कोरियामा मेसिनमा च्यापिएर एक नेपालीको मृत्यु

साेल: दक्षिण कोरियाको ह्वासङस्थित याँगाममा एक नेपालीको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको छ। इपिएसमार्फत रोजगारीका लागि झण्डै २९ महिना अघि कोरिया आएका इटहरी टहराचोकका अन्दाजी ३२ वर्षीय केदार अधिकारीको बिहीबार कम्पनीमा काम गर्दा गर्दै मेसिनमा च्यापिएर मृत्यु भएको हो।
अल्मुनियम कम्पनीमा काम गर्ने अधिकारीको बिहीबार बिहान पौने १२ बजे दुर्घटनामा परेको उहाँका सहकर्मी मणिकुमार लिम्बुले जानकारी दिनु भएको छ। अधिकारी कार्यरत कम्पनीमा अन्य चार नेपालीका पनि कार्यरत छन्। अधिकारीको शव पोष्टमार्टमका लागि अहिले नजिकैको अस्पतालमा राखिएको छ।
अधिकारीकी श्रीमती र एक छोरी छन्। घटनाबारे सोलस्थित नेपाली दूतावासलाई कोरियन प्रहरीले औपचारिक रुपमा जानकारी नगराएको श्रम सहचारी देवराज ढकालले बताउनु भयो।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors