएर २० हजार बनाइएको छ ।
यसैगरी सबै निजी प्रयोजनका सवारी भित्र्याउँदा यसअघि बीलबिजक र भन्सार रकमसहितको कुल लागतको ५ प्रतिशतले लिइँदै अएको सडक दस्तुर करलाई अब २ प्रतिशतले वृद्धि गरिएको छ । एकपटक मात्रै तिर्नुपर्ने यस्तो कर ७ प्रतिशत भएको छ ।यसैकारण निजी सवारीको मूल्यमा २ प्रतिशतले वृद्धि हुने पक्का छ । मोटरसाइकलमा पनि बढेको सडक बढेकै दस्तुर बराबर स्वतः मूल्य बढ्नेछ ।
0 comments
Write Down Your Responses