गलत धन्दामा लागेका एक डिएसपीलाई नै एसएसपी खनालले फूली थुतेर ‘डिमोसन’ गरी ईन्सपेक्टर बनाए


१४ असार । अपराध र गुन्डागर्दी अन्त्य गर्नुपर्छ भन्ने मान्यतासाथ काम गरिरहेका प्रहरी वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) सवेन्द्र खनालको चर्चा जताततै छ । अभियुक्तहरु अहिले उनलाई ‘खतरा खनाल’का रुपमा चिन्छन् । खनालको खतरनाक अप्रेशनका अगाडी गुन्डाहरुको केही सीप चल्न सकेको छैन । पावर र पोजिशनको आडमा गुन्डागर्दी गर्छु भन्नेहरुको पीर नै खनाल बनेका छन् । केहीदिन अघिमात्र उनले भनेका छन्,‘ठूला डन भनिने गुन्डाहरु हराए केही टोले गुन्डाहरु सक्रिय भएजस्तो लाग्छ । तर, सवै क्लिन हुन्छ ।’ अपराध महाशाखा प्रमुख खनालको चर्चा अहिलेमात्र होइन, उनी जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ चर्चालायक काम गरे । प्रहरीकोे सुद्धिकरण पनि आफैंबाट सुरुवात गर्न उद्दत खनाल पछिल्लोे समय आम जनता र प्रहरी भित्रै आशाका किरण बन्न पुगेका छन् । गलत धन्दामा लागेका एक डिएसपीलाई नै एसएसपी खनालले फूली थुतेर ‘डिमोसन’ गरी ईन्सपेक्टर बनाएका थिए । ती डिमोसनमा परेका अधिकारीले राजीनामा गरे । प्रहरीभित्र अत्यन्त अब्बल दर्जाका अधिकृतका रुपमा परिचित खनाल कुशल नेतृत्व लिन सक्ने व्यक्ति हुन् । अपराध महाशाखामा होस् वा तराईका बिभिन्न जिल्ला तथा अञ्चलमा प्रमुखको जिम्मेवारी सम्हाल्दा खनालले संगठित रुपमा हुने अपराध रोक्न चालेको कदम अहिलेपनि चर्चाको शिखरमा छ । भारतीय प्रहरीका लागि समेत टाउको दुखाईको विषय बनेका सीमा क्षेत्रका मोष्ट वान्टेड अपराधीलार्ई एसएसपी खनाले सातो लिएका थिए । तराईका जिल्लामा जालोको रुपमा फैलिएका बालविवाह र दाइजोप्रथा रोक्न पनि खनालले महत्वपूर्ण भुमिका खेलेका थिए । पहिलो संविधान सभाको चुनाव २०६४, तथा गत वर्ष काठमाडौमा भएको सार्क सम्मेलनलाई सफल पार्न सुरक्षाको जिम्मेवारी पाएका खनालले आप्mनो भूमिका कूशलताका साथ निभाए । विदेशमा भएका तालिमहरुमा पनि सर्वोत्कृष्ट भई खनालले प्रहरी संगठनको मात्र होइन देशकै शीर उच्च राखेका थिए । पछिल्लो पटक इटलीको रोममा भएको विश्वका ३७ देशका प्रहरी अधिकृतहरु सम्मिलित तालिममा खनाल सर्वोत्कृष्ट घोषित भएका थिए । हाल महानगरीय अपराध महाशाखामा कार्यरत एसएसपी खनाल दृढ र बहादुर प्रहरी अधिकारीका रुपमा परिचित छन् । महाशाखामा सरुवा भए लगत्तै राजनीतिक आडमा हुने संगठित गुण्डागर्दीको जालो च्यात्न सुरु गरेका खनालले मधेशमा हुँदा सशस्त्र समूहलाई निशस्त्र पार्ने काम गरे । खनालको सरुवा सँगै उपत्यकमा गुण्डागर्दी, कालोधन्दा संगठित रुपमा हुने ठगी, मानव तस्करी, व्ल्याकमेलिङ गरी रातारात करोडपति हुनेहरुको अहिले सातो उडेको छ । केही मानब तस्करीहरु उनको सरुवा गर्ने शक्ति केन्द्रमा लबिङ गर्न थालेका छन् । अधिकांश गुण्डानाइके तथा तिनका सदस्यहरु गुमनाम त कोही देशबाटै पलायन हुन थालेका छन् । राजधानीका कुख्यात गुण्डा नाईके कुमार श्रेष्ठ उर्पm घटंैको इन्काउन्टरदेखि फुटबलको म्याच फिक्सिङमा राष्ट्रिय खेलाडी पक्राउ, ईन्धन ठगी पक्ररणमा सहसचिव पक्राउ गर्न हिम्मत राख्ने खनाल अन्य प्रहरीको प्रेरणाका स्रोतसमेत बनेका छन् । उनको काम देखेर भ्रष्टहरुको होस छैन भने समकालिनहरु भने जिब्रो टोक्छन् । जनताले तिरेकोे राजस्वबाट तलब खाएर देशमाथि गद्दारी गर्नेलाई पुजा गर्न नसकिने भनाई एसएसपी खनालको छ । प्रमाण पाएसम्म कसैलाई नछाड्नी दाबी उनको छ । पेट्रोल पम्पमा रिमोट जडान गरी सीण्डिकेट तबरबाटै कम तेल दिएर उपभोक्ता ठगी गर्ने संगठित जालो पनि एसएसपी खनालले तोडे । ललितपुर बडी खेलको हत्याकाण्ड, बैंकको नक्कली एटिएम काण्ड, कन्सल्टेन्सीको आबरणमा ठगी धन्दा, युनिटीका सञ्चालक पक्राउ जस्ता आम जनमानसमा चासोको बिषय बनेका अपराधको सफल अनुसन्धान पनि खनालले गरे । केही बदनाम प्रहरीका कारण कहिलेकाँही बिबादमा आउने नेपाल प्रहरी खनाल, एसएसपी रमेश खरेल, बिक्रमसिंह थापा जस्ता प्रहरीले संगठनको इज्जत धानेका छन् । खनाल भन्छन्,‘गद्दार, भ्रष्ट र जनतालाई दुख दिनेको गुलामी गर्न सकिँदैन, पुजा गर्न सकिँदैन ।’ भारतको विहारस्थित पूर्वी र पश्चिम चम्पारणमा ३६ जनाको हत्या अभियोग लागेका फरार अपराधी बब्लु दुबेलाई नेपालमा पक्राउ गरेर एसएसपी खनालले अन्तर्राष्टिय अपराधीको सुरक्षीत स्थल नेपाल नभएको सुचना विश्वबजारमा प्रवाह गरे । तत्कालिन समयमा नारायणी अञ्चलमा कार्यरत खनालले काठमाडौंको सितापाईलाबाट दुबेलाई नियन्त्रमा लिएका थिए । कर्तव्य ज्यान, लुटपाट र बैंक डकैतीमा संलग्न विहारका मोस्ट वान्टेड अपराधी दुबे भारतीय प्रहरीको लागि टाउको दुखाएको बिषय बनेका थिए । दुबेलाई सीतापाइलाको होम हाउजीङमा लुकिछीपि बसेको अबस्थामा पक्राउ गरिएको थियो । दुबेको सुराकी दिनेलाई विहार प्रहरीले २ लाख भारु पुरस्कार समेत तोकेको थियो । बिहारका मुख्यमन्त्री नितीशकुमारले देख्नासाथ गोली हान्ने आदेशसमेत दिएका दुबेलाई एसएसपी खनालले पक्राउ गरेपछि मोतीहारीका एसपी विनयकुमारसहित भारतीय प्रहरीको टोलीले अञ्चल प्रहरी कार्यालय नारायणीमै आएर एसएसपी खनाललाई बधाइ दिएका थिए । हत्या, अपहरण, लागु औषध कारोबार, फिरौती, तस्करी र कुख्यात अपराधीको चलखेलको अखडा बनेको वीरगञ्जलगायतका जिल्लाहरु एसएसपी खनालको कार्यकालमा शान्त रहे । उनी अपराधका र अपराधीका ‘काल’का रुपमास्थापित थिए । तत्कालिन समयमा एसएसपी खनालले आपराधीक गतिबिधी विरुद्ध विशेष अभियान थालेपछि भारतीय सीमासँग जोडिएका मध्य तराईका बारा, पर्सा र रौतहटका उद्योगी, व्यवसायी, राजनीतिकर्मी, तथा सरकारी जागिरेलाई निशाना बनाउँदै गतिविधि बढाएका आपराधिक गिरोहमाथि प्रहरीले निगरानी बढाएपछि अपराध घटेको व्यापारीहरु बताउँछन् । आपराधिक क्रियाकलापमा लागेका र फरार भएकालाई पक्राउ गर्न खनालले वीरगञ्ज अञ्चल कार्यालयमा ‘क्राइम कन्ट्रोल स्पेसल फोर्स’ नै बनाएका थिए । जसका कारण आपराधीक गिरोहका नाइके र तिनका सदस्य धमाधम पक्राउ परेका थिए । बाराको गञ्जभवानीपुरमा–४ जना माओवादीको हत्या गरि भारत अदापुरमा बस्दै आएका भूमिगत संगठनका सैन्य कमाण्डर अग्नी भनीने सुनील जैसवाल, भारतको पटनामा बस्दै आएका १३ हत्याका आरोपी धनुषा लक्ष्मीपुरका बगेवा–७ का राजन मुक्ती भनिने रञ्जितकुमार झा, पर्साको लिपनीविर्ता गाविस–८ का चौहना सिंह र पर्साका सहायक प्रजिअमाथि गोली हान्ने भूमिगत संगठनका नाइके बारा सुखीपथरा गाविस–८ का भुलावनकुमार पासवान पनि पक्राउ परिसकेका छन् । जसको जस सर्वेन्द्र नै हुन् । ६ असोज २०७० मा लामो समयदेखि अपराधीक कृयाकलापमा लागेका सशस्त्र भूमिगत समूहका जिल्ला सैन्य कमाण्डर चौहान सिंह भनिने रविन्द्र पटेल पक्राउ परेका थिए । जनतान्त्रिक मुक्ती मोर्चा गोइत र ज्वाला समूहका लागि काम गरेका चौहानले ७ भदौ, २०६४ मा काँग्रेस कार्यकर्ता फुलचन्द शाह र ३ असोन २०६५ मा जिप्रका पर्साका अधिकृत मोहन मैनालीको हत्या गरेका थिए । यसैगरी खनालको कार्यकालमा जाली नोटका कारोबारीको पनि निद्रा हरायो । विहार किशनगंज जिल्लाको मोहमरी निवासी असराफुल सेख र मोहम्द जहरुद्दीन एक लाख ७४ हजार भारतीय जाली नोटसहित पक्राउ परे । २०७० को सुरुमै इनर्वाका वहीद अन्सारी पनि नक्कली नेपाली र भारु नोटसहित पक्राउ परे । त्यसैगरी अपहरणमा परेका वीरगञ्ज–१३ का ८ वर्षीय श्लोक अग्रवाल र कलैया–५ का गोपाल अग्रवालका नाबालक छोरा विनोद अधिकारीलाई विशेष अप्रेशन चलाएर अपहरण मुक्त गराई विश्वास कमाएका थिए, खनालले । एसएसपी खनाल नेतृत्वकै टोलीले बाराको निजगढबाट ३ जनाको अपहरणमा संलग्न रामबहादुर माझीसहित ६ जना अपहरणकारी पक्राउ ग¥यो । खनालले सीमामा मादक पदार्थ तस्करविरुद्ध अभियान चलाएका थिए । बिरगञ्जमा कैयौ अप्रेशन सफल गरेका खनालले अपराध महाशाखाको जिम्मेवारी सम्हालेसँगै राजधानीमा संगठित रुपमा हुने आपराधमा न्यून आएका छ । एसएसपी खनालको जहाँ पोस्टिङ हुन्छ, त्यहा आपराधिक क्रियाकलापको नियन्त्रणमा उनको प्रशंसा सुनेको र देखेको भन्दै अभिनेता राजेश हमाललेसमेत एसएसपी खनाललाई सम्मान गरेका छन् । राजधानीमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कपुरधारा टोल सुधार समितिले एसएसपी खनालाई गत महिना सम्मान कार्यक्रमको आयोजना गरेको थियो । ८ महिना अगाडी महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख रहेका खनालले गुण्डागर्दी नियन्त्रण,पेट्रोल पम्पमा हुँदै आएको संथागत ठगी, म्याच फिक्सिङको जरो उखेल्ने देखि एजुकेशन कन्सलटेन्सीमा हुँदै आइरहेको बिकृतिबिरुद्ध अपरेशन चलाएर पछिल्लो समय चर्चा कमाएका छन् । उनको अठोट नै अपराध नियन्त्रण हो । भन्छन्,‘देशले दिएको जिम्मेबारीलाई कर्तव्यका रुपमा पुरा गर्नलागि परेको हुँ । संगठनले दिएको अधिकार, जनताले दिएको जिम्मेबारी नै मेरो शक्ति हो ।’ जनप्रहार साप्ताहिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors