सिके राउतलाई किन भेटिन् कलाकार निशा अधिकारीले? यस्तो छ, राउतलाई बुझाइएको पत्र

काठमाडौं : कलाकार निशा अधिकारी सहितको टोलीले जनकपुर पुगेर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई भेटेको छ।
 
युवा अभियन्ता ईशान र कलाकार कर्मासहित पुगेकी निशाले राउतलाई भेटेपछि यसबारे टीकाटिप्पणी हुन थालेको छ। 
 
सिंहदरबारमा रातो रङ छ्यापेर चर्चामा आएका ईशानसहित तराई पुगेकी निशा र कर्माले राउतलाई पत्र समेत बुझाएका थिए। राज्य टुक्र्याउने अभिव्यक्ति दिँदै स्वायत्त मधेसको माग गर्दै आएका राउतसँग आफूहरुले समझदारीका कुरा गरेको निशाले पहिलोपोस्टसँग बताइन्।

'जो सहमतिभन्दा पर छ, जसले देशबारे नेगेटिभ कुरा गर्छ, उनीहरुलाई सहमतिमा आऊ भन्नु स्वाभाविक होइन र?' निशाले भनिन्, 'राज्य टुक्राउने कुरा पनि उहाँले गर्नुभएको थियो। त्यही भएर पनि सहमति र मेलमिलापका लागि के गर्न सकिन्छ भनेर हामीले केही सुझावहरु दिएका हौं।'
 
सद्भाव र एकता सङ्कटमा परेको बेला दमन, हिंसा र विभेदले स्वदेशलाई कहाँ लग्दैछ? स्वदेश बचाउन हामीले के गर्दैछौं? भनी राउतलाई बुझाएको पत्रमा प्रश्न गरिएको छ। 
 
स्वदेश बचाउने जिम्मेवारी नेपाललाई माया गर्ने हरेक नागरिकको काँधमा आएको र राष्ट्रिय मेलमिलापका लागि सकारात्मक पहल गर्न पनि राउतलाई आग्रह गरेर फर्किएको निशाको भनाइ छ। मधेस आन्दोलनमा मारिएकाहरुको परिवासँग पनि भेट गरेर कुराकानी गरेको उनले बताइन्।
 
'हामी, हाम्रो समाज र सरकारबाट तपाईँ र बृहत्तर मधेस समुदायमाथि जानअञ्जान ढंगले गरिएका विभेदका लागि क्षमायाचना गर्न चाहन्छौं,' राउतलाई बुझाएको पत्रमा भनिएको छ, 'व्यावहारिक परिवर्तन सहितको क्षमायाचनाबाट नै राष्ट्रिय मेलमिलाप एवं सबल र शान्त नेपाल निर्माणको बाटो बन्नेछ।'
 
सामाजिक र राजनीतिक विभेदकै कारण देश कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उक्त पत्रमा दमन र हिंसाबाटै समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास राख्नु नै गलत हो भनिएको छ। 
 
स्वदेश बचाउन अहिंसाको मार्गमा अघि बढ्न उनीहरुले राउतलाई आग्रह गरेका छन्। 'हामी मधेसी, थारु, आदिवासी जनजाति, महिला, दलित, मुसलमान, पहुँच नभएका खसआर्य लगायत अन्य उपेक्षित उत्पीडित समुदायलाई व्यवहारिक, सामाजिक र राजनीतिक रूपले सम्मान दिलाउने प्रयास गर्न प्रतिबद्ध छौं,' राउतलाई बुझाइएको पत्रमा भनिएको छ, 'सबल र शान्त स्वदेशमै मधेसी, पहाडी, हिमाली सबै नेपालीको हित छ। हामी छुटेर नभई मिलेर अघि बढौं।'
 
तेस्रो पक्षकहाँ नगई नेपालका समस्या नेपालीहरू मिली सुल्झाउने संस्कृतिको विकास गर्न पनि उनीहरुले आग्रह गरेका छन्।

ईशानको अभियानमा समर्थन


ईशानको क्षमा अभियानमा आफ्नो पूर्ण समर्थन रहेको कलाकार निशा अधिकारीले बताएकी छन्। 'सहमति र सझदारीमा आउन गरिएको आग्रहमा सबैको साथ त हुनैपर्छ,' उने भनिन्, 'कसैले कसैको कुरा नसुन्ने र सहमतिमा आउने वातावरण भएन भने झन् अवस्था बिग्रँदै जान्छ।'

क्षमा अभियानअन्तर्गत सिके राउतलाई बुझाइएको पत्रमा ईशानसहित कलाकारद्व निशा अधिकारी र कर्माको पनि हस्ताक्षर छ।

असार १४ गते बुझाइएको पत्र यस्तो छ-

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors