२१ वटा म्यानपावरका सञ्चालक पक्राउ



दाङमा करिब दुई दर्जन म्यानपावरका सञ्चालक पक्राउ परेका छन्। प्रवेशाज्ञा नभएका देशमा समेत अवैध तवरबाट कामदार पठाएको उजुरीका आधारमा कागजातसहित दुई दर्जन म्यानपावर सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए। एसपी सिंहले घोराही, तुलसीपुर र लमहीबाट २१ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कागजपत्रसहित पक्राउ गरिएको बताए। प्रक्राउ परेका सञ्चालकहरुमा घोराहीका लक्की एचआर सोलुसन, लाईफलाईन ओभरिसज प्रा.लि, जवट्रयाक ओभरसिज , मोन्टेज ओभरसिज , शेर्पा इन्टरनेशनल ,रिभाईभ नेपाल , मोभेरा एचआर सर्भिस , द रिभर ओभरसिज , एसओएस घोराही, लालधनुष ईन्टरनेशनल लगायत रहेका छन् । त्यसैगरी ग्लोवल इन्टरनेश्नल रिकुटमेन्ट तुल्सीपुर, शेर्पा इन्टरनेशनल कन्सल्टेन्सी तुल्सीपुर, दि आरएस ओभरसिज तुलसीपुर, कान्तिपुर मेनपावर सर्भिस तुलसीपुर, मदरल्याण्ड ओभरसिज तुल्सीपुर, जव प्रेसमेन्ट सर्भिस तुलसीपुरका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ। गोल्डेन इगल मेनपावर लमही, २० जेनेटिक मेनपावर लमही, २१ लालधनुष मेनपावर लालमटिया भालुवाङका सञ्चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors