मेसीको सन्यासपछि अर्जेन्टिनाको फुटबल टिम छिन्नभिन्न


एजेन्सीः विश्व फुटबलका स्टार लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरे लगत्तै अर्जेन्टिनाको फुटबल टिम छिन्न भिन्न भएको छ । सोमबार बिहान कोपा अमेरिकाको फाइनलमा पेनाल्टी सुट आउटमा चिलीले अर्जेन्टिनालाई ४–२ ले हराएपछि अर्जेन्टिनाको फुटबल टिम छिन्न भिन्न भएको हो । मेसीले पेनाल्टी सुट आउट मिस गरेपछि अन्तराष्ट्रिय फुटबलबाटै सन्यासको घोषणा गरेपछि अर्जेन्टिनाका अन्य स्टाइकरले समेत राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । अर्जेन्टिनाका अर्का स्ट्राइकर सेर्जियो अग्गेरो र जाभियर मार्सेरानोले समेत राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन् । सेर्जिया म्यन्चेस्टर सिटी स्ट्राइकर हुन् भने जाभियर बार्सिलोनाका डिफेन्डर हुन् । सँगै, अर्जेन्टिनाका चर्चित खेलाडी डिमारिया, हिगुइन, लाभेञ्जी, लुकासलगायतले समेत राष्ट्रिय टिम छोड्ने सम्भावना देखिएको छ । राष्ट्रिय टिमबाट सबै चर्चित स्ट्राइकर बाहिरिने बताएको भए पनि अर्जेन्टिनाका प्रशिक्षक टाटा मार्टिनोले भने यस सम्बन्धमा केही बताएका छैनन् । ब्राजिलका स्ट्राइकर नेमारले मेसी, अगेरो र मार्सेरानो अर्जेन्टिनाको राष्ट्रिय टिमबाट बिदा लिएको ट्वीटर गरेका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors