यी हुन् अमेरिकामा बच्चा जन्माउँदै रमाइलो गर्ने नायिका
काठमाडौं, १५ असार । कुनै समय नेपाली चलचित्र क्षेत्रमा कृष्टि मैनाली, पूजा लामा, सारंगा श्रेष्ठ, अञ्जना सुब्बा, ऋचा घिमिरे, अरुणिमा लम्साल, सज्जा मैनाली, उषा पौडेल, यूना उप्रेतीहरू निकै चर्चित थिए । यी कुनै पनि नायिका यतिबेला नेपालमा छैनन् । सबैले करिब करिब नेपाली चलचित्र क्षेत्र छोडिसकेका छन् ।
त्यसमध्ये ऋचा, अरुणिमा र सांरगाको दैनिकी सामाजिक सञ्जाल फेसबुकमा बेलाबेला आइरहन्छ । उनीहरूले अमेरिकामा गरेका प्रत्येक गतिविधि फेसबुकमा पोस्ट गरिरहन्छन् । आफ्नो करियरको उच्च स्थानमै रहेका बेला ऋचा, अरुणिमा र सांरगा अमेरिका पलायन भएका हुन् । अमेरिका पुगेर ऋचाले तीनवटा सन्तानलाई जन्म दिएकी छन् भने अरुणिमाले एउटी छोरी र सारंगा भने दुईवटी छोरीकी आमा भएकी छन् ।
अमेरिकी समयअनुसार मंगलबार पोस्ट गरिएको तस्बिरमा तीनवटै नायिका आफ्ना सन्तानहरूसहित देखिएका छन् ।
अमेरिकी समयअनुसार मंगलबार पोस्ट गरिएको तस्बिरमा तीनवटै नायिका आफ्ना सन्तानहरूसहित देखिएका छन् ।

0 comments
Write Down Your Responses