वास्तु शास्त्र: पिता पुत्रमा मनमुटाव भए ध्यान दिनुपर्ने ८ कुरा



वास्तुको सहायताले सबै समस्या समाधान गर्न सकिन्छ चाहे त्यो निजी जीवनसंग सम्बन्धित होस् या व्यावसायीक जीवनसंग। वास्तुकै सहयोगले व्यक्तिगत सम्बन्ध समेत सुधार गर्न सकिन्छ। घरमा लडाईँ, झगडा, वादविवाद भइरहन्छ, पिता पुत्र बीच मनमुटाव छ भने यी ८ कुरामा ध्यान पुर्याउनुस्। १. घरको उत्तर पूर्वी कुना खण्डित हुँदा पिता-पुत्र बिच आपसी मामलालाई लिएर सदैव झगडा हुने गर्छ। त्यसैले घरको उत्तर-पूर्वी कुना सदैव ठिक राख्नु पर्छ। . घरको उत्तर पूर्वी कुनामा स्टोर रुम, पर्वतको समान आकृतिको निर्माणले पिता पुत्र सम्बन्धमा समस्या आउने अनि अविश्वास बढ्ने हुन्छ। त्यसैले स्टोर रुम, पहाड आकृतिको निर्माण उत्तर-पूर्वी कुनामा गर्न हुँदैन। . उत्तर-पूर्व दिशामा भान्साघर वा शौचालय हुनु पनि आपसी सम्बन्धको लागि राम्रो मानिदैन। यसले स्वास्थ्य समस्या पनि बढाउँछ। घरको उत्तर-पूर्वमा भान्साघर वा शौचालय बनाउनु हुदैन। ४. घरमा हुने झगडा अनि मनमुटावबाट छुटकार पाउन घर सफा राख्नुस्। वास्तुको दृष्टीले घरको उत्तर-पूर्व दिशा सफा राख्नु निकै जरुरी मानिन्छ। ५. इलेक्ट्रिक सामान, ज्वलनशील पदार्थ वा गर्मी उत्पन्न गर्ने अन्य उपकरण घरको उत्तर-पूर्वमा राख्दा पुत्र पिताको आज्ञा मान्दैन र घर-परिवारलाई अपमानित गर्छ। यस्ता चिज उत्तर-पूर्वमा नराख्नुस्। ६. घरको उत्तर-पूर्व दिशामा फोहोर व्यवस्थापन गर्नु हुँदैन। यस्तो गर्दा घरको सदस्यमा मनमुटाव र जलन पैदा हुन्छ। ७. यदि कुनै जग्गा उत्तर-दक्षिणमा साँघुरो अनि पूर्व- पश्चिममा लामो छ भने यस्तो जग्गालाई सूर्यभेदी भनिन्छ। यस्तो जग्गामा पिता पुत्र बिच सम्बन्ध राम्रो बन्दैन। यस्तो जग्गामा घर नबनाउनु नै उचित हुन्छ। ८. सिसा वा ऐनालाई आफ्नो सुत्ने कोठामा राख्न हुँदैन। सुतेको खाट ऐनामा देखिदाँ घरमा स्वास्थ्य समस्या आउने अनि नकारात्मक उर्जा फैलने हुन्छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors