मुसहर बस्तीको कथा : घर पाएर खुसी, तर बाख्रा पाल्ने चिन्ता (भिडियो)
महोत्तरी, बैशाख १ – नयाँ बर्षको पहिलो दिन महोत्तरी, बर्दिबास १ कि देवकी सदा निकै खुसी भइन् । सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरेको सक्रियतामा बनेको एकीकृत नमुना बस्तीमा उनका दुई छोराले पनि चिटिक्क परेको नयाँ घर पाए ।
यसअघि खरको छाप्रोमा बस्ने गरेका उनीहरुको परिवारले यस्तो राम्रो घरमा बस्ने कल्पना पनि गरेका थिएनन् । बाख्रा चराएर जीवन निर्वाह गर्दै आएकी देवकी सदालाई अहिले कसरी बाख्रा पाल्ने भन्ने चिन्ताले सताएको छ ।
एकीकृत बस्तीभित्र बाख्रा पाल्नका लागि ठाँउ नभएकाले उनी बाख्रा पाल्ने बिकल्पको खोजीमा छिन् ।
देवकी जस्तै अर्का स्थानीय महेन्द्र सदा पनि बाख्रा चराएर जीवन निर्वाह गर्छन् । खरको झुपडीको सट्टामा पक्की घर पाएर दंग परेका उनलाई पनि बाख्रा पाल्ने ठाउँको चिन्ता छ ।
धुर्मुस सुन्तलीले घर बनाईदिएजस्तै जीवन निर्वाह गर्न कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने उनको आशा छ ।
नयाँ घर पाएकोमा धुर्मुस आफ्नो लागि देवता सरह भएको देवकी सदाले बताइन् ।
0 comments
Write Down Your Responses