मुस्ताङमा युरेनियम, नुन र पेट्रोल खानी



असार १५, २०७३- खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङका प्राकृतिक खानीमा युरेनियम, नुन र पेट्रोल रहेको सरकारी टोलीले दाबी गरेको छ । टोलीले हालसम्म सरकारी तथा गैरसरकारी तवरबाट भएका अनुसन्धान ठिक भएको पुष्टि गर्दे फेला परेका खनिजजन्य पदार्थलाई उत्खनन र उपयोगका बिषयमा सरकारलाई पूर्ण विवरण सहितको सुझाव पेस गर्ने तयारी थालेको छ । बुधबार राजधानी फर्कनु अघि दुई दिनसम्म उपल्लो मुस्ताङ पुगेर उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित आएको खानी तथा भूगर्भ विभागको टोलीले यहाँ खानीजन्य क्षेत्रको अध्ययन गरि स्थानीय र प्रशासनिक ब्यक्तिसँग राय संकलन गरेको थियो । उपल्लो मुस्ताङको लोमान्थाङमा युरेनियम, मुक्तिनाथ मन्दिर नजिकै पेट्रोल र झुसाङ गाविसको तेताङमा नुनका खानी रहेको टोलीले जनाएको छ । ‘युरेनियमको अध्ययन गर्न थप विशेषज्ञ टोली मन्त्रालयले छिट्टै पठाउनेछ,’ खानी क्षेत्रको भ्रमण सकेर बुधबार राजधानी फर्कनु अघि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले कान्तिपुरसँग कुरा गर्दे भने, ‘युरेनियम महंगो धातु हो, यसको प्रयोग र उत्खननमा विदेशी सहयोग आवश्यक पर्छ ।’ थप अध्ययन र उपयोगका बारेमा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेर उत्खननको काम शुरु गर्ने उनले बताए । खानी तथा भूगर्भ विभागका निर्देशक राजन पौडेलले स्थानीयसँगको कुराकानीमा मुस्ताङमा युरेनियम, नुन र पेट्रोल भएको कुनै दुईमत नरहेको बताए । कसरी उपयोग गर्नेबारे छलफल सुरु गरिएको उनले बताए । युरेनियमको न्युक्लियर्स प्रविधिबाट ठूलो परिमाणमा विद्युत उत्पादन गर्न सकिनेतर्फ संकेत गर्दे उनले यहाँ रहेका तीन प्रकारका खनिजजन्य पदार्थले मुलुक धनी हुने विश्वास व्यक्त गरे । मन्त्री पाण्डेसहित खानी तथा भूगर्भ विभागको १८ जनाको टोलीले सम्भावित खानी क्षेत्रको अध्ययन गरि मन्त्रालयमा विबरण पेश गर्ने र मन्त्रालयले मन्त्रिपरिषदमा यसको बारेमा जानकारी गराउने भएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors